• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर ५, २०८२ Fri, Nov 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण 'वैध' कि 'अवैध'? पहिलो पटक प्रधानमन्त्री हुँदा संशोधन भएको थियो कानुन

मानव अङग प्रत्यारोपण ऐनले परिवार र नातेदारको मात्र अंग खोज्दैन
64x64
केपी ढुंगाना सोमबार, फागुन १९, २०७६  २३:५५
1140x725
मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल जान लागेका प्रधानमन्त्री। तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं– मिर्गौला प्रत्यारोपणका लागि आवश्यक पर्ने नाता प्रमाणित प्रमाणपत्रमा उल्लेख भएअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला  दिन तयार समीक्षा संग्रौला (ज्ञवाली) उनको भाञ्जी हुन्। 

तर खुुलेको सम्बन्ध अनुसार साख्खे नभई प्रधानमन्त्री ओलीका काकाको छोराकी भाञ्जी हुन् समीक्षा। समीक्षाकी आमा मुना संग्रौला प्रधानमन्त्री ओलीकी आफ्नै बहिनी नभएर काकाकी छोरी हुन्। 

प्रधानमन्त्रीका काकाका छोरा हुन् तारा ओली। ताराकी श्रीमती अञ्जान घिमिरेले १२ वर्षअघि प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी थिइन्।

तारा र अञ्जानकी भाञ्जी हुन् समीक्षा। यसरी नाता लगाउँदा मिर्गौला दाता समीक्षा प्रधानमन्त्री ओलीकी भाञ्जी त पर्छिन् तर मानव अङग प्रत्यारोपणले नातेदार भनेर गरेको परिभाषाभित्र पर्दिनन्।

यही विवरणका आधारमा सोमबार दिनभर समीक्षाबाट प्रधानमन्त्री ओलीले लिन लागेको मिर्गौला वैध कि अवैध भन्ने बहस चल्यो। ऐनको दफा, उपदफाको व्याख्याका आधारमा भाञ्जी नाता पर्नेबाट मिर्गौला दान लिनु गैरकानुनी देखियो। 

प्रत्यारोपण गैरकानुनी हो त?

मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल जानुअघि बालुवाटारमा सामूहिक तस्बिर खिचाउँदै प्रधानमन्त्री ओली। तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

Ncell 2
Ncell 2

नेपालमा मिर्गौला प्रत्यारोपणसम्बन्धी कानुन मानव शरीरको अङग प्रत्यारोपण( नियमन तथा निषेध) ऐन २०५५  मा भएको संशोधनले परिवार र नातेदारलाई खुकुलो बनाएको देखिन्छ। 

२०७२ फागुन १३ गते ऐनमा पहिलो संशोधनमा अङ्ग दान दिने व्यवस्था परिमार्जन तथा थप गरिएको छ। जसमा नजिकको नातेदारको दायरा बढाइयो। तर सो दायरा पनि ओलीको हकमा सहयोगी देेेखिन्न।

२०७२ मा ऐनमा भएको पहिलो संशोधनमा दफा १४ मा अर्को दफा '१४ क' थपियो। जसमा अङ्ग दान दिन सक्ने प्रावधान राखिएको थियो।

सो दफाको उपदफा (१)मा ‘देहायका व्यक्तिले बिरामीलाई आफ्नो अङ्ग दान दिन सक्ने' भनियो र यो उपदफामा खण्ड (क) र (ख) को प्रावधान राखियो।

खण्ड (क) मा परिभाषा खण्डमा राखिएकै प्रावधान राखियो- 'बिरामीको नजिकको नातेदारले अङग दान गर्न सक्ने। 

खण्ड (ख)ले  परिवारको सदस्य र नातेदार नपरे पनि अङ्गदान लिन पाउने कानुनी बाटो खोलिदियो। * तर यो भनेको अंग प्रत्यारोपण गर्नुपर्ने दुई परिवारबीच अंग साटफेर गर्नु हो। जसलाई पेयर एक्सचेन्ज भन्छन्।

परिवारका नजिकको सदस्यको मिर्गौलालगायत अंग आफन्तलाई नमिलेमा वा म्याच नभएमा अर्को बिरामीको नातेदारको अंग मिल्न गएमा आपसमा साटफेर गर्न सक्ने व्यवस्था यो ऐनमा छ ।

यसअन्तर्गत कुनै सदस्यलाई अंग प्रत्यारोपण गर्नुपर्ने अवस्थामा त्यस्ता परिवारका आफ्नो नजिकको नातेदार नमिली प्रत्यारोपण हुन नसक्ने अवस्था भएमा र त्यसरी प्रत्यारोपण गर्न खोजिएमा अंग अर्को परिवारको सदस्यसँग मिल्ने भएमा आपसी सहमतिका आधारमा लिखित रूपमा एकअर्काको परिवारका सदस्यले अंगदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

तर प्रधानमन्त्रीको हकमा यो व्यवस्था पनि आकर्षित भएको देखिँदैन। * किनभने यहाँ मिर्गौला लिने र दिने एक-एक जना मात्र छन्।यो व्यवस्थामा मिर्गौला फेल भएका दुई परिवारको आपसमा अंग म्याच भएमा साटेर प्रत्यारोपण गर्न मात्र मिल्छ। आफन्तसँग अंग नमिल्ने तर अर्को बिरामीसँग मिल्नेको हकमा यो व्यवस्था गरिएको हो। एकल हैन।

मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल जानुअघि बालुवाटारमा बुबासँग आशिर्वाद लिँदै प्रधानमन्त्री ओली। तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

पेयर एक्सचेन्जका लागि गरिएको व्यवस्थाको उक्त खण्डमा कुनै नातेदार र नजिकको नातेदारको बाध्यकारी व्यवस्था छैन। 

ऐनको दफा १४ 'क' को उपदफा १ को खण्ड (ख)मा भनिएको छ, 'दुई वा दुईभन्दा बढी परिवारका कुनै सदस्यलाई अङ्ग प्रत्यारोपण गर्नु पर्ने अवस्थामा त्यस्ता परिवारका आफ्नो नजिकको नातेदारको अङ्ग नमिली प्रत्यारोपण हुन नसक्ने अवस्था भएमा र त्यसरी प्रत्यारोपण गर्न खोजिएको अङ्ग अर्को परिवारको सदस्यसँग मिल्ने भएमा आपसी सहमतिका आधारमा लिखित रूपमा एक अर्काको परिवारको सदस्यले’ अङ्ग दान गर्न मिल्ने उल्लेख छ।

२०७२ फागुन १३ मा पहिलो संशोधनमा थप गरिएको दफा '१४ क.' लगायतमा भएको व्यवस्था। 

सो दफाले परिवार मात्र उल्लेख गरिएको नाता सम्बन्धबारे केही उल्लेख नगरिएकाले अङ्ग दान लिन/दिन नातेदार र नजिकको नातेदार नै हुनुपर्ने बाध्यकारी कानुनी बाटो भने खुकुलो बनायो।

थपिएको दफामा मानव अंग दिने र लिने दुवै परिवारका सदस्य राजी भएको अवस्थामा ‘ अङ्ग दान दिने वा अङ्ग ग्रहण गर्न चाहने व्यक्तिले सो व्यहोरा खोली स्वीकृतिको लागि तोकिए बमोजिमको समितिसमक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिएपछि जाँचबुझ गर्दा मनासिब देखिएमा समितिले सम्बन्धित व्यक्तिहरुलाई अङ्ग दान वा अङ्ग ग्रहण गर्न स्वीकृति दिन सक्ने’ प्रावधान छ।

नेपाल कानुन आयोग, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा रहेको सो ऐनमा सोही व्यहोरा उल्लेख गरिएको छ। दुवै ऐनमा सो ऐन पहिलो पटक संशोधन गरिएको उल्लेख छ। मन्त्रालयमा राखिएको ऐनको पिडिएफ फाइलमा २०७५ मंसिरसम्म भएका संशोधनसहित समावेश रहेको उल्लेख छ। 

कानुन आयोगमा रहेको मानव अङग प्रत्यारोपणसम्बन्धी ऐनको पिडिएफमा पहिलो पटक संशोधन मिति २०७२ फागुन १३ उल्लेख छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्यसम्बन्धी ऐनहरूको संगालोमा रहेको सोही ऐनमा भने सो दफा अझेै थप गरिएको छैन। 

ऐनको पुरानो व्यवस्था। धेरैजसो सरकारी निकायमा यही व्यवस्था भएको पुरानो ऐन नै कार्यान्वयनमा रहेको भन्दै समावेश गरिएको छ। 

स्वास्थ्य सेवा विभागमा राखिएको कानुनको संगालोमा रहेको मानव अंग प्रत्यारोपण सम्बन्धी ऐन २०५५ मा दफा १४ मात्र छ।

यो ऐनमा ‘ अङ्ग झिक्न तथा प्रत्यारोपण गर्न सकिने भन्दै ‘यस ऐनमा लेखिएका अन्य व्यवस्थाहरूको अधीनमा रही आधुनिक चिकित्सा प्रणाली अनुसार व्यवस्थित रुपमा रोगको उपचार गर्ने प्रयोजनको लागि मात्र मानव शरीरबाट अङग झिक्न र एक मानव शरीरबाट अङग झिकी अर्को मानव शरीरमा प्रत्यारोपण गर्न सकिनेछ’भनी उल्लेख छ।

असम्बन्धित परिच्छेदमा व्यवस्था
प्रधानमन्त्री ओली पहिलो पटक प्रधानमन्त्री भएपछि मानव अङग प्रत्यारोपणसम्बन्धी ऐनमा संशोधन गरेर दुई परिवारले चाहेको अवस्थामा मिर्गौला दिन-लिन मिल्ने कानुनी प्रावधान गरिएको थियो।

ओली २०७२ असोज २५ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। २०७२ फागुन १३ मा ऐन संशोधन भएको थियो।

कसले अङ्ग दान गर्न पाउने अनि कसले अङग लिन पाउने भन्ने व्यवस्था ऐनको माथिल्लो परिच्छेदमै गरियो। थप चेै तल्लो परिच्छेेेदमा राखियो।

ऐनको परिच्छेद १ को दफा २ मा रहेको परिभाषा खण्डमा दाता, नातेदार र नजिकको नातेदार भनी परिभाषित गरिएको छ।

त्यहाँ  दाता भन्नाले अङ्ग दान गर्ने व्यक्ति सम्झनु पर्ने उल्लेख छ। परिवारको सदस्य  भन्नाले ‘ पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपूत्री, दाजु, भाई, दिदी, बहिनी, बाजे, बज्यै, नाती, नातिनी, सासु र ससुरा’सम्झनु पर्ने उल्लेख छ।

सोही खण्डमा नजिकको नातेदारको परिभाषा गर्दै ‘अङग ग्रहण गर्ने व्यक्तिको पति, पत्नी, छोरा, छोरी, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र, वा धर्मपुत्री राख्ने बाबु आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबुबा, सानीआमा, भतिज, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फूपू, फूपाजु, आमाजू, भदा, भदौ, भिनाजु, ज्वाईं र जेठान’ सम्झनुपर्ने उल्लेख छ।

तर संशोधनमा दुई परिवारबीच सहमति भएमा अंगदान गर्न पाउने उल्लेख गरे पनि संशोधन गर्दा परिवारको कानुनी परिभाषा गरिएको छैन। जसले थप कानुनी परिभाषा भने खोज्छ नै। 

यो प्रावधान पनि परिच्छेद ४ मा अङ्ग प्रत्यारोपण सम्बन्धी क्रियाकलाप खण्डमा लगेर राखिएको छ।

दिनभरको बहस :‘अवैध हो’
पहिलो पटक प्रत्यारोपण गरेको मृगौलाले काम गर्न छाडेपछि दोस्रो पटक मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पताल महाराजगञ्ज पुगिसकेका छन्।

मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री ओली। तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

प्रत्यारोपण अगाडि चिकित्सकीय तयारीका लागि अस्पताल भर्ना हुनुपर्ने नियमअनुसार प्रधानमन्त्री ओलीले देशवासीलाई ‘ मेरो स्वास्थ्यको बारेमा चिन्ता गर्नुपर्दैन, जागृत हुँदै गरेका सपना अलपत्र पारेर म अलप हुन्नँ’ भन्ने भिडियो सन्देश छाडेर उनी अस्पताल पुगेका थिए।

बिहानै अङ्गदान दिनेको परिचय नखुलाई नाता मात्र खुलाएर समाचार प्रकाशित भएपछि दाता परिवारको सदस्य र नातेदारको परिभाषामा नपरेपछि प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण वैध कि अवैध भन्ने विषयमा बहस चलिरह्यो। र बहस जारी नै छ।  

प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने युवती को हुन्?
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने युवती दिउँसो सोमबार ३ बजेतिरै त्रिवि शिक्षण अस्पताल पुगिसकेकी थिइन्। सोमबार मृगौला दाता र मृगौला लिने व्यक्तिको नाता सम्बन्धबारे वडा कार्यालयदेखि प्रमाणित भएको कागजपत्रको फाइल आइसकेको थियो। जसमा उनी प्रधानमन्त्री ओलीको भाञ्जी लेखिएको थियो। 

प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्न लागेकी समीक्षा त्रिवि शिक्षण अस्पताल परिसरमा । तस्बिर : निमेषजंग राई/नेपाल लाइभ

स्रोतका अनुसार सोमबार दिउँसोसम्म पनि समितिले मृगौला प्रत्यारोपणको स्विकृति भने गरिसकेको थिएन।

प्रधानमन्त्री ओलीकी श्रीमती राधिका शाक्य हुन्। ओली पहिलोपटक प्रधानमन्त्री हुँदा रातोपाटीले प्रकाशन गरेको उनको जीवनीअनुसार उनका भाइ हुन् जयप्रसाद ओली। अनि बुहारी इन्दिरा ओली। उनका दिदीबहिनी ३ जना छन् विष्णुमाया, कौशिला र राजु।

मृगौला दाताका रूपमा सार्वजनिक भएकी समीक्षाको नाता भाई र दिदीबहिनीबाट जोडिएको देखिन्न। समीक्षाकी आमा मुना संग्रौला प्रधानमन्त्री ओलीकी आफ्नै बहिनी नभई काकाकी छोरी हुन्। 

प्रधानमन्त्री ओलीका काकाका छोरा तारा ओली हुन्। ताराकी श्रीमती अञ्जान घिमिरेले १२ वर्षअघि ओलीलाई मिर्गौला दिएकी थिइन्। तारा र अञ्जानकी भाञ्जी हुन् समीक्षा। यसरी नाता लगाउँदा मिर्गौला दाता प्रधानमन्त्री ओलीकी भाञ्जी त भइन् त साख्खे भान्जी होइनन् भन्ने देखिन्छ।

*संशोधन गरिएको

प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  २३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
केपी ढुंगाना
विगत १८ वर्षदेखि पत्रकारितामा संलग्न ढुंगाना नेपाल लाइभका सम्पादक हुन्। सुरक्षा विषयमा विशेष रुचि राख्ने उनको 'ओपन सेक्रेट' नामक पुस्तक प्रकाशित छ। ढुंगाना यसअघि शुक्रबार साप्ताहिकका सम्पादक थिए। अनलाइन पत्रकार संघका संस्थापक अध्यक्षसमेत रहेका ढुंगानाले कान्तिपुर, नागरिक, नयाँ पत्रिका र राजधानी दैनिकमा काम गरिसकेका छन्।
लेखकबाट थप
ललितपुरमा शुक्रबार कर्फ्यू
विद्या भण्डारी राष्ट्रपति हुन् कि नेकपा नेता?
सीमा विवाद बढेसँगै नेपाल र भारतका ह्याकरबीच साइट ह्याक गर्ने प्रतिस्पर्धा, सुरक्षा निकाय रमिते
सम्बन्धित सामग्री
देश र जनताको सुरक्षा नेशनल भोलेन्टियर फोर्सले गर्छ : केपी ओली ओलीले भने,‘एमालेप्रति विमति राख्ने अथवा खुदै यो संगठनप्रति असहमति राख्नेहरूको पनि जीउधन र अधिकारको रक्षा गर्न यो गठन भएको हो। त्यसका... शुक्रबार, मंसिर ५, २०८२
‘नेसनल भोलेन्टियर फोर्स’ गठन, कमान्डरमा पुष्पराज श्रेष्ठ काठमाडौँको माइतीघरमा आयोजित कार्यक्रममा एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको ११ सदस्यीय केन्द्रीय कमान्ड... शुक्रबार, मंसिर ५, २०८२
सरकार, जेनजी र दललाई संयमित हुन नागरिक समूहको आग्रह नागरिक समूहका अध्यक्ष विष्णुहरि दाहालले विज्ञप्ति निकालेर संयमित हुन अपलि गरेका हुन् । विज्ञप्तिमा राजनीतिक स्थायित्व र फागुन २१ गते... शुक्रबार, मंसिर ५, २०८२
ताजा समाचारसबै
देश र जनताको सुरक्षा नेशनल भोलेन्टियर फोर्सले गर्छ : केपी ओली शुक्रबार, मंसिर ५, २०८२
कोशी प्रदेशमा ४२ हिमताल उच्च जोखिममा शुक्रबार, मंसिर ५, २०८२
‘नेसनल भोलेन्टियर फोर्स’ गठन, कमान्डरमा पुष्पराज श्रेष्ठ शुक्रबार, मंसिर ५, २०८२
जेन–जी युवालाई साथ दिन सिमरातर्फ लागे सुधन शुक्रबार, मंसिर ५, २०८२
पाकिस्तानको रासायनिक कारखानामा विस्फोट, १२ जनाको मृत्यु शुक्रबार, मंसिर ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सिमरा अपडेट : जेनजी प्रदर्शनकारी र प्रहरीबीच झडप, फेरि कर्फ्यू आदेश जारी बिहीबार, मंसिर ४, २०८२
जेन–जी युवालाई साथ दिन सिमरातर्फ लागे सुधन शुक्रबार, मंसिर ५, २०८२
बन्चरेडाँडा ल्यान्डफिल साइटकाे अवरोध हट्याे, जुट्यो सहमति बिहीबार, मंसिर ४, २०८२
नक्कली बिल बनाएर भ्रष्टाचार, कार्यालय प्रमुखसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्