काठमाडाैं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेशका प्रदेश प्रमुखहरुले गरेको सामूहिक भेटवार्ताप्रति पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टाराईले आपत्ति जनाएका छन्।
भट्टाराईले प्रदेश प्रमुख पार्टी प्रतिनिधि नभएको भन्दै पार्टी अध्यक्षलाई सामूहिक रुपमा भेट्नु आपत्तिजनक भएको बताए। पार्टी र राज्यको भेद नगर्ने पुरानो कम्युनिष्ट प्रणाली अहिले नभएको समेत उनको भनाइ छ।
‘प्रदेश प्रमुख पार्टी प्रतिनिधि हैनन्,’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘ राज्यका प्रतिनिधि हुन्। उनीहरूले राज्यरसरकार प्रमुखलाई भेट्ने हो, पार्टी प्रमुखलाई भेट्ने हैन। कुनै एकको निजी भेटघाट हुनसक्छ, सातै जनाको एकैसाथ निजी भेट हुनसक्दैन। पार्टी र राज्यको भेद नगर्ने पुरानो कम्युनिष्ट प्रणाली यो हैन।’
यसअघि आजै बिहान सातै प्रदेशका प्रदेश प्रमुखहरुले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका थिए।
सामूहिक भेट गर्दै सातवटै प्रदेश प्रमुखले प्रचण्डलाई आ-आफ्ना कार्यालयबारे समस्या सुनाएका थिए।
याे पनि पढ्नुहाेस्
सामूहिक भेट गर्दै सातै प्रदेश प्रमुखले प्रचण्डलाई सुनाए समस्या
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।