काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेशका प्रदेश प्रमुखहरुले भेट गरेका छन्।
प्रचण्डको निजी सचिवालयका अनुसार भेटका अवसरमा प्रदेश प्रमुख कार्यालयमा भएका समस्यालगायत विविध विषयहरुमा कुराकानी भएको थियो।
भेटमा प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याहरुबारे पार्टी र सरकारमा छलफल गरेर समस्याको हल गर्न प्रयत्न गर्ने बताएका थिए।
प्रदेश प्रमुखलाई संघीय सरकारका प्रतिनिधिका रुपमा प्रदेशमा पठाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।