काठमाडौं–नेपाली बजारमा लगातार बढिरहेको सुनको मूल्य घट्न थालेको छ। बिहीबार छापावाल सुनको मूल्य ८१ हजार ५ सय रुपैयाँ कायम भएको छ। यो मूल्य बुधबारको तुलनामा ८ सय रुपैयाँले कम हो। बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ८२ हजार ३ सय रुपैयाँ कायम भएको मूल्य मंगलबार प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै तेजाबी सुनको मूल्य बिहीबार ८१ हजार २ सय रुपैयाँ कायम भएको छ। बुधबार तेजावी सुनको मूल्य प्रतितोला ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यमा भने उल्लेख्य कमी आएको छ। बुधबार ८ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य बिहीबार २० रुपैयाँ घटेर ८ सय ६० रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।