• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

गाँजालाई वैध बनाउने विधेयक किन ल्याइयो ?

दीपक अधिकारी/सन्जोग सिवाकोटी शुक्रबार, फागुन २३, २०७६  १९:०३
1140x725

नेपालले गाँजा उत्पादन र विक्रीमा प्रतिबन्ध लगाएको करिब पाँच दशकपछि यसको वैधानिक प्रयोग खुल्ला गर्नेबारे छलफल शुरु भएको छ । गत फागुन १९ गते नेपाल कम्युनिष्ट पार्टीका सांसद शेरबहादुर तामाङले वर्तमान संसदको पहिलो गैर सरकारी विधेयकका रुपमा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्नेसम्बन्धी विधेयक दर्ता गरेका थिए । उक्त विधेयकमा नेपालमा गाँजा खेती खुल्ला गरी त्यसबाट औषधिको उत्पादन, वैज्ञानिक अनुसन्धान, खाद्य र व्यवसायिक प्रयोजनका लागि उपलब्ध गराई ती उत्पादन विदेश निर्यात गर्ने प्रस्ताव गरिएको छ । त्यसको केही साता अघि नै सगरमाथा टेलिभिजनसँग बोल्दै सांसद विरोध खतिवडाले अमेरिका, क्यानडा लगायतका मुलुकले गाँजालाई वैध गरिसकेकोले नेपालले पनि खुल्ला गर्नुपर्ने माग गरेका थिए ।

गाँजा : लागुऔषध कि औषधि ?

अंग्रेजीमा क्यानाबीस भनिने गाँजा एक प्रकारको बाली हो । यो मध्य र दक्षिण एसियाको रैथाने बाली हो । नेपालमा यसको खेती तराई र पहाड दुवै ठाउँमा हुन्छ । यसमा पाइने टेट्रा हाइड्रो क्यानाबिनोल नामक तत्वले यसको सेवन गर्ने व्यक्तिमा नशा लगाउँछ । यसको सेवनले आनन्दको अनुभूति गराउने र काल्पनिक संसारमा पुर्‍याउने भएकाले लागुऔषधको रुपमा यसको प्रयोग गरिन्छ । यसको प्रयोग औषधि र मनोरञ्जनका लागि समेत गरिँदै आएको छ । पछिल्ला कतिपय शोध अनुसन्धानले दुखाइ कम गर्नमा यसको प्रयोग गर्न सकिने जनाएका छन् । प्राचीन समयमा मध्य र दक्षिण एसियामा यसलाई आयुर्वेदिक औषधीमा व्यापक रुपमा प्रयोग गरिन्थ्यो ।

यस सँगसँगै हेम्प भनिने अर्को एक गाँजा प्रजातिमा टेट्रा हाइड्रो क्यानाबिनोलको मात्रा तीन प्रतिशत भन्दा कम हुन्छ । यसमा नशा लगाउने तत्व कम हुने भएकोले यसलाई औद्योगिक प्रयोजनको लागि प्रयोग गरिन्छ ।

संसदमा दर्ता गरिएको गाँजा खेती विधेयकमा के प्रावधान छन् ?

गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकको उद्देश्य यसको खेती खुल्ला गरी गाँजा खेतीलाई प्रोत्साहन गर्ने र त्यसलाई नियमन गर्दै गैरकानुनी खेती तथा विक्री वितरणलाई नियन्त्रण गर्नु रहेको छ । विधेयकमा गाँजालाई यसको बोट, बिउ, फूल वा फल र गाँजा जातको भाङ वा सिद्धको पात, फूल, बिउ वा फल वा गाँजाको बोटबाट निस्कने खोटो, चोब आदि भनी परिभाषित गरिएको छ ।

हरेक घर परिवारले घरायसी प्रयोजनका लागि ६ वटासम्म बोट रोप्न पाउने विधेयकमा उल्लेख छ । त्यस्तै कपडा बनाउन वा त्यस्तै औद्योगिक प्रयोजनका लागि वा खाद्य पदार्थको रुपमा प्रयोग हुने दाना, मह, तेल, पिना उत्पादन तर विक्रि वितरणका लागि भाङको खेती गर्न अनुमति लिनु नपर्ने प्रस्ताव विधेयकमा छ ।

Ncell 2
Ncell 2
nimb
nimb

तर गाँजाको व्यावसायिक खेती गर्न चाहने किसाने यसलाई नियमन गर्न प्रस्तावित बोर्डबाट अनुमति लिनु पर्नेछ । उनीहरुले जिल्ला कृषि ज्ञान केन्द्रमा अनुमतिका लागि निवेदन दिन सक्नेछन् । तर आफ्नो खेतमा गाँजामात्र लगाउन नपाउने विधेयकमा छ । त्यस्तै १८ वर्ष मुनिको व्यक्तिलाई यसको खेती वा विक्री वितरण गर्न अनुमति नदिने प्रस्ताव राखिएको छ । गाँजा र त्यसका उत्पादन (जस्तै चरेस, औषधि, तेल र कपडा) को निर्यात गर्न सकिनेछ । तर यसका उत्पादनको प्रचारप्रसार गर्न नपाइने प्रस्ताव विधेयकमा छ ।

कुन कुन देशमा गाँजा खेती र त्यसको प्रयोग वैध छ ?

केही दशक यता विभिन्न पश्चिमा मुलुकहरुले गाँजालाई वैधानिकता दिन थालेका छन् । सन् १९९५ मा औषधिमूलक प्रयोजनका लागि अमेरिकी राज्य क्यालिफोर्नियाले गाँजालाई वैधानिकता प्रदान गर्‍यो । सन् २०१३ मा ल्याटिन अमेरिकी देश उरुग्वेले गाँजा माथिको प्रतिबन्ध पूर्ण रुपमा फुकुवा गरेपछि अन्य देशले त्यसलाई पछ्याएका हुन् । पूर्ण रुपमो प्रतिबन्ध फुकुवा गर्ने पहिलो देश उरुग्वेमा यो औषधि, वैज्ञानिक अनुसन्धान, खाद्य र व्यवसायिक प्रयोजनका लागि खुल्ला छ । सन् २०१८ मा क्यानडाले मनोरञ्जनात्मक, औषधि र शोधका लागि यसलाई खुल्ला गर्‍यो । अमेरिकाका अधिकांश राज्यमा यसलाई खुल्ला गरिएको छ (तर संघीय तहमा यो अझै प्रतिबन्धित छ) । चिली, पेरु, मेक्सिको, बोलिभिया, ब्राजिल, जमैका, कोलम्बिया, नेदरल्याण्ड, चेक रिपब्लिक, जर्मनी, इजरायल र थाइल्याण्डलगायत देशमा यसलाई खुल्ला गरिएको छ ।

नेपालमा पहिले किन गाँजालाई प्रतिबन्धित गरियो ?

Xtrem

Xtrem
तस्बिर: सुरेश बिडारी

 

परम्परागत रुपमा नेपालमा गाँजाको प्रयोग औषधिका रुपमा हुँदै आएको छ । २०३३ सालसम्म हिप्पी भनिने स्थलमार्गबाट पूर्वीय आध्यात्मिक ज्ञानको खोजीमा नेपालमा आएका पश्चिमी पर्यटकका लागि यो एउटा प्रमुख आकर्षण थियो । ‘क्यानाविस एण्ड कल्चर’ पुस्तकको एक अध्यायमा जेम्स फिसरले ६० को दशकमा विदेशीहरु आएर नेपालमा गाँजा सेवन गर्नुका साथै भार निर्यात हुने गरेको उल्लेख गरेका छन् । यसैकारण यसको मुल्य आकाशिएको र तत्कालीन सरकारले पनि यसको व्यापारलाई अनुमतिपत्र लिनु पर्ने र कर तिर्ने व्यवस्था गरेको फिसरले उल्लेख गरेका छन् । हिप्पी युगका कारण अमेरिका, संयुक्त राष्ट्रसंघ र स्थानीय वासिन्दाको दबाबका कारण २०३३ सालमा नेपालको तत्कालीन सरकारले लागुऔषध नियन्त्रण ऐन मार्फत गाँजासहित भाङ, गाँजाका बोट, पात, फल र फुल अनि त्यसको चोप, खोटो आदिलाई लागुऔषधका रुपमा परिभाषित गर्दै प्रतिबन्ध लगायो ।

संयुक्त राष्ट्रसंघको लागुऔषधको उत्पादन र आपुर्तिसम्बन्धी अभिसन्धि ‘सिङ्गल कन्भेसन अन नार्कोटिक ड्रग्स १९६१’ नेपालले सन् २००३ मा हस्ताक्षर गरेको हो ।

के नेपालले गाँजा खुल्ला गर्नुपर्छ ?

खासमा गाँजालाई अवैधानिक घोषणा गरिएको समयताका नै यसलाई खुल्ला गरिनुपर्ने आवाज उठ्न थालेको हो । फिसरले उल्लेख गरे अनुसार, नेपालमा गाँजा प्राचीन समयदेखि आयुर्वेदिक औषधिको रुपमा, मनोरञ्जनका लागि, खाद्य सामग्रीको रुपमा र भगवानको प्रसादको रुपमा प्रयोग गरिन्थ्यो । यसलाई पखाला, हैजा, टिटानस र अनिद्राको औषधिका रुपमा पनि प्रयोग गरिन्थ्यो । त्यस्तै अमेरिकन जर्नल अफ एग्रिकलचरल रिसर्चमा प्रकाशित एक अध्ययनका अनुसार गाँजाको बाली तापक्रम र जलवायु अनुसार लाग्ने भएकोले नेपाल विभिन्न प्रकारका गाँजा उत्पादानका लागि उर्वर भुमि हुनसक्छ । फिसरले पनि नेपालको हिमाली भेगमा बाहेक सम्पूर्ण भेगमा गाँजा उब्जाउ हुने जनाएका छन् । गाँजा खेतीको राम्रो सम्भावना हुँदाहुँदै पनि विभिन्न प्रयोजनका लागि यसको प्रयोगको नियमन गर्नुपर्ने आवश्यकता छ ।

“गाँजालाई वैध बनाउन सबैभन्दा पहिलर हेम्पलाई खुल्ला गर्नुपर्छ । यसबाट विभिन्न व्यवसायिक उत्पादन गर्न सकिन्छ”, यसका अभियानकर्मि रबि प्रधानले साउथ एसिया चेकलाई बताए ।

तर अर्थशास्त्री विश्व पौडेलले भने पर्यटन क्षेत्रमा यस्को प्रयोग पहिल्यै भइसकेकोले यस्को व्यवसायिक सम्भावना हुनेमा शंका गरे । “यो ‌औषधि मुलक प्रयोजनका लागि उपयुक्त हुनसक्छ तर पर्यटन प्रवर्धन र मनोरञ्जनका लागि हैन,” उनले भने ।

के नेपालमा अहिले पनि अवैध रुपमा गाँजा खेती भइरहेको छ ?

पर्साको एक गाउँमा गाँजा खेती नष्ट गर्दै प्रहरी                               तस्बिर: सुरेश बिडारी

नेपालमा घर आँगन, खेतबारी सबैतिर गाँजा आफै उम्रिने भएकोले यो प्रशस्त मात्रामा पाइन्छ । यसरी आफै उम्रेको गाँजाको प्रयोग तथा बेचबिखन समेत भइरहेको छ । कतिपयले अझै पनि व्यवसायिक गाँजा खेती भइरहेको छ । हरेक वर्ष विभिन्न जिल्लामा नेपाल प्रहरीले ठूलो मात्रामा गाँजा फडानी गर्ने गर्छ ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोबाट प्राप्त तथ्याङ्क अनुसार २०७३/०७४ मा करिब ४१३ बिगाहमा लगाइएको गाँजाको १७७६२ बोट नष्ट गरेइएको थियो । यसैगरी प्रहरीले २०७४/०७५ मा ५५९ बिगाहामा खेति गरिएको ९४६४ र २०७५/०७६ मा ४५७ बिगाहमा खेति गरिएको १९८४९२ बोट नष्ट गरेको थियो ।

गत मंसिरमा प्रकाशित ब्युरोको त्रैमासिक बुलेटिन अनुसार २०७५ पौषदेखि २०७६ असोजसम्म प्रहरीले ९६३३.५ के.जि गाँजा र २३९०.८ के.जि चरेस बरामद गरेको थियो ।

ग्राफिक्स श्रोत: लागूऔषध नियन्त्रण ब्युरो

( याे सामाग्री साउथएसियाचेकबाट साभार गरिएको हो)

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६  १९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सात उपसचिव बढुवाका लागि सिफारिस (सूची)
रास्वपा केन्द्रीय समिति बैठक १७ असोजमा, एजेन्डा खुलाइएन
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
सात उपसचिव बढुवाका लागि सिफारिस (सूची) बुधबार, असोज १४, २०८३
रास्वपा केन्द्रीय समिति बैठक १७ असोजमा, एजेन्डा खुलाइएन बुधबार, असोज १४, २०८३
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता बुधबार, असोज १४, २०८३
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ बिहीबार बुधबार, असोज १४, २०८३
आज बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्