काठमाडौं- पोर्चुगलको फारो क्षेत्रमा कृषिमा काम गर्ने एकजना नेपालीमा नोबल कोरोना (कोभिड-१९) को पुष्टि भएको भएको छ।
एक नेपालीलाई कोरोना पोजेटिभ देखिएपछि संक्रमण फैलन नदिन उनीसँगै काम गर्ने र उनको सम्पर्कमा भएका ७४ जनालाई सरकारले क्वारेन्टाइनमा राखेको छ।
स्थानीय समाचार टाइम २४ न्युजले एक नेपालीमा पुष्टि भएको उल्लेख गरेको छ। उनीसँग बस्ने र सम्पर्कमा आएका ७४ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको हो।
कोरोना पुष्टि भएपछि स्थानीय स्वास्थ्य प्रतिनिधि, विदेशी र सीमा हेर्ने निकाय (सेफ) ले नेपालीहरुलाई भेला गराएका थिए। आइतबार साँझ उनीहरुलाई इन्सिनो ब्यासीको २-३ सान्टो आन्तोनिऊ फारोमा राखिएको हो। सबै नेपालीहरु एउटै कम्पनीबाट कृषिमा काम गर्दै आएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।