नयाँ दिल्ली- भारतमा कोरोना भाइरसका कारण थप एक जनाकाे मृत्यु भएको छ। याेसँगै काेराेनाका कारण भारतमा दुई जनाकाे ज्यान गएकाे छ। केन्द्रीय राजधानी दिल्लीमा शुक्रबार काेराेनाबाट मृत्यु हुने महिला पहिलाे हुन्।
दिल्लीमा काेराेनाबाट मृत्यु हुनेमा ६९ वर्षीया महिला रहेकाे दिल्ली सरकार र स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएकाे छ। ती महिलाका छोरामा पनि कोरोनाकाे संक्रमण देखिएकाे छ।
मृतक महिलाका छोरा भर्खरै विदेश भ्रमणबाट फर्केका थिए। यसअघि कर्नाटकको कलबर्गिमा कोरोना भाइरसका ७६ वर्षका एक पुरुषकाे मृत्यु भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।