काठमाडौं- नोभल कोरोना भाइरसको संक्रमण बढेपछि अमेरिकाले राष्ट्रिय संकटकाल घोषणा गरेको छ। ह्वाइटहाउसबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संकटलकाल घोषणा गरेका हुन्।
संकटकाल घोषणापछि कोरोना संकटसँग जुध्न राज्य र स्थानीय सरकारहरुले थप संघीय बजेट पाउन सक्नेछन्। अमेरिकाका विभिन्न राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएपछि नियन्त्रणका लागि संकटकाल घोषणा गरिएको हो।
विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा १ हजार २६४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने ३६ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।