काठमाडौं– विदेशी विनिमय मुद्दामा ६८ लाख रुपैयाँभन्दा बढी जरिवाना सुनाइएकी एक महिलालाई प्रहरीले ५ वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ की ३७ वर्षीया साङ्डोमा शेर्पा छिन्।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले स्वयम्भूबाट पक्राउ गरेको हो। जिल्ला अदालत सिन्धुपाल्चोकले उनलाई २०७१ साउन २० मा ६८ लाख ६२ हजार ४ सय १३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
उनलाई फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको सिआइबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।