फाइल तस्बिर
काठमाडौं- नेकपा सचिवालय बैठक ४ बजे बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेकाे हो।
बैठकमा कुन-कुन एजेन्डामा छलफल गर्ने निर्णय भएको छैन। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउने, कोरोना महामारीबारे सरकारको तयारीबारे छलफल हुनसक्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
विषय प्रवेश भएमा बामदेवको विषय र एमसिसीबारे छलफल हुने उनले बताए। यसअघि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डका लागि सँगै कुर्सीको व्यवस्था गरिन्थ्यो। यस बैठकमा प्रधानमन्त्री टाढा हुनेगरी कुर्सीको व्यवस्था गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अरु सचिवालय सदस्यहरु मास्क लगाएर बस्ने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।