काठमाडौं- नेपालको एकमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएका दुई विदेश एयरलाइन्स कम्पनी थाइ एयरवेज र कोरियन एयरले उडानले कटौती गरेका छन्।
कोरोना भाइरसको कारण यात्रु अभाव भएपछि सातामा ४ वटा उडान गर्दै आएको कोरियन एयरले उडान संख्या कटौती गरेको छ। अब कोरियन एयरले सातामा एउटामात्रै उडान सोमबार गर्ने भएको छ।
यसैगरी थाइएयरवेजले बैंकक-काठमाडौं-बैंकक रुटमा १३, १६, १८, २०, २२, २३, २५, २७, २९ र ३० मार्चका लागि तय गरको उडान कटौती गरेको छ।
कम्पनीका अनुसार १३ मार्चबाट ३० मार्चसम्म १० उडान कटौती भएका छन्। यसैगरी केही दिनअघिमात्रै नेपाल एयरलाइन्सले पनि थाइल्याण्डको बैंककमा मार्च ११ र मार्च २५ को उडान रद्द गरेको सूचना प्रकाशन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।