• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर १८, २०८२ Thu, Dec 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

गाँजालाई वैध बनाउने विधेयक किन ल्याइयो ?

दीपक अधिकारी/सन्जोग सिवाकोटी शुक्रबार, फागुन २३, २०७६  १९:०३
1140x725

नेपालले गाँजा उत्पादन र विक्रीमा प्रतिबन्ध लगाएको करिब पाँच दशकपछि यसको वैधानिक प्रयोग खुल्ला गर्नेबारे छलफल शुरु भएको छ । गत फागुन १९ गते नेपाल कम्युनिष्ट पार्टीका सांसद शेरबहादुर तामाङले वर्तमान संसदको पहिलो गैर सरकारी विधेयकका रुपमा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्नेसम्बन्धी विधेयक दर्ता गरेका थिए । उक्त विधेयकमा नेपालमा गाँजा खेती खुल्ला गरी त्यसबाट औषधिको उत्पादन, वैज्ञानिक अनुसन्धान, खाद्य र व्यवसायिक प्रयोजनका लागि उपलब्ध गराई ती उत्पादन विदेश निर्यात गर्ने प्रस्ताव गरिएको छ । त्यसको केही साता अघि नै सगरमाथा टेलिभिजनसँग बोल्दै सांसद विरोध खतिवडाले अमेरिका, क्यानडा लगायतका मुलुकले गाँजालाई वैध गरिसकेकोले नेपालले पनि खुल्ला गर्नुपर्ने माग गरेका थिए ।

गाँजा : लागुऔषध कि औषधि ?

अंग्रेजीमा क्यानाबीस भनिने गाँजा एक प्रकारको बाली हो । यो मध्य र दक्षिण एसियाको रैथाने बाली हो । नेपालमा यसको खेती तराई र पहाड दुवै ठाउँमा हुन्छ । यसमा पाइने टेट्रा हाइड्रो क्यानाबिनोल नामक तत्वले यसको सेवन गर्ने व्यक्तिमा नशा लगाउँछ । यसको सेवनले आनन्दको अनुभूति गराउने र काल्पनिक संसारमा पुर्‍याउने भएकाले लागुऔषधको रुपमा यसको प्रयोग गरिन्छ । यसको प्रयोग औषधि र मनोरञ्जनका लागि समेत गरिँदै आएको छ । पछिल्ला कतिपय शोध अनुसन्धानले दुखाइ कम गर्नमा यसको प्रयोग गर्न सकिने जनाएका छन् । प्राचीन समयमा मध्य र दक्षिण एसियामा यसलाई आयुर्वेदिक औषधीमा व्यापक रुपमा प्रयोग गरिन्थ्यो ।

यस सँगसँगै हेम्प भनिने अर्को एक गाँजा प्रजातिमा टेट्रा हाइड्रो क्यानाबिनोलको मात्रा तीन प्रतिशत भन्दा कम हुन्छ । यसमा नशा लगाउने तत्व कम हुने भएकोले यसलाई औद्योगिक प्रयोजनको लागि प्रयोग गरिन्छ ।

संसदमा दर्ता गरिएको गाँजा खेती विधेयकमा के प्रावधान छन् ?

गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकको उद्देश्य यसको खेती खुल्ला गरी गाँजा खेतीलाई प्रोत्साहन गर्ने र त्यसलाई नियमन गर्दै गैरकानुनी खेती तथा विक्री वितरणलाई नियन्त्रण गर्नु रहेको छ । विधेयकमा गाँजालाई यसको बोट, बिउ, फूल वा फल र गाँजा जातको भाङ वा सिद्धको पात, फूल, बिउ वा फल वा गाँजाको बोटबाट निस्कने खोटो, चोब आदि भनी परिभाषित गरिएको छ ।

हरेक घर परिवारले घरायसी प्रयोजनका लागि ६ वटासम्म बोट रोप्न पाउने विधेयकमा उल्लेख छ । त्यस्तै कपडा बनाउन वा त्यस्तै औद्योगिक प्रयोजनका लागि वा खाद्य पदार्थको रुपमा प्रयोग हुने दाना, मह, तेल, पिना उत्पादन तर विक्रि वितरणका लागि भाङको खेती गर्न अनुमति लिनु नपर्ने प्रस्ताव विधेयकमा छ ।

Ncell 2
Ncell 2

तर गाँजाको व्यावसायिक खेती गर्न चाहने किसाने यसलाई नियमन गर्न प्रस्तावित बोर्डबाट अनुमति लिनु पर्नेछ । उनीहरुले जिल्ला कृषि ज्ञान केन्द्रमा अनुमतिका लागि निवेदन दिन सक्नेछन् । तर आफ्नो खेतमा गाँजामात्र लगाउन नपाउने विधेयकमा छ । त्यस्तै १८ वर्ष मुनिको व्यक्तिलाई यसको खेती वा विक्री वितरण गर्न अनुमति नदिने प्रस्ताव राखिएको छ । गाँजा र त्यसका उत्पादन (जस्तै चरेस, औषधि, तेल र कपडा) को निर्यात गर्न सकिनेछ । तर यसका उत्पादनको प्रचारप्रसार गर्न नपाइने प्रस्ताव विधेयकमा छ ।

कुन कुन देशमा गाँजा खेती र त्यसको प्रयोग वैध छ ?

केही दशक यता विभिन्न पश्चिमा मुलुकहरुले गाँजालाई वैधानिकता दिन थालेका छन् । सन् १९९५ मा औषधिमूलक प्रयोजनका लागि अमेरिकी राज्य क्यालिफोर्नियाले गाँजालाई वैधानिकता प्रदान गर्‍यो । सन् २०१३ मा ल्याटिन अमेरिकी देश उरुग्वेले गाँजा माथिको प्रतिबन्ध पूर्ण रुपमा फुकुवा गरेपछि अन्य देशले त्यसलाई पछ्याएका हुन् । पूर्ण रुपमो प्रतिबन्ध फुकुवा गर्ने पहिलो देश उरुग्वेमा यो औषधि, वैज्ञानिक अनुसन्धान, खाद्य र व्यवसायिक प्रयोजनका लागि खुल्ला छ । सन् २०१८ मा क्यानडाले मनोरञ्जनात्मक, औषधि र शोधका लागि यसलाई खुल्ला गर्‍यो । अमेरिकाका अधिकांश राज्यमा यसलाई खुल्ला गरिएको छ (तर संघीय तहमा यो अझै प्रतिबन्धित छ) । चिली, पेरु, मेक्सिको, बोलिभिया, ब्राजिल, जमैका, कोलम्बिया, नेदरल्याण्ड, चेक रिपब्लिक, जर्मनी, इजरायल र थाइल्याण्डलगायत देशमा यसलाई खुल्ला गरिएको छ ।

नेपालमा पहिले किन गाँजालाई प्रतिबन्धित गरियो ?

तस्बिर: सुरेश बिडारी

 

परम्परागत रुपमा नेपालमा गाँजाको प्रयोग औषधिका रुपमा हुँदै आएको छ । २०३३ सालसम्म हिप्पी भनिने स्थलमार्गबाट पूर्वीय आध्यात्मिक ज्ञानको खोजीमा नेपालमा आएका पश्चिमी पर्यटकका लागि यो एउटा प्रमुख आकर्षण थियो । ‘क्यानाविस एण्ड कल्चर’ पुस्तकको एक अध्यायमा जेम्स फिसरले ६० को दशकमा विदेशीहरु आएर नेपालमा गाँजा सेवन गर्नुका साथै भार निर्यात हुने गरेको उल्लेख गरेका छन् । यसैकारण यसको मुल्य आकाशिएको र तत्कालीन सरकारले पनि यसको व्यापारलाई अनुमतिपत्र लिनु पर्ने र कर तिर्ने व्यवस्था गरेको फिसरले उल्लेख गरेका छन् । हिप्पी युगका कारण अमेरिका, संयुक्त राष्ट्रसंघ र स्थानीय वासिन्दाको दबाबका कारण २०३३ सालमा नेपालको तत्कालीन सरकारले लागुऔषध नियन्त्रण ऐन मार्फत गाँजासहित भाङ, गाँजाका बोट, पात, फल र फुल अनि त्यसको चोप, खोटो आदिलाई लागुऔषधका रुपमा परिभाषित गर्दै प्रतिबन्ध लगायो ।

संयुक्त राष्ट्रसंघको लागुऔषधको उत्पादन र आपुर्तिसम्बन्धी अभिसन्धि ‘सिङ्गल कन्भेसन अन नार्कोटिक ड्रग्स १९६१’ नेपालले सन् २००३ मा हस्ताक्षर गरेको हो ।

के नेपालले गाँजा खुल्ला गर्नुपर्छ ?

खासमा गाँजालाई अवैधानिक घोषणा गरिएको समयताका नै यसलाई खुल्ला गरिनुपर्ने आवाज उठ्न थालेको हो । फिसरले उल्लेख गरे अनुसार, नेपालमा गाँजा प्राचीन समयदेखि आयुर्वेदिक औषधिको रुपमा, मनोरञ्जनका लागि, खाद्य सामग्रीको रुपमा र भगवानको प्रसादको रुपमा प्रयोग गरिन्थ्यो । यसलाई पखाला, हैजा, टिटानस र अनिद्राको औषधिका रुपमा पनि प्रयोग गरिन्थ्यो । त्यस्तै अमेरिकन जर्नल अफ एग्रिकलचरल रिसर्चमा प्रकाशित एक अध्ययनका अनुसार गाँजाको बाली तापक्रम र जलवायु अनुसार लाग्ने भएकोले नेपाल विभिन्न प्रकारका गाँजा उत्पादानका लागि उर्वर भुमि हुनसक्छ । फिसरले पनि नेपालको हिमाली भेगमा बाहेक सम्पूर्ण भेगमा गाँजा उब्जाउ हुने जनाएका छन् । गाँजा खेतीको राम्रो सम्भावना हुँदाहुँदै पनि विभिन्न प्रयोजनका लागि यसको प्रयोगको नियमन गर्नुपर्ने आवश्यकता छ ।

“गाँजालाई वैध बनाउन सबैभन्दा पहिलर हेम्पलाई खुल्ला गर्नुपर्छ । यसबाट विभिन्न व्यवसायिक उत्पादन गर्न सकिन्छ”, यसका अभियानकर्मि रबि प्रधानले साउथ एसिया चेकलाई बताए ।

तर अर्थशास्त्री विश्व पौडेलले भने पर्यटन क्षेत्रमा यस्को प्रयोग पहिल्यै भइसकेकोले यस्को व्यवसायिक सम्भावना हुनेमा शंका गरे । “यो ‌औषधि मुलक प्रयोजनका लागि उपयुक्त हुनसक्छ तर पर्यटन प्रवर्धन र मनोरञ्जनका लागि हैन,” उनले भने ।

के नेपालमा अहिले पनि अवैध रुपमा गाँजा खेती भइरहेको छ ?

पर्साको एक गाउँमा गाँजा खेती नष्ट गर्दै प्रहरी                               तस्बिर: सुरेश बिडारी

नेपालमा घर आँगन, खेतबारी सबैतिर गाँजा आफै उम्रिने भएकोले यो प्रशस्त मात्रामा पाइन्छ । यसरी आफै उम्रेको गाँजाको प्रयोग तथा बेचबिखन समेत भइरहेको छ । कतिपयले अझै पनि व्यवसायिक गाँजा खेती भइरहेको छ । हरेक वर्ष विभिन्न जिल्लामा नेपाल प्रहरीले ठूलो मात्रामा गाँजा फडानी गर्ने गर्छ ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोबाट प्राप्त तथ्याङ्क अनुसार २०७३/०७४ मा करिब ४१३ बिगाहमा लगाइएको गाँजाको १७७६२ बोट नष्ट गरेइएको थियो । यसैगरी प्रहरीले २०७४/०७५ मा ५५९ बिगाहामा खेति गरिएको ९४६४ र २०७५/०७६ मा ४५७ बिगाहमा खेति गरिएको १९८४९२ बोट नष्ट गरेको थियो ।

गत मंसिरमा प्रकाशित ब्युरोको त्रैमासिक बुलेटिन अनुसार २०७५ पौषदेखि २०७६ असोजसम्म प्रहरीले ९६३३.५ के.जि गाँजा र २३९०.८ के.जि चरेस बरामद गरेको थियो ।

ग्राफिक्स श्रोत: लागूऔषध नियन्त्रण ब्युरो

( याे सामाग्री साउथएसियाचेकबाट साभार गरिएको हो)

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६  १९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एनपिएलः काठमाण्डु-पोखरा र सुदूरपश्चिम-चितवन आमनेसामने हुँदै, जित्नैपर्ने दबाबमा चितवन र पोखरा
आज धान्यपूर्णिमा, नेवार समुदायको योमरी पुन्हि, किरात उधौली मनाउँदै
यस्तो रहनेछ आजको मौसम
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
एनपिएलः काठमाण्डु-पोखरा र सुदूरपश्चिम-चितवन आमनेसामने हुँदै, जित्नैपर्ने दबाबमा चितवन र पोखरा बिहीबार, मंसिर १८, २०८२
आज धान्यपूर्णिमा, नेवार समुदायको योमरी पुन्हि, किरात उधौली मनाउँदै बिहीबार, मंसिर १८, २०८२
यस्तो रहनेछ आजको मौसम बिहीबार, मंसिर १८, २०८२
जाडोमा स्वस्थ रहने घरेलु तरिका बिहीबार, मंसिर १८, २०८२
प्रधानमन्त्री कार्की र श्रीलंकाली समकक्षी डा. अमरसुरियाबीच टेलिफोन वार्ता बुधबार, मंसिर १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
क्यानका महानिर्देशक अधिकारी र निर्देशक भण्डारी दुई दिन हिरासतमै रहने बुधबार, मंसिर १७, २०८२
क्यानका महानिर्देशक अधिकारी अख्तियारको नियन्त्रणमा बुधबार, मंसिर १७, २०८२
मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा बुधबार, मंसिर १७, २०८२
विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी बुधबार, मंसिर १७, २०८२
गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ बुधबार, मंसिर १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
अन्ततः पुसमा महाधिवेशन गर्न संस्थापन पक्ष सहमत सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्