काठमाडौं– बहाराइन जान लागेका ३० नेपालीलाई संयुक्त अबर इमिरेट्स (युएई)बाट नेपाल फिर्ता गरिएको छ।
युइएईलाई ‘ट्रान्जिट’ पारेर रोजगारीको सिलसिलामा बहराइन जान लागेका उनीहरुलाई त्यहाँ अवतरण गर्न नदिइएपछि नेपाल फर्काइएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
बढ्दो कोरोना भाइरसको संक्रणका कारण युएईले अन्तर्राष्ट्रिय उडानलाई अवतरणमा रोक लगाएपछि नेपालीहरु पनि गन्तव्यमै नपुगी नेपाल फर्किनु परेको हो।
उनीहरुलाई काठमाडौं फर्काइएको मन्त्री ज्ञवालीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।