काठमाडौं– एएफसी युथ–१६ च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपाल प्यालेस्टाइनसँग पराजित भएको छ।
छनोटबाट बाहिरिए पनि नेपालले प्रतिष्ठाको लागि खेलेको खेलमा २ – १ गोलको पराजय बेहोरेको हो।
नेपालका बृजेश चौधरीले खेल सुरु भएको १० मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । तर, २८ मिनेटमा मोहम्मद इजाजले गोल फर्काएर पहिलो हाफसम्ममा खेललाई १–१ को बराबरीमा ल्याएका थिए । इजाजले नै प्यालेस्टाइनका लागि ७५ मिनेटमा दोस्रो गोल गरे।
नेपालले अघिल्लो २ खेलमा पनि हार बेहोरेको थियो।
समूह ‘डी’ अन्तर्गत डिफेन्डिङ च्याम्पियन इराक छनोट भइसकेको छ । नेपाल र प्यालेस्टाइनबीच खेल हुनुअघि नै इराकले भारतलाई गोलरहित बराबरीमा रोकेपछि नेपाल छनोटबाट बाहिरिएको हो । इराक समूहमा ७ अंक बटुल्दै शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।