काठमाडौं- सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी बिरामी भएपछि राज्य व्यवस्था समितिको बुधबारको बैठक स्थगित भएको छ।
निजामती विधेयकलाई आजै पास गर्ने समितिको तयारी थियो।
अघिल्लो बैठकमा मन्त्री त्रिपाठीले थप समय मागेपछि आजको लागि बैठक तोकिएको थियो। 'बैठक सुरू हुनुभन्दा १० मिनेटअघि मात्रै मन्त्रीज्यूले आफू बिरामी भएको सूचित गर्नुभयो', समिति सभापति शशी श्रेष्ठले बैठक सुरू हुने बित्तिकै जानकारी गराइन्।
सदस्यहरूले मन्त्री नै अनुपस्थित भएपछि बैठक बस्नुको औचित्य नहुने धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।