काठमाडौं- नेपाल एयरलाइन्सले मलेसिया उडान तत्कालका लागि स्थगित गर्ने भएको छ। नेपाल एयरलाइन्सले दैनिक उडान गर्दै आएपनि बुधारबाट सबै उडान तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो।
निगमले मंगलबारको उडानलाई नै मलेसियाको अन्तिम उडान भएको बताएको छ। कामदारको श्रम स्वीकृत बन्द भएसँगै निगमले मलेसिया उडानमा यात्रु पाउन छोडेको थियो।
त्योसँगै मलेसियाले १४ दिन प्रतिबन्धको घोषाण गरेसँगै नेपाल एयरलाइन्सले तत्काल उडान स्थगित गर्ने निर्णय गरेको हो।
निगमले यसअघि कतारको उडान पनि स्थगितको निर्णय गरेको थियो भने दैनिक दूईवटा उडान गर्दै आएको दिल्ली उडान पनि एउटामा झारेको थियो। साथै नेपाल एयरलाइन्सले बैंग्लोर, मुम्बई र थाइल्यान्डको उडान पनि कटौती गरिसककेको छ।अब नेपाल एयरलाइन्सको उडान दुबई, जापान र दिल्लीमा मात्रै सीमित भएको छ।
नेपाल एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडान गर्ने दूई वटा ए-३३० वाइडबडी र २ वटा एयबर ए-३२० जहाज छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।