• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

अकर्मण्य यातायात व्यवस्था विभाग : घरि रोक्ने घरि चल्न दिने सूचना

प्रदेश सरकार भन्छ- टुटल पठाओ चल्न दिने/नदिने निर्णय नियमावलीपछि
64x64
शिव बोहरा शुक्रबार, फागुन ३०, २०७६  १७:२५
1140x725

काठमाडौं- हाल यातायात क्षेत्रलाई नियमन गरिरहेको यातायात व्यवस्था ऐन २०४९ र त्यसैका आधारमा बनेका नियमावली तथा कार्यविधिले हो। संघीय सरकारले यातायात क्षेत्रलाई नियमन गर्ने संघीय यातायात ऐन बनाउन नसक्दा विभाग आफैं ‘पेन्डुलम’ बन्नुपरेको छ। 

२०७५ मंसिरताका विभागले ट्राफिक प्रहरीमार्फत भाडामा यात्रु बोक्ने टुटल/पठाओजस्ता एप्लिकेशनमा आधारिक कम्पनीमा आवद्ध मोटरसाइकल/स्कुटरलाई कारबाही सुरु गर्‍यो। त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली कानुन बनाउनेतर्फभन्दा निर्देशन दिनमै केन्द्रित भए। उनले विभागलाई तत्काल कारबाही नगर्न निर्देशन दिए।

यातायात व्यवस्था विभाग र भौतिक पूर्वाधार मन्त्रालयले संघीय यातायात कानुन बनाउन सकेका छैनन्। सरकारले पनि यी निकायलाई कानुन बनाउन दबाब दिनु आवश्यक ठानेन। 

विभागले हालसम्म ५/६ पटक निजी प्रयोजनमा दर्ता भएका सवारी प्रयोजन विपरीत चलाए कारबाही गर्ने सूचना प्रकाशित गरिसकेको छ। तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आफू बहिर्गमन हुँदै गर्दा विभागलाई दबाब दिएर टुटल/पठाओ बन्द गर्ने हेतूले सूचना प्रकाशित गराए। नयाँ आएका मन्त्री नेम्वाङले भने प्रधानमन्त्रीको विगतकै चाहनालाई बल पुग्ने अभिव्यक्ति दिए। 

कानुन संशोधन गरेर वा नयाँ कानुन तर्जुमा गरेर एउटा प्रयोजनमा दर्ता भएका सवारीलाई अर्को प्रयोजनमा चलाउन दिने वा नदिने, दिए के के शर्त पालना गर्नुपर्ने भन्ने स्पष्ट पार्न कुनैपनि निकायले चाहेको छैन। एउटा पक्ष कानुन विपरीत सञ्चालनमा रहेकाले टुटल/पठाओ बन्द गर्नुपर्ने पक्षमा वकालत गर्दै आएको छ भने अर्को पक्ष कानुनले जेसुकै भनोस् ‘इनोभेसन’मा आधारिक व्यवसायलाई रोक्न नहुने भन्दै आएको छ। 

कानुनी राज्यको वकालत गर्ने जो कोहीले या कानुन बनाएर नियमन गर या कानुन विपरीत कार्य रोक भन्नुपर्ने हो। तर प्रधानमन्त्री र यातायातमन्त्री कानुनभन्दा माथि भएझैं चल्न देऊ भन्दै आएका छन् भने यातायात व्यवस्था विभाग कहिले विद्यमान कानुन ठिक हो भन्छ त कहिले तालुक मन्त्रालयका मन्त्रीले भनेको ठिक हो भन्छ। यो विभागको पछिल्लो काम गराइले प्रमाणित गरेको छ। 

यसबारेमा विभागको नेतृत्व औपचारिक प्रतिक्रिया दिन चाहँदैन। कानुन नमानौं विधिको शासन भनिँदै आएको छ, मानौं तालुकदार निकायको प्रमुख वा सरकार प्रमुखले भनेको कसरी नमान्ने भन्ने दोधारको अवस्थामा विभागको नेतृत्व देखिन्छ। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले भने टुटल र पठाओ सेवा सञ्चालनबारे बहस गर्नुअघि प्रदेश कानूनहरु हेर्न जरुरी रहेको बताएका छन्। पारवहनको व्यवस्थापकीय अधिकार संघबाट प्रदेश सरकारमा गइसकेको भन्दै उनले निजी प्रयोजानको सवारीलाई भाडाका सवारीका रुपमा प्रयोग गर्न पाउने कि नपाउने भन्ने विवादको निरुपण प्रदेशले गर्ने मन्त्रीले बताएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

संविधानको अनुसूचीमै पारवहनको (चार पांग्रे तथा दुई पांग्रे) व्यवस्थापन प्रदेशको अधिकारको सूचीमा छ। प्रधानमन्त्री कार्यालयले पनि त्यसको कार्य विस्तृतीकरणमा यसलाई प्रदेशकै अधिकार भनेको छ।  

प्रदेश ऐनको व्यवस्था, सचिव भन्छन् : नियमावली नआई हामी केही गर्न सक्दैनौं
मोटरसाइकलमा भाडामा यात्रु बोक्ने काम बागमती प्रदेशले बनाएको प्रदेश सवारी तथा यातायात ऐन मार्फत नियमन गर्न मिल्छ। बागमती प्रदेशले निजी सवारीलाई गैरव्यावसायिक सवारीको रूपमा परिभाषित गरेको छ। ऐनको दफा १३ को उपदफा १ मा ‘निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्रप्राप्त सवारीलाई गैरव्यावसायिक सवारी भनिनेछ’ भनी लेखिएको छ। 

त्यस्तै उपदफा २ मा गैरव्यावसायिक सवारी व्यावसायिक रुपमा यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन भनी स्पष्ट पारिएको छ। तर प्रदेश सरकारले बनाएको यातायात ऐनको दफा १३ को उपदफा ४ मा भने उपदफा २ मा जुनसुकै कुरा लेखिएको भए तापनि निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्रप्राप्त चारपांग्रे तथा दुईपांग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्री बिमा गरी यात्रु ओसारपसार गर्न सक्नेछ भनी लेखिएको छ। 

प्रदेश ऐनले यस्ता सवारीले निश्चित रुट, भाडा निर्धारण तथा यात्री बिमा गरेमा मात्र यात्रु बोक्न पाइने उल्लेख गरेको छ। गैरव्यावसायिक सवारीको भाडा निर्धारण र यात्री बिमा सहज भए पनि यस्ता सवारीको रुट कायम गर्न भने जटिल देखिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बागमती प्रदेश सरकारले बनाएको प्रदेश ऐन भएपनि नियमावली बनाई नसकेकाले तत्काल प्रदेश सरकारले टुटल/पठाओजस्ता सेवा नियमन गर्न नसक्ने बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले बताए। ‘हामी नियमावली बनाउने क्रममा रहेका छौं,’ उनले नेपाल लाइभसँग भने, ‘नियमावली नबनुन्जेल हामीले यस्ता व्यवसायलाई नियमन गर्न सक्दैनौं। ऐनका आधारमा मात्र के गर्ने भन्ने स्पष्ट नहुँन्जेल विद्यमान कानुनअनुसार नै नियमन हुन्छ होला।’ 
प्रदेश सरकारले आफ्नो ऐनअनुसारको नियमावली बनेपछिमात्र नियमन गर्ने बताएकाले टुटल/पठाओ नियमनको जिम्मा यातायात व्यवस्था विभागकै काँधमा आइपुगेको छ। 

दोहोरो चेपुवामा महानिर्देशक हमाल
केही महिनाअघि कुमारप्रसाद दाहाललाई तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले हटाएपछि विभागको नेतृत्वमा आइपुगेका हुन् गोगनबहादुर हमाल। उनी विभागमा आएपछि दुईपटक निजी सवारीलाई प्रयोजनविपरीत प्रयोग गरे कारबाही गर्ने भन्ने सूचना प्रकाशित भइसकेको छ। 
एकातर्फ ट्याक्सीलाई नियमन गर्न नसकेको विभाग तिनै व्यवसायीको दबाबमा रहेको छ। अर्कोतर्फ मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको समर्थन पाएको विद्यमान कानुनअनुसार अवैध रुपमा चलेको टुटल/पठाओ नरोक्नु भन्ने दबाब खेप्नु अहिलेका महानिर्देशकको नियति बनेको छ।

ट्याक्सी व्यवसायलाई मर्‍यादित बनाउन नसकेको जिम्म विभागले नै लिनुपर्छ। आम मानिसले ट्याक्सीले मनोमानी रुपमा भाडा लिएर दादागिरी गरेको भन्दै विरोध गर्दै आएका छन्। त्यसको परिणाम अवैध रुपमा चलेका टुटल/पठाओले समर्थन पाएका हुन्। 

अहिले विभागका महानिर्देशक न कानुन कार्यान्वयन गराउन सक्ने अवस्थामा छन् न त ट्याक्सीको दादागिरी अन्त्य गर्न नै सकेका छन्। ट्याक्सी व्यवसायीले विरोध जनाएर विभाग घेरेपछि प्रयोजनविपरीत सवारी चलाए कारबाही गर्छु भनेर सूचना प्रकाशित गर्छन्। अर्कोतिर आम मन्त्रीले तत्काल टुटल/पठाओ बन्द नगर्नुभन्दा अर्को विज्ञप्ति निकाल्न बाध्य हुन्छन्। 

यो समस्याको समाधानका लागि जतिसक्दो छिटो संघीय यातायात व्यवस्था ऐन ल्याउने र प्रदेश सरकारले ऐनअनुसारको नियमावली तर्जुमा गरी कार्यान्वयनमा ल्याउनु जरुरी छ।

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  १७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्