काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
सभापति देउवाले मिर्गौला पुनःप्रत्यारोपणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका हुन्।
'प्रधानमन्त्री एवं मेरा मित्र केपी शर्मा ओलीजीको मिर्गौलाको सफल प्रत्यारोपणको शुभकामना व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु', सभापति देउवाले भने।
यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।