नयाँ दिल्ली- भारतमा कोरोना भाइरस संक्रमित बिरामीको संख्या ११२ पुगेको छ। भाइरस संक्रमितकाे संख्या बढेसँगै देशभर सरकारले उच्च सर्तकता अपनाएको छ। संक्रमित भएको आशंका लागेका बिरामीहरुलाई अनिवार्य रुपमा १४ दिनको क्यारेन्टाइनमा राखिएकाे छ।
संक्रमित भएका मध्ये दिल्लीमा आइबार दुई जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरु पूर्ण रुपमा निको भएर घर फर्केका हुन्। दिल्लीमा अझै पनि ७ जना बिरामीको रिपाेर्ट पोजेटिभ आइरहेको छ। यसमध्ये एक जनाको मृत्यु भएको र अन्यको उपचार भइरहेको छ।
सोमबारसम्म ११२ संक्रमित
दिल्लीबाट सुरु भएको संक्रमण महराष्ट्रमा धेरै फैलिएको छ। दिल्लीमा ७ जना बिरामी भएका छन् भने अन्य बिरामी महाराष्ट्रका रहेको पाइएको छ। हालसम्म दिल्लीमा एक र कर्नाटकमा एक व्यक्तिको मृत्यु भइसकेकाे छ। दिल्लीमा आरएमएल र सफदरजग अस्पतालमा काेराेना संक्रमितकाे उपचार गर्ने व्यवस्था सरकारले मिलाएको छ।
कोरोना भाइरसकै कारण दिल्लीमा ३१ मार्चसम्म स्कुल, कलेज र सिनेमा हल बन्द गरिएको छ। त्यस्तै जिम सेन्टर, स्वीमिङ पुल र अन्य भीड हुने क्षेत्रमा मानिस जम्मा हुन रोक लगाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।