काबुल- अफगानिस्तानमा १० व्यक्तिमा काेराेना सङ्क्रमण देखिएको छ। थप तीन जनामा सो सङ्क्रमण देखिएपछि कोरोना संक्रमितको सङ्ख्या १० पुगेको बताइएको छ।
अफगानिस्तानको कपिसा प्रान्त र उत्तरी समानगान र बल्ख प्रान्तहरुमा कोभिड-१९ सङ्क्रमणको घटनाहरू पुष्टि भएको बताइएको छ।
हाल अफगानिस्तानमा १० कोरोना संक्रमितमध्ये सात जना इरानबाट फर्किएका व्यक्तिहरु रहेका जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।