Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मजदुरी गरेर भाइको मिर्गौला उपचार गराइरहेकी तारा

64x64
डिबी खड्का आइतबार, फागुन २५, २०७६  २२:३०
1140x725

काठमाडौं- तस्बिरको पार्श्वमा फूल सधैं राम्रो देखिँदो रहेनछ। महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरको बगैंचा अघिल्तिर तारा रोकायाको तस्बिर खिचेपछि त्यस्तै लाग्यो। तस्बिरको पछाडि फूल नियोजित रुपमा पारेको होइन। संयोगले पर्‍यो तर कस्तो अमिल्दो संयोग!

हुन त बीचमा तारबार छ। त्यो बारले फूल र तारालाई त्यसरी नै छुट्याएको छ, जसरी नियतिले तारालाई खुशीबाट अलग्याएको छ। उता फूल आँगनमै आइपुगेको वसन्त ऋतुलाई स्वागत गर्न लागे जसरी चमचमाइरहेका छन्, यता ताराको जीवनबाट २०७२ सालदेखि कहिल्यै शिशिर टाढा भएको छैन। बरु बीचको बसन्त हराएर वर्षा आउँछ। दुःख, पिर र अभावले उनको आँखामा झरी परिरहन्छ। 

फेरि अर्को नमिल्दो संयोग। आइतबार नै परेछ, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस। त्यो उनलाई थाहा हुने कुरै भएन। सम्झाइदिएर हुनेवाला पनि केही थिएन। श्रमिक महिला हुन् उनी। त्यस्ती श्रमिक महिला हुन्, जसले एउटा पुरुष (भाइ)को जीवन जोगाउन श्रम गरिरहेकी छिन्। 

डोटी बारापाटाकी उनी २१ वर्षीय भाइ सुरेश रोकायाको  उपचारका लागि हरेक बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्मै श्रममा जुट्छिन्। २०७२ सालदेखि मिर्गौला रोगबाट ग्रस्त सुरेश १० महिनायता डायलाइसिसको भरमा जिइरहेका छन्। तिनकै भाइको डायलाइसिस गर्न उनी काठमाडौंमै डेरा गरेर बसेकी छिन्। खर्चको जोहो गर्न मजदुरी गर्छिन्।

घरमा ५८ वर्षको उकालो हिँडिरहेकी एक्ली आमा छिन्। उनीबाट खर्चको आशा गर्ने कुरै भएन। तर १५ दिन भयो, तारा बेखर्ची भएको। भाइलाई अकस्मात् बिरामले च्यापेपछि अस्पतालको इमर्जेन्सीमा पुर्‍याउनुपर्‍यो। आइसियूमा केही दिन राखेर अहिले नेफ्रो वार्डको निःशुल्क बेडमा सारेकी छिन्। ‘डाक्टरसाबले त केही दिन अझै आइसियुमा राख्नुपर्छ भन्नुहुन्थ्यो। पैसा भएन, जर्बजस्ती सारेँ,’ उनी भन्दै थिइन्।

भाइ बिरामी भएको पीर छँदैछ। अहिले त्यसैमाथि थपिएको छ– औषधि किन्न पैसा कहाँबाट ल्याउने? घरभाडा कसरी तिर्ने?

भाइमाथि ठूलो भरोसा थियो उनको। त्यसैले एसएलसी पास गरेपछि उनले भएको जग्गाजमिन दुई लाखमा बेचेर ल्याब टेक्निसियन पढ्न पठाएकी थिइन् काठमाडौं। यति हेल्थ साइन्समा पढिरहेकै बेला मिर्गौलाको समस्या आइलाग्यो। त्यसपछि बुढी भएकी आमाको जीवनको उत्तरार्ध सुखमय बन्ने आश टुट्यो।

Ncell 2
Ncell 2
nimb
nimb

एसएलसी पास गरेकी तारा २० वर्षको भरिलो उमेरकी थिइन् भाइको मिर्गौलामा समस्या आएको वर्ष २०७२ मा। भाइलाई पढाउने र आफू पढ्ने चाहना थियो। तर, एक्कासी भाइ बिरामी परेपछि उनले आफ्नो चाहना त्यागिन्। त्यो दिनबाट मुर्झाएकी तारालाई एकदिन खुशी मिलेन।

जीवनमा संघर्ष गर्ने हिम्मत र ताकत त छ उनीसँग। तर, अवस्था यस्तो छ कि केही सहयोग गर्ने होइन, ‘केही परे हामी छौं नि’ भन्ने ‘आफन्त’समेत छैनन्। आफन्त नै नभएका होइनन्। उनका आफ्नै काकाको बुढानीलकण्ठमा घर छ। जेठा दाइ पनि छन्। तर, उनका भाइ बिरामी परेपछि कोही सोध्नसमेत आएका छैनन्। उनले नै सहयोगको अपेक्षा गरिन्। तर्किदै गए आफन्तहरु। उनले रुँदै भनिन्, ‘हामी केही गर्न सक्दैनौं। मर्न दे भन्छन्। सकिन्छ त त्यसरी?’

विवाह गर्ने उमेर पुगेकी उनलाई पनि छ घर बसाउने चाहना। २५ वर्ष भर्खर टेकेकी उनी बेलामौकामा विवाहबारे सोच्छिन्। तर, भाइको अनुहार हेर्छिन्, अनि त्यो सपना स्थगित हुन्छ।

भाइका लागि मिर्गौला दिन आमा तयार छिन्। उनी आफैं पनि तयार। तर, ब्लड ग्रुप नै मिल्दैन। डाक्टरले विकल्प दिएका छन्,  'कसैसँग साटेर मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ। यही झिनो विकल्पमा तारा भाइलाई एकदिन तन्दुरुस्त बनाउन सक्ने सपना देखिरहेकी छिन्। 

Xtrem

Xtrem

प्रत्यारोपण गर्नका लागि चाहिने रकमको जोहो गर्न सकिने अवस्था उनी देख्दिनन्। बेडमा लम्पसार परिरहेका भाइलाई हेर्दै भक्कानिन्छन्। अहिले पनि डाक्टरले सिफारिस गरेका सवै औषधि खुवाउन सकेकी छैनन्। त्यसैको परिणाम भाइलाई गाह्रो परेर इमर्जेन्सीमा भर्ना गर्नुपर्ने अवस्था बन्यो।

भाइ ठिक भएर नियमित डायलाइसिसमा जान सक्ने मात्रै बन्यो भने पनि आफू फेरि १२ घन्टे मजदुरीमा खटेर केही रकम जोहो गर्न सक्ने आशा उनीसँग छ। गिट्टी, बालुवा र इँटा बोकेरै भएपनि भाइको उपचार गर्ने आँट छ। तर, परिस्थिति यस्तो छ कि उनलाई नियतिले त्यो अवसर समेत दिइरहेको छैन।

त्यही अस्पतालमा छन्, मिर्गौलाकै अर्का बिरामी प्रधानमन्त्री केपी शर्मा ओली। उनलाई भेट्न ‘ठूला मान्छे’ आइरहन्छन् अस्पताल। उनलाई लाग्छ- भनिदिउँ। तर, भन्ने कसरी? उनीहरूका सुरक्षाकर्मीले छेउछाउ जान दिँदैनन्। 

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भयो भन्दा खुशी हुने उनी पनि थिइन्। किनकि उनलाई लागेको छ– प्रधानमन्त्री ओलीले अरु आफूजस्तै बिरामीको समस्यालाई हल गर्नेछन्। गरिबलाई औषधि र उपचारमा सजिलो बनाउनेछन्। 

आफैंलाई फेरि भन्छिन्, ‘आफन्तले नै हाम्रा दुःख सुनेनन्। अरुले के सुन्लान्?’ त्यसपछि बगैंचाको तारबारमा झुन्डिएर एकपटक हेरिन् पश्चिमतिर। जहाँ ठूलो तस्बिर टाँगिएको प्रधानमन्त्री ओलीको र तस्बिर मुन्तिर लेखिएको छ– गेट वेल सुन पिएम ओली।

अन्त्यमा उनीसँग सहयोग गर्न चाहनेका लागि खाता नम्बर मागें। एकपाना पनि नच्यातिएको चेकबुकै थमाइन्। खातामा पैसा भए पो चेकबुकको पाना च्यात्तिन्थ्यो। पैसा हात पर्नेबित्तिकै भाइको औषधि ल्याउन कुद्नुपर्ने उनले कसरी जम्मा गरुन् खातामा पैसा। ग्लोबल आइएमई बैंकको काठमाडौं धापासी ब्राञ्चमा उनको खाता रहेछ। तारा रोकाया नामको खाता नम्बर ०८०७०१००११७९२।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  २२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : आज मतदान भएन, भोलि बिहान ७ बजेबाट हुने बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल बिहीबार, असोज २२, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ बिहीबार, असोज २२, २०८३
स्ववियुमा अवसर गुमाएका अनोज कांग्रेसको केन्द्रीय सदस्य बन्ने दौडमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्