फाइल तस्बिर
काठमाडौं– मिर्गौला प्रत्यारोपण गरी फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार भेटेका छन्।
शुक्रबार अस्पतालबाट फर्केका प्रधानमन्त्री ओलीलाई बालुवाटारस्थित निवासमा प्रचण्डले भेटेका हुन्। प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति बारे प्रचण्डले जानकारी लिएको बताइएको छ।
दुई अध्यक्षको भेटमा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।