नयाँ दिल्ली- काेराेना भाइरसका कारण भारत र बंगलादेशबीचकाे रेल र बस सेवा एक महिनाका लागि बन्द गरिएकाे छ। विश्वमा फैलिँदै गएकाे काेराेना भाइरसकाे संक्रमणबाट जाेगिनका रेल र बस सेवा बन्द गरिएकाे सञ्चारमाध्यमले जनाएका छन्।
गृह मन्त्रालयको सल्लाहलाई ध्यानमा राख्दै भारतीय रेलवेले बंगलादेशसँगकाे रेल सेवा एक महिनाका लागि रोकेकाे जनाएकाे छ। बीबीसी हिन्दीका अनुसार यो प्रतिबन्ध मार्च १५ देखि अप्रिल १५ सम्म रहनेछ।
समाचार एजेन्सी एएनआईका अनुसार दुई देशबीचको बस सेवा पनि १५ मार्चदेखि १५ अप्रिलसम्म बन्द रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।