काठमाडौं- नेपाल आयल निमगले डिजेल र पेट्रोलको मूल्य समायोजन गरेको छ। विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको भन्दै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नु पर्ने दबाब बढ्दै गएको निगमले मूल्य समायोजन गरेको हो।
नयाँ मूल्य अनुसार डिजेल र पेट्रोलमा २-२ रुपैयाँ मूल्य घटाइएको छ। घटेको मूल्य सोमबार राती १२ बजेबाट लागू हुने निगमका निर्देशक वीरेन्द्रकुमार गोइतले जानकारी दिएका छन्। अब काठमाडौंमा पेट्रोलको खुद्रा बिक्री मूल्य १०६ रुपैयाँ प्रतिलिटर र डिजेलको खुद्रा बिक्री मूल्य ९५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।
यसैगरी आन्तरिकतर्फको हवाइ इन्धनमा पनि निगमले मूल्य समायोजन गरेको छ। निगमले आन्तरिक हवाइ इन्धनमा साढे ४ रुपैयाँ मूल्य घटाएको हो। अब आन्तरिक उडान गर्ने कम्पनीहरूका लागि हवाइ इन्धनको मूल्य ९० रुपैयाँ प्रतिलिटर कायम भएको छ। अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीले भने पुरानै मूल्य तिर्नुपर्ने भएको छ।
खाना पकाउने एलपी ग्यासमा पनि पुरानै मूल्य यथावत् राखिएको निगमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।