• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

धर्म निरपेक्षता र संघीयताको विषयमा संवैधानिक व्यवस्था असफल : साझा पार्टी

64x64
नेपाल लाइभ शनिबार, चैत १, २०७६  २१:१७
1140x725

काठमाडौं- साझा पार्टीले धर्म निरपेक्षता र संघीयताको विषयमा जनमत संग्रह गर्नुपर्ने विषयलाई थप प्रष्ट्याउने प्रयास गरेको छ। 

केही हप्ताअघि लुम्बिनी घोषणा जारी गर्दै ‘अब उप्रान्त धर्म निरपेक्षता र संघीयताका सवालमा जनमत संग्रहको पक्षमा उभिनेछ’ भनेपछि पार्टीप्रति उत्पन्न प्रश्नलाई उसले केन्द्रीय समितिबाट स्पष्टीकरण दिएको हो।

उसले धर्म निरपेक्षता र संघीयताको विषयमा हालको संवैधानिक व्यवस्था सफल नभएको निचोड निकालेको छ। ‘आम नेपालीहरूको मनमा गुम्सिएर रहेको भावनालाई राजनीतिक जोडघटाउका आधारमा ठूला दलहरू बोल्न नचाहेको स्पष्ट छ’, उसले भनेको छ।

साझाले धर्म निरपेक्षता र संघीयता दुवैको राजनीतिक वैधता गुम्दै गएको बताएको छ।

‘धर्म निरपेक्षता र संघीयताको विषयमा आम नागरिकहरूमा भुसको आगो झैँ असन्तुष्टि फैलिरहेको छ भने देशका प्रमुख दलहरूभित्र पनि यसबारे असन्तुष्टी जनाउनेहरूको संख्या ठूलै रहेको उनीहरूका सार्वजनिक अभिव्यक्तिहरूबाटै स्पष्ट हुन्छ’, उसले भनेको छ।

साझाले धार्मिक अतिक्रमण बढ्दै गएको र संघीयताले भ्रष्टाचार बढाएको बुझाइ प्रस्तुत गरेको छ।

प्रस्तुत छ, साझा पार्टीको अडान

हालै लुम्बिनीमा सम्पन्न साझा राष्ट्रिय भेलाले साझा पार्टी ‘अब उप्रान्त धर्म निरपेक्षता र संघीयताका सवालमा जनमत संग्रहको पक्षमा उभिनेछ’ भनी गरेको निर्णयबाट केही अन्यौल उत्पन्न भएको देखियो। साझा पार्टीको हिजो फागुन ३० गते बसेको केन्द्रीय समितिको बैठकपछि त्यसैलाई प्रष्ट पार्न पार्टीका शुभेच्छुक तथा सदस्यहरूमाझ यो स्पष्टीकरण जारी गरिएको छ:

Ncell 2
Ncell 2
nimb
nimb

धर्म निरपेक्षता र संघीयता २०७२ सालको संविधान निर्माण हुँदा संविधानमा जसरी प्रवेश भयो त्यसप्रति नेपाली समाजको एउटा ठूलो तप्काको आशंका र असन्तुष्टी थियो। त्यति हुँदाहुँदै पनि साझा पार्टीले शंकाको लाभ दिन चाह्यो।

तर बढ्दोरूपमा नेपालीका परम्परागत धार्मिक आस्था र संस्कृतिमाथि भइरहेको अतिक्रमणप्रति राज्यको उदासीनता र त्यसबाट बहुसंख्यक नागरिकहरूमा पुग्न गएको चोट हामीले गत तीन वर्षमा देशका कुनाकाप्चाको भ्रमण गर्दा राम्रैसँग अनुभूत गरेका छौँ। परम्परागत रूपमा नेपाली समाजमा रहिआएको धार्मिक सद्भाव र सहिष्णुतालाई पुन:स्थापित गर्नु नितान्त जरूरी देखिन्छ।

त्यसैगरी एकात्मक राज्य सत्ताबाट सृजित विभेदलाई सम्बोधन गर्न र स्थानीय जनतालाई सशक्तिकरण गर्न ल्याइएको संघीयताले न स्थानीय तहहरूलाई प्रभावकारी रूपले सशक्तिकरण गरेको न विकास र संवृद्धिको आकांक्षालाई नै सम्बोधन गरेको देखियो। संघीयताले न विभेदको पीडामा मलम लगाउन सक्यो, न स्थानीय सामर्थ्यलाई प्रवर्द्धन गर्न सक्यो। बरू, स्थानीय तहमा व्यापक भ्रष्टाचार बढाएको र प्रदेश तहलाई पङ्गु बनाएर खर्चभार अत्यधिक बढाएको जगजाहेर नै छ।

धर्म निरपेक्षता र संघीयताको विषयमा आम नागरिकहरूमा भुसको आगो झैँ असन्तुष्टि फैलिरहेको छ भने देशका प्रमुख दलहरूभित्र पनि यसबारे असन्तुष्टी जनाउनेहरूको संख्या ठूलै रहेको उनीहरूका सार्वजनिक अभिव्यक्तिहरूबाटै स्पष्ट हुन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तो अवस्थामा धर्म निरपेक्षता र संघीयता दुवैको राजनीतिक वैधता गुम्दै गएकोले संविधानका यी प्रावधानमाथि गम्भीर प्रश्नहरू खडा भएका छन्। देशको दूरगामी भविष्यमा प्रभाव पार्ने यी दुवै विषयको छिनोफानो जनमत संग्रहबाट हुनुपर्छ भन्ने हालै लुम्बिनीमा सम्पन्न राष्ट्रिय भेलामा देशका कुनाकाप्चाबाट आएका लगभग ४५० सहभागीहरूको निष्कर्षमाथि साझा पार्टी पुन: जोड दिन चाहन्छ।

जनमत संग्रहको माग गर्दैगर्दा जनमत संग्रहमा साझा पार्टीको अडान के हुन्छ भन्ने प्रश्न पनि स्वभाविक रूपमा उठ्छ। यी दुई विषयमा हालको संवैधानिक व्यवस्था सफल नभएको भन्ने साझा पार्टीको निचोड हो। त्यसको विकल्प के हुन सक्छ भन्ने, जनमत संग्रहमा सोधिने प्रश्नले निर्क्यौल गर्ने विषय हो। यसका लागि साझा पार्टीले आन्तरिक बहस र छलफल सुरू गरेको छ।

धर्म निरपेक्षताका विभिन्न विकल्प हुन सक्छन्। अल्पसंख्यक धार्मिक समुदायलगायत सबै नेपालीका परम्परादेखि चलिआएका धार्मिक आस्था र संस्कृतिको संवर्द्धनको पक्षमा तथा कुनै पनि खाले धार्मिक र सांस्कृतिक अतिक्रमणका विरूद्ध साझा पार्टी उभिनेछ।

त्यस्तै केन्द्रीकृत राज्य प्रणालीबाट उच्च तहको विकेन्द्रिकरण सहित नेपालको विविधितामा हरेक समूह र तप्कामा आत्मसम्मान, समान अधिकार र राष्ट्रिय अपनत्व र एकताको भाव जगाउने प्रभावकारी र परिणाममुखी राज्य व्यवस्थाको पक्षमा साझा पार्टी हुनेछ।

विगतका ठूला परिवर्तनहरू सबै सडक तथा हिंसात्मक आन्दोलनबाट भएका छन्। साझा पार्टी संविधानवादी पार्टी हो। अबको कुनै पनि परिवर्तन संविधानको दायराभित्रैबाट हुनुपर्छ भन्ने हाम्रो धारणा हो। जनमत संग्रह संविधानप्रदत्त अधिकार हो।

जनमत संग्रह केवल एक लोकतान्त्रिक प्रक्रियाको मागमात्र होइन। त्योसँगै उठ्ने राजनीतिक प्रश्नले साझा पार्टीको यो निर्णयमाथि विभिन्न कोणबाट टिकाटिप्पणी हुनुलाई हामीले स्वभाविक रूपमा लिएका छौं। आम नेपालीहरूको मनमा गुम्सिएर रहेको भावनालाई राजनीतिक जोडघटाउका आधारमा ठूला दलहरू बोल्न नचाहेको स्पष्ट छ।

यस परिप्रेक्ष्यमा साझा पार्टीको यो निर्णयले आम जनभावनालाई प्रतिबिम्बित गर्दै राष्ट्रिय बहसको ‘समुन्द्र मन्थन’ सुरू गर्ने राष्ट्रिय जिम्मेवारी वहन गरेको छ। यो ‘समुन्द्र मन्थन’को अमृतले राष्ट्रिय राजनीतिको अलमललाई स्पष्ट दिशानिर्देश गर्न सक्छ भन्ने साझा पार्टीको विश्वास हो। यो मन्थनबाट निस्कने ‘विष’ पिउन साझा पार्टी तयार छ।

लुम्बिनी राष्ट्रिय भेलाको भावना र पछिल्लो केन्द्रीय समिति बैठकको यो स्पष्टीकरणको मर्मलाई आमजनताका बीच पुऱ्याउन सबै सदस्य र शुभचिन्तकहरूमा साझा पार्टी हार्दिक आह्वान गर्दछ।

केन्द्रीय समिति
साझा पार्टी
मिति: १ चैत २०७६

 

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  २१:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मंसिर ८ देखि तिलोत्तमामा पाँचौं समपूर्ण नकआउट फुटबल प्रतियोगिता
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
मंसिर २ र ३ गते एमालेले राष्ट्रिय भेला गर्ने
सम्बन्धित सामग्री
मंसिर २ र ३ गते एमालेले राष्ट्रिय भेला गर्ने नेकपा (एमाले) ले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ । भेलामा एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुने प्र... आइतबार, कात्तिक २९, २०८३
सास रहुन्जेल पार्टीका लागि सङ्घर्ष गर्छु : देउवा देउवा पक्षको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुर जिल्लाको नियमित जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै उनले आफूलाई व्यक्तिग... शनिबार, कात्तिक २८, २०८३
विदेशबाट कोही आएर हाम्रो सिंहदरबारमा आगो लगाएनन् : ओली उनले भने, ‘मैले भनिरहनुपर्ला जस्तो लाग्दैन । आगो लगाउनेमा को–को सामेल थिए ? लुट्नेमा को–को सामेल थिए ? विदेशबाट कोही आएर लुटेन । विद... शनिबार, कात्तिक २८, २०८३
ताजा समाचारसबै
बर्दियामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १५ घाइते आइतबार, कात्तिक २९, २०८३
मंसिर ८ देखि तिलोत्तमामा पाँचौं समपूर्ण नकआउट फुटबल प्रतियोगिता आइतबार, कात्तिक २९, २०८३
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक आइतबार, कात्तिक २९, २०८३
मंसिर २ र ३ गते एमालेले राष्ट्रिय भेला गर्ने आइतबार, कात्तिक २९, २०८३
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
ट्याक्टरसँग ठोक्किएको मोटरसाइकल चालकको मृत्यु शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्