काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच एकीकरणको घोषणा, तीनै अध्यक्षले गीता छुँदै गरे पार्टी नफुट्ने वाचा, सुनीलबहादुर थापाद्वारा एकीकरण सभा बहिस्कार ।
२) कांग्रेस सभापति देउवाले पश्चिम नवलपरासीका कार्यवाहक सभापति अर्जुन पोखरेललाई हटाएकोप्रति वरिष्ठ नेता पौडेल पक्षको आपत्ति, निर्णय सच्याउने गरी सभापतिसँग कुरा गर्ने जिम्मा महामन्त्री कोइरालालाई।
३) कच्चा पाम आयल इन्डोनेसियाबाट मात्र आयात गर्न भारतले ग¥यो नेपाललाई आग्रह, अहिले आयात गर्ने कच्चा पाम आयलमा ८० प्रतिशत इन्डोनेसिया र २० प्रतिशत मलेसियाबाट।
४) इंग्ल्याण्डका क्रिस वेक्सले गरे आइपिएल नखेल्ने निर्णय, इंग्ल्याण्डबाटै आफ्नो क्रिकेट जीवन अगाडि बढाउने र खेल समय स्वदेशकै लागि खर्च गर्ने निर्णय ।
५) र इटालीमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, विश्वभर १ लाखभन्दा बढीलाई कोरोना संक्रमण, ४३ सयको मृत्यु ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।