काठमाडौं–पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा आफूमाथि झूठो आरोप लगाइएको भन्दै अदालत पुगेका छन्।
सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिसन ‘डिल’ गरेको अडियो बाहिरिएपछि उनले फागुन ९ मा राजीनामा दिएका थिए। उनले शुक्रबार अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध शुक्रबार जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जति मुद्दा दर्ता गरेका हुन्।


७० करोड घुसमा डिल गरेको अडियो बाहिरिएपछि बाँस्कोटाले नैतिकताको आधार जनाउँदै राजीनामा दिएका थिए। बाँस्कोटाले आफ्नो प्रतिनिधिमार्फत् मुद्दा दर्ता गराएका हुन्। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।