काठमाडौं- नेपालमा ड्याट्सन तथा निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई ड्याट्सन रेडी गो १.० लिटर हस्तान्तरण गरेको छ।
पायोनियर मोटोकर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले चैत्र १ गते ललितपुर च्यासलस्थित स्टुडियोमा सम्पन्न कमेडी च्याम्पियनको ग्रान्ड फिनालेमा ड्याट्सन रेडी गोको साँचो हस्तान्तरण गरेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।