• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

काेराेना प्रभाव : डडेल्धुराका सीमा क्षेत्रमा ‘हेल्थ डेस्क’ र आइसोलेसन वार्डको व्यवस्था

64x64
ललित बोहरा शुक्रबार, फागुन ३०, २०७६  ०७:१५
1140x725

डडेल्धुरा- डडेल्धुराका दुई सीमा क्षेत्रमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ। स्वास्थ्य कार्यालय र परशुराम नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणकाे जोखिम बढ्दै गएपछि हेल्थ डेस्क स्थापना गरेको हो।
नगरपालिकाले स्वास्थ्य कार्यालय डडेल्धुरासँगको समन्वयमा नगरपालिकाको वडा नं ५ परिगाउँको बाङ्घाट र वडा नं ६ तातापानीको सिसमजाला घाटमा हेल्थ डेस्कको स्थापना गरेको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख अशुतोष श्रेष्ठले बताए। भारतबाट नेपाल भित्रिने यात्रुहरुको स्वास्थ्य परीक्षणका लागि बिहीबारदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख श्रेष्ठले जानकारी दिए। हेल्थ डेस्कमा हाललाई एक–एकजना स्वास्थ्यकर्मी शीर्ष स्वास्थ चौकीबाट  खटाइएको छ। आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने प्रमुख श्रेष्ठले बताए।

आइसोलेसन वार्डको व्यवस्था 
कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन र कोही संक्रमित भइहाले उपचार र रोकथामका लागि परशुराम नगरपालिका–१२ मा रहेको जोगबुडा अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गरिएको छ।

जिल्ला सदरमुकामस्थित डडेल्धुरा अस्पतालमा पनि आइसोलेसन वार्डको व्यवस्था गरिसकिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। जोडबुडा अस्पतालमा आइसोलेसन ३ बेडको निमार्ण गरी आवश्यक औषधि पनि स्वास्थ्यल कार्यालयले व्यवस्थापन गरिसकेको जनाएको छ। यस्तै जोगबुडा अस्पतालले खुल्लामञ्च अगाडीको दुई कोठे भवन र रेडक्रसको भवन आवश्यक तयारीका लागि खाली गरिएको अस्पतालका प्रमुख जितेन्द्र चौधरीले बताए। 

सिसमजाला घाट र बाङ्घाटबाट दैनिक १५० देखि २०० को हाराहारिमा मानिस नेपाल–भारत आवतजावत गर्छन्। दैनिक उपभोग्यका सामग्रीदेखि अन्य लत्ता कपडासमेत किनबेच गर्न स्थानीय यिनै नाकबाट जानेआउने गर्दछन्। त्यहाँका स्थानीयहरू डुंगा र ट्युबको प्रयोग गरी महाकाली नदी तरेर भारतबाट सामान ल्याउँछन्।

Ncell 2
Ncell 2

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भारतसँग जोडिएका सीमानाकामा हेल्प डेस्क स्थापना गर्न स्थानीय तहलाई फागुन २२ गते लिखित रुपमा पत्राचार गरेको थियो। प्रशासनले जिल्लाभित्र सार्वजनिक स्थानहरूमा धेरै भीडभाड नगर्न, अति आवश्यक कामको लागि मात्र बाहिर जान, हात मिलाउनुको साटो नमस्कार गर्न, भेला, जमघट तथा मेला महोत्सवजस्ता कार्यक्रमहरू नगर्न सबैमा यसअघि नै अनुरोध गरिसकेको छ।

कोरोनाबाट जोगिन विद्यार्थीलाई मास्क वितरण
कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन डडेल्धुराको अमरगढी नगरपालिकाले विद्यार्थीहरुलाई मास्क वितरण गरेको छ। नगरमा रहेका कक्षा ८ को परीक्षामा सहभागी ५ सय ३६ विद्यार्थीलाई मास्क वितरण गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्तराज पन्तले जानकारी दिए।

फागुन ३० गतेबाट सञ्चालन हुने उक्त परीक्षामा सहभागीहरुको लागि परीक्षा केन्द्रमै गएर केन्द्रलाई मास्क हस्तान्तरण गरेको उनले बताए। ‘नगरपालिकामा रहेका २२ वटा विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुको ६ वटा केन्द्रमा परीक्षा हुँदै छ,’ पन्तले भने, ‘परीक्षामा सामेल हुने सबै विद्यार्थी र परीक्षा केन्द्रमा रहने सबै जनशक्तिलाई मास्क वितरण गरेर अनिवार्य मास्क लगाउन भनेका छौ।’ 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले  चैत ५ गते भित्र कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सञ्चालन गरिसक्न निर्देशन दिएपछि नगरभरका विद्यालयहरुमा परीक्षा सुरु भइसकेको छ।  नगरपालिकाभरी संस्थागत र सामुदायिक गरी जम्मा ४१ वटा विद्यालय रहेका छन्। ती विद्यालयमा ६ हजार ८१ जना विद्यार्थी अध्ययनरत छन्।

कक्षा ८ बाहेक कक्षा १ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुलाई मास्क दिन प्रति विद्यार्थी २० का दरले विद्यालयलाई रकम दिने निर्णय भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्तराज पन्तले बताए। 

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  ०७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन बन्दसत्रको अध्यक्षता ८८ वर्षीय श्यामकुमारले गर्ने सोमबार, पुस २८, २०८२
सुन र चाँदीको मूल्य हालसम्मकै उच्च सोमबार, पुस २८, २०८२
ट्रम्पले सामाजिक सञ्जालबाट घोषणा गरे आफैंलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्