काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यलाभको कामना गरेका छन्।
शाहले पशुपतिभक्त महर्जनमार्फत् प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको सन्देश पठाएका हुन्।
महर्जन ज्ञानेन्द्रको सन्देश लिएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर फर्किएका छन्।
दोस्रोपटक मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबारदेखि शिक्षण अस्पतालमा भर्ना भएका छन्।
उनको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिएको छ।
यसैबीच, नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि अस्पताल पुगेर प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।