• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख ७, २०८३ Mon, Apr 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सार्वजनिक जग्गामा राजनीति नगरौं : भूमि सुधारमन्त्री अर्याल

64x64
नेपाल लाइभ मंगलबार, चैत ४, २०७६  १५:१७
1140x725

काठमाडौं- भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले सार्वजनिक जग्गामा सुकुम्बासी र अन्यका नाममा राजनीति नगर्न सबै दलहरुलाई आग्रह गरेकी छन्। राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री आर्यालले वास्तविक सुकुम्बासीलाई बसोबासको व्यवस्था मिलाउनु राज्यको कर्तव्य भएकाले यसमा कुनै पनि दलले राजनीति गर्न नहुने टिप्पणी गरेकी हुन्। 

‘सरकारी सम्पत्तिको संरक्षण गरिरहँदा, राज्यका निम्ति अर्बौं सम्पत्ति जोगाउने काम गरिरहँदा यसमा कसैले पनि कँहीकतैबाट राजनीति गर्न उपयुक्त छैन‚’ उनले भनिन्‚ ‘राज्यको यो सम्पत्ति संरक्षण गर्ने अभियानमा सबैले साथ, सहयोग गर्नका निम्ति म हार्दिक आग्रह गर्दछु।’ हाल ६३ प्रतिशत जमिनमात्रै दर्ता भएको लगत रहेको भन्दै उनले जग्गा लुट्ने, अतिक्रमण गर्ने खालको प्रवृत्तिहरुको बढोत्तरी भएको जानकारी सदनमा गराइन्। ‘यो सरकार त्यसलाई निरुत्साहित गर्नुपर्छ भनेर एउटा संकल्पसहित एउटा अभियान सञ्चालन गरेर अगाडि बढिरहेको छ‚’ उनले भनिन्‚ ‘अब नयाँ नापी गरेर दर्ता बाँकी जग्गा पनि सरकारको नाममा ल्याइनेछ।’ 

यसरी भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासलगायत वर्षौंदेखि बाँकी रहेका भूमिसम्बन्धी अन्य समस्या सँधैका लागि समाधान गर्न आयोग गठन गर्ने पनि उनले जानकारी दिइन्। आयोग गठन गर्न गठन आदेशको मस्यौदा तयार भई मन्त्रिपरिषद्मा पेश भएको र मन्त्रिपरिषद्बाट स्वीकृत हुने क्रममा रहेको उनले सदनमा जानकारी गराइन्। केन्द्र गठन हुने आयोगलाई आवश्यक सहयोग गर्न जिल्लास्तरमा आवश्यकताअनुसार समितिहरु गठन हुने मन्त्री अर्यालले बताइन्। 

मन्त्रीको सम्बोधन 
राष्ट्रियसभा नियमावली २०७५ को नियम १९२ बमोजिम माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले २०७६ चैत्र ४ गते मंगलबार (आज) राष्ट्रियसभामा दिएको जवाफ यसप्रकार छ।

अध्यक्ष महोदय,
भूमिसम्बन्धी स्पष्ट नीतिका अभावमा हाम्रा अगाडी धेरै प्रश्नहरु उठेका छन्। भूमिसम्बन्धी हाम्रो नीति के हो? अव्यवस्थित बसोबास गर्दै आएकाहरुको व्यवस्थापन कसरी के हो? सुकुम्बासी समस्याको समाधान कसरी गर्ने? सार्वजनिक र सरकारी जग्गासम्बन्धी के हुने? यी विषयमा राज्य हिड्ने बाटो हामीले तय गर्‍यौं‚ स्पष्ट कानुन बनाएर अगाडि बढेका छौं। हामीले ऐन कानुन निर्माण गरेर दृढताका साथ यसलाई कार्यान्वयन गर्नेगरी हामी अगाडि बढेका छौं। हामीले पहिलोपटक भू-उपयोग नीति बनाएका छौं। पहिलोपटक भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबास गर्दै आएकाहरुको समस्या समाधान गर्ने कानुन पहिलोपटक बनाएका छौं। मौलिक हकमा उल्लेख भएको जमिन नभएका दलितहरुलाई आवास निर्माणका निम्ति जमिन उपलब्ध गराउने कानुन निर्माण गर्‍यौं। अब यो कानुन कार्यान्वय गर्ने दिशामा हामी अगाडि बढेका छौं। 

- वास्तवमा सुकुम्बासी को हो? आज हामीले यति लामो समयसम्म यकिन गर्न सकेनौं। ७ दशक लामो भूमिहीन सुकुम्बासीको आन्दोलन अगाडि बढ्यो। तर हामीले सुकुम्बासी पहिचान गर्न नसकेकै हो। विगतमा हामीले पटकपटक जग्गा वितरण गर्ने काम भयो। तर कति मानिसले प्राप्त गरे। तिनको अवस्था के हो? त्यसकै कुनै रेकर्ड छैन। एक ठाउँमा जग्गा प्राप्त गरेको छ‚ त्यसलाई अनौपचारिक ढंगले नै बेचेर फेरि अर्को ठाउँमा गएर सुकुम्बासी बसेको छ। विगतका हाम्रा प्रयासहरुलाई शिक्षाका रुपमा लिँदै हामीले प्रण गर्‍यौं। यससँग जोडिएका कानुन निर्माण गरेरमात्र अगाडि बढौं भनेर हामी अगाडि बढेका छौं। 

- भूमि व्यवस्थापन आफैंमा जटिल र विवादास्पद कार्य हो। भूमिमा धेरै स्वार्थ समूहहरु छन्। अनेकन समस्या र बेथिती छ। तरपनि हामीले नयाँ कामको थालनी गरेका छौं। यसमा सबैको साथ/सहयोग चाहिन्छ। 

- भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकाहरुका समस्या सँधैका लागि समाधान गर्न भूमिसम्बन्धि अन्य विविध समस्याहरुको समेत निराकरण गर्नेगरी अधिकार सम्पन्न भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गर्नेगरी तयारी भइरहेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

- विगतमा यससम्बन्धी छुट्टै कानुनी व्यवस्था नभएको कारणले देखिएका केही अप्ठ्याराहरु यसपटक दोहोरिन नदिन भूमिसम्बन्धी ऐनको आठौं संशोधन ल्याई यी समस्याहरुको पूर्ण समाधान खोजिनेछ। 

- यसको लागि भूमिसम्बन्धी ऐनको आठौं संशोधन संसदका दुवै सदनबाट पारित भएर सम्मानित राष्ट्रपति ज्यूबाट प्रमाणीकरण समेत भइसकेको छ। 

- उक्त ऐनले गरेको व्यवस्था कार्यान्वयन गर्न विस्तृत रुपमा नियमावली तयार भएको छ। नियमावलीको मस्यौदा सहमतिको लागि अर्थ मन्त्रालयमा पठाइएको छ र तत्कालै कानून मन्त्रालयको समेत सहमति लिई मन्त्रिपरिषद्समक्ष पेश गरिनेछ। 

- यसरी भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबास गर्दै आएकालगायत वर्षौंदेखि बाँकी रहेका भूमिसम्बन्धी अन्य समस्या सँधैका लागि समाधान गर्न आयोग गठन गर्ने र सोको कार्य सञ्चालनलाई सुचारु गर्न आयोगको गठन आदेशको मस्यौदा तयार भई मन्त्रिपरिषद्मा पेश भएको र मन्त्रिपरिषद्बाट स्वीकृत हुने क्रममा रहेको छ। केन्द्र गठन हुने आयोगलाई आवश्यक सहयोग गर्न जिल्लास्तरमा आवश्यकताअनुसार समितिहरु गठन हुनेछन्। 

- यसरी गठन हुने आयोगले संघीय सरकारको प्रत्यक्ष सम्पर्कमा रही प्रदेश सरकार र स्थानीय तह समेतसँग व्यापक सहकार्य गरी भूमिसम्बन्धी समस्याहरुको समाधान खोज्नेछ। 

- विगतका परम्परा र अभ्यासहरुभन्दा फरक यसपटक भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकाहरुको व्यवस्थापनका लागि सरोकारवालाहरुको सहभागितामूलक र वैज्ञानिक प्रविधिमा आधारित विधि र प्रक्रियाहरुको प्रयोग गर्दै पारदर्शी विवादरहित ढंगबाट समस्याको समाधान खोजिनेछ। 

- भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको शुद्ध र विश्वसनीय लगत संकलन गर्न स्थानीय तहहरुलाई परिचालित गरिनेछ। 

- यस्ता समुदायहरुले आवाद, कमोत र बसोबास गरी आएको जग्गा र त्यस्ता बसोबास गर्दै आएकाहरुबीचको अनौपचारिक भू-सम्बन्धको पहिचान सत्यापन र अभिलेख गर्न स्थानीय तहलाई प्रशिक्षित र परिचालित गरिनेछ। 

- यसका लागि हालसालै खिचिएको भू-उपग्रहको चित्रको सहयोगबाट आवाद कमोत भएको जग्गाको पहिचान र नक्सांकन गर्ने र स्थानीय तहका जनप्रतिनिधिहरुबाट सत्यापन गराई कम्प्युटर प्रविधिमा आधारित डाटाबेस तयार गरिनेछ। 

- यस्तो किसिमको नाप नक्सांकन र अभिलेख संकलन प्रणाली परम्परागत प्रणालीभन्दा धेरै छिटो छरितो, कम खर्चिलो र हालको आवश्यकतालाई सम्बोधन गर्न सकिने किसिमको हुनेछ। 

- प्रत्यक्ष रुपमा स्थानीय सरोकारवालाहरुको संलग्न र सहभागितामा जग्गाको पहिचान, नक्सांकन, सत्यपान र अभिलेख कार्य गरिने भएकोले यो विवादरहित, पारदर्शी र सर्वस्वीकार्य हुने अपेक्षा गरिएको छ। 

- मन्त्रालयले यस विधिको परिक्षण अध्ययन हालै स्थानीय नगरपालिका र केही सहयोगी संस्थाहरुको सहकार्यमा उदयपुर जिल्लाको बेलका नगरपालिका- ३ मा गरेको छ। जुन अपेक्षाकृत सफल, उपयोगी र कार्यान्वयन योग्य देखिएको छ। थप विस्तृत अध्ययन सोही नगरपालिका र झापाको कन्काई नगरपालिकामा अगाडि बढाउने तयारी गरेको छ। 

- यसरी तयार गरेको विस्तृत डाटाबेसको आधारमा अब गठन हुने आयोगले तथ्यमा आधारित निर्णय प्रक्रियाअनुसार जग्गा उपलब्ध गराउने तथा व्यवस्थापनका अन्य क्रियाकलापहरु अगाडि बढाइनेछ। 

- यस क्रममा भूमिहीन सुकुम्बासीहरुलाई बसोबास गरेकै स्थानमा वा बसोबास गरेको स्थानमा जग्गा उपलब्ध गराउन नसकिने भए नेपाल सरकारले तोकेको अन्य स्थानमा निश्चित क्षेत्रफलसममको जग्गा उपलब्ध गराइनेछ। 

- शहरी क्षेत्रमा प्रत्येक सकुम्बासीलाई जग्गा उपलब्ध गराउन सम्भव नहुने अवस्थामा जग्गा विकास वा सामूहिक आवास वा एकिकृत बस्ती विकासको अवधारणाबमोजिम व्यवस्थापन गरिनेछ। 

- हाल कायम रहेको वन क्षेत्र वा धार्मिक सांस्कृतिक पुरातात्विक क्षेत्र वा सडक, नहर खोला आदिको राइट अफ वे वा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्दै आएका गराइने छैन। 

- यस्तो क्षेत्रमा गरेको बसोबास गर्दै आएका अन्य क्षेत्रमा स्थानान्तरित गर्ने गरी कार्य सञ्चालन गरिनेछ। 

- हामीले कानुन निर्माण गरेका छौं। यी कानुनहरुलाई व्यवहारिक रुपमा हामी सबैको सहयोगमा कार्यान्वयन गर्न सक्दा अब यो मुलुकका सुकुम्बासीको अव्यवस्थित बसोबासको समस्या छ भनेर सँधै सँधै कराइरहनुपर्ने, आवाज उठाइरहनुपर्ने कुराको अन्त्य गरिनेछ भन्ने सरकारको विश्वास छ। यही दिशातर्फ मन्त्रालयतर्फ अगाडि बढेको छ। व्यवहारिक कार्यान्वयनका निम्ति फिल्डमा जान अन्तिम तयारीमा रहेको जानकारी गराउन चाहन्छु। 

- अन्तमा, जग्गा प्रशासनसँग जोडिएका अनेकन समस्या र बेथितीहरु छन्‚ जुन कुरा मैले राखेको छु। प्रचलनमा आएका दुईवटा सिस्टम‚ जुनमध्ये एउटा टाइटल सिस्टम। टाइटल‚ जुन सिस्टममा राज्य जिम्मेवार हुन्छ। अर्को डिट सिस्टम जहाँ व्यक्ति जिम्मेवार हुन्छ र राज्य साक्षी बस्छ। हामीले अवलम्बन गरेको विधि भनेको डिट सिस्टम हो जहाँ व्यक्ति जिम्मेवार हुन्छ राज्य साक्षी बस्छ। त्यसले गर्दा जग्गा प्रशासनका क्षेत्रमा धेरै बेथितिहरु हामीले भेटिरहेका छौं। यत्रतत्र जताततै हामीले बेथितिहरुको चंगुलहरु फेला पारेका छौं। 

- विगतको लगत हेर्दा ६३ प्रतिशत जमिनमात्रै दर्ता भएको लगत छ। यसले गर्दा पनि जग्गा लुट्ने, अतिक्रमण गर्ने खालको प्रवृत्तिहरुको बढोत्तरी भएको छ। यो सरकार त्यसलाई निरुत्साहित गर्नुपर्छ भनेर एउटा संकल्पसहित एउटा अभियान सञ्चालन गरेर अगाडि बढिरहेको छ। 

- म यस सम्मानित सभालाई अनुरोध गर्न चाहन्छु। सरकारी सम्पत्तिको संरक्षण गरिरहँदा, राज्यका निम्ति अर्बौं सम्पत्ति जोगाउने काम गरिरहँदा यसमा कसैले पनि कँहीकतैबाट राजनीति गर्न उपयुक्त छैन र गर्नुहुँदैन। राज्यको यो सम्पत्ति संरक्षण गर्ने अभियानमा सबैले साथ, सहयोग गर्नका निम्ति म हार्दिक आग्रह गर्दछु। धन्यवाद।

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १५:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको महामन्त्री बने भूपदेव शाह
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
दलभन्दा माथि उठेर काम गर्न संसदीय समितिका सभापतिहरूलाई सभामुख अर्यालको आग्रह
सम्बन्धित सामग्री
पार्टीका सबै नेताहरूलाई मिलाएर लैजान संवादमा छु, गुट स्वीकार्य हुँदैन : गगन थापा बागमती प्रदेशस्तरीय चुनावी समीक्षा बैठकमा बोल्दै एकताबद्ध भएर पार्टी १५औँ महाधिवेशनमा जाने बताए । सोमबार, वैशाख ७, २०८३
रास्वपाद्वारा लेवी संरचनामा संशोधन पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार अब सांसदहरूले मासिक १५ हजार रुपैयाँ लेवी बुझाउनुपर्ने व्यवस्था गरिएको प्रवक्ता मन... सोमबार, वैशाख ७, २०८३
रास्वपाको महामन्त्री बने भूपदेव शाह प्रधानमन्त्री बालेन शाह निकट उनी सोमबार बसेको केन्द्रीय समिति बैठकबाट अनुमोदित भएका हुन् । सोमबार, वैशाख ७, २०८३
ताजा समाचारसबै
पार्टीका सबै नेताहरूलाई मिलाएर लैजान संवादमा छु, गुट स्वीकार्य हुँदैन : गगन थापा सोमबार, वैशाख ७, २०८३
रास्वपाद्वारा लेवी संरचनामा संशोधन सोमबार, वैशाख ७, २०८३
रास्वपाको महामन्त्री बने भूपदेव शाह सोमबार, वैशाख ७, २०८३
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल सोमबार, वैशाख ७, २०८३
दलभन्दा माथि उठेर काम गर्न संसदीय समितिका सभापतिहरूलाई सभामुख अर्यालको आग्रह सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने देउवा पक्षको तयारी आइतबार, वैशाख ६, २०८३
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्