काठमाडौं- दक्षिण एसियाली सहयोग संगठन(सार्क)का नव नियुक्त महासचिव इसाला रुवान विराकुनले महासचिवको कार्यभार सम्हालेका छन्।
आइतबारदेखि लागू हुने गरी उनले मंगलबार नयाँ महासचिवको कार्यभार सम्हालेको सार्क सचिवालयले जनाएको छ।
काठमाडौंको ठमेलमा सार्क सचिवालय छ। विराकुन सार्कका चौथो महासचिव हुन्।
श्रीलंकाली कूटनीतिज्ञ विराकुनको नाम विदेशमन्त्रीस्तरीय बैठकले गत सेप्टेम्बरमा अनुमोदन गरेको थियो।
सार्कका वर्तमान महासचिव पाकिस्तानका अम्जद वि हुसेन सियालको पदावधी सकिएपछि विराकुन नयाँ जिम्मेवारीमा आएका हुन्।
तीनवर्षे कार्यकाल सम्हालेका उनी श्रीलंकाको परराष्ट्र मन्त्रालय तथा पर्यटन मन्त्रालयका पूर्वसचिव समेत रहेका थिए।
उनी भारतका लागि श्रीलंकाको राजदूत पनि भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।