एजेन्सी–विश्वभर फैलिएको कोरोना संक्रमणको त्रासलाई ध्यानमा राख्दै भारतीय सर्वोच्च अदालतले पाँच बुँदे निर्देशन जारी गरेको छ। कोरोना भाइरसवाट बँच्नका लागि सामूहिक सभा तथा भीड जम्मा हुन नहुने भन्दै सर्वोच्चले यस्तो निर्देशन जारी गरेको हो।
केही दिनअघि अदालतले अत्यावश्यक बाहेकका मुद्दा सुनुवाइ नगर्ने र मानिसको अनावश्यक आवतजावत रोक्ने निर्णय गरेको थियो। त्यसको केही दिनमा सर्वोच्चले यस्तो निर्णय गरेको हो।
यस्ता छन् भारतीय सर्वोच्च अदालतको निर्देशन
१. विभागीय क्यान्टिनसहित सबै मानिस जम्मा हुने क्षेत्र अर्को आदेश नभएसम्म बन्द गर्ने। सबै कर्मचारीलाई यसका लागि उचित व्यवस्था गर्न उनीहरुलाई समय दिने।
२. सबै कर्मचारीहरु कोरोना भाईरस संक्रमितसँग सम्पर्कमा नरहने र साथमा सेनिटाइजर प्रयोग गर्ने।
३. कार्यालय प्रवेशअघि सबै कर्मचारीको ज्वरो अनिवार्य रुपमा नाप्ने र यदि कसैमा आशंका भए वा शरीरमा ज्वरो देखिएमा फिर्ता पठाउने। साथै उसको स्वास्थ्य जाँच नियमित गराउने।
४. यस्तो शंका लागेका कर्मचारीहरुको आसपासका क्षेत्र नजाने र कामबाट छुट्टी लिन पाउने। यस्तो व्यक्तिले आफूलाई सेल्फ क्वारेन्टाइनमा राख्नुपर्ने।
५. सर्वोच्चलगायत अन्य अदालत र स्थानमा सबै कर्मचारी सदस्यलाई एकत्रित नहुन र अत्यावश्यकबाहेक भेला नहुने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।