काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्क राष्ट्र प्रमुखको भिडियो कन्फ्रेन्स, भारतीय प्रधानमन्त्री मोदीको महत्वपूर्ण र सामयिक पहल भएको प्रधानमन्त्री ओलीको भनाइ।
२) उपत्यकाका तीन अस्पतालमा कोरोनाका बिरामीको मात्र उपचारको व्यवस्था हुने, काठमाडौंमा १ सय २० र उपत्यकाबाहिर १ सय १५ आइसियू कक्ष तयारी अवस्थामा।
३) नेकपा अध्यक्ष प्रचण्डलाई सामूहिक भेट गर्दै सातै प्रदेश प्रमुखले सुनाए समस्या, भेटप्रति बाबुरामको आपत्ति, पार्टी र राज्यको भेद नगर्ने पुरानो कम्युनिस्ट प्रणाली अहिले नभएको तर्क।
४) पोर्चुगलका फुटबल स्टार रोनाल्डोले आफ्ना होटल र रेस्टुरेन्टलाई गरे अस्पतालमा रुपान्तरण, कोरोना संक्रमितको सित्तैमा उपचार गरिने, डाक्टर र औषधीमा लाग्ने खर्च पनि आफैले व्यहोर्ने।
५) र, विश्व स्वास्थ्य संगठनद्वारा कोरोना भाइरस माहमारीको केन्द्रबिन्दु युरोप घोषणा, स्पेन र फ्रान्सलगायत आपत्कालीन प्रतिबन्ध, स्पेनमा साढे ४ करोड मानिस क्वारेन्टाइनमा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।