काठमाडौं– संघीय संसदको प्रतिनिधि सभामा उपसभामुख पद खाली छ। तत्कालीन उपसभामुख शिवमाया तुङ्बाहाम्फेले राजीनामा दिएपछि खाली रहेको उक्त पदमा निर्वाचन भएको छैन।
बिहीबारको संसद बैठकमा सांसद लक्ष्मी परियारले सभाले उपसभामुख नपाउनुको कारण माग गरेकी छन्। सभामुख अग्निप्रसाद सापकोटालाई उनले प्रश्न गरिन्, ‘तपाईं सभामुख निर्वाचित भएको ४६ दिन पुग्यो। तपाईंलाई बधाइ छ। तर, यतिका दिनसम्म प्रतिनिधि सभाले उपसभामुख किन पाउन सकेन, के बाधक भयो, किन ढिलाइ भयो?’
आफूले संविधान वा कुनै नियमावलाीमा यति लामो समयसम्म उपसभामुख रिक्त राख्ने धारा र प्रावधान नभेटेको उनले बताइन्। उनले व्यङ्ग्य गरिन्, ‘रोक्ने धारा त ९१ उपधारा २ को एकमा भएको प्रावधानले रोकेछ। त्यहाँ उल्लेख रहेछ–सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने।’
सभामुख पुरुष भइसकेका कारण महिला उपसभामुख बनाउनुपर्ने भएपछि ढिलाइ भइरहेको उनले बताइन्। वर्तमान सत्तारुढ दल र सरकारको महिलालाई हेर्ने दृष्टिकोणमाथि पनि उनले प्रश्न गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।