• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

भन्ठान्या

64x64
नेपाल लाइभ शनिबार, फागुन १०, २०७६  ०७:२९
1140x725

एकाबिहानै पसल नकुदे चिया खान नपाइने सिग्नल पाइयो। गोजी छामछुम पार्दै पसल कुदियो र श्रीमती रिझाउने अवसर ठानेर किनियो चियापत्तिको ठूलै पोका। घर पुगेर उनको खुसीको ग्राफ उच्च पारौंला भनेको त के हुन्थ्यो?
चियाको पोको झटारो हान्दै जवाफ आयो, ‘चियापत्ति त छँदै थियो नि, चिनी पो सिध्या हो त!’

मेरो स्वभाविक उत्तर थियो, ‘ए मैले त चियापत्ति पो चाहिया भन्ठान्या !’ ‘भन्ठान्या’ ले दिनको बोनी नै चौपट।

 खाना खाँदा यसको हिसाब फच्चे गर्नु पर्‍यो भन्ने लागेर मैले पनि भनिदिए– आज तरकारी किन यति पिरो ?

‘ए एउटामात्र खुर्सानी फुराएँ भन्ठान्या तीनटा पर्‍यो कि के हो?’ उनले पनि भन्ठान्यामै हिसाब फच्चे गरिदिइन्। 

सधैं कालो जुत्तामा स्कुल जाने छोरी धमाधम सेतो जुत्ता खोज्दै रै’छे। उसकी ममीले भनिन्, ‘किन आज सेतो जुत्ता चाहियो र आज त बिहीबार हो नि, कालै जुत्ताको पालो हैन र?’ छोरीले भनी, ‘ए मैले त आज शुक्रबार पो भन्ठान्या।’
छोरी स्कुल गई, लुगा लगाउने पालो आफ्नो आयो। हेर्छु, हिजो धोएको लुगाजति सबै खुजमुज। श्रीमतीलाई केही भनिहाल्न पनि चियापत्ति काण्डले आजको कोटा सिद्धिसकेको थियो। मैले नि खुला भाषणमार्फत् उनलाई सुनाउँदै गएँ– सबै लुगा आइरन गरिसक्या भन्ठान्या, कस्तो आपत्! उनले पनि खुला भाषणमार्फत् नै उत्तर फर्काइन्–हिजो लगाको लुगा जस्ताको तस्तै झुण्डाएर राख्या होला भन्ठान्या, धुनेमा हाल्दिसक्या हो र? 

‘भन्ठान्या’को आक्रमणको निशाना फेरि मैतिर तेर्सियो।

जसोतसो एउटा प्यान्टलाई चार–पाँचचोटि पड्किने गरी झड्कालेर र हातैले तन्याकतुनुक पारेर काममा निक्लिन तयार भइयो। खोज्छु गाडीको साँचो छैन। सधैं राख्ने ठाउँमै राखें भन्ठान्या थिएँ, के भो? के भो? ल भैगो, जुन ड्राइभर लिन आउँछ, बसको वा टयाक्सीको। त्यसैसँग जान्छु भन्ठानेर जसोतसो निक्लिएँ। टयाक्सी त सजिलै पाइएला भन्ठान्या, फेरि कुरो चौपट। एउटा चिनेको ड्राइभरलाई फोन लगाएँ, भन्यो–‘दाइ पाँचै मिनेटमा आइपुग्छु।’

कुर्छु–कुर्छु २० मिनेटमा पनि नआइपुगेपछि फेरि फोन गर्छु त भन्छ, ‘दाइ म तपाईकै घर अगाडि छु कत्तिबेर कुराको? मैले त तपाईं अघि नै बाटोमा आइपुगिसक्नु भो भन्ठान्या’। वरपर हेर्छु–कतै देख्दिनँ त। फेरि फोन लगाएँ–भाइ म जोरपाटी चामुण्डा गेटकै अघिल्तिर छु त। भन्छ–‘ज्या, म त तपाईं रातोपुलको दाइ भन्ठानेर त्यता पो लागें त। उफ्! यो भन्ठान्याले आज साह्रै सतायो। मेरो जीवनको क्यालेन्डरमा आजको दिनलाई ‘भन्ठान्या दिवस’ घोषणा गर्नुपर्ला जस्तो छ भनेर मनमा कुराको जाँतो घुमाउँदै अगाडि रोकिराखेको बसमा डण्डी समातेर लागियो कामतिर।

Ncell 2
Ncell 2
nimb
nimb

उता अफिस आधा घण्टा ढिलो पुग्दा ‘भन्ठान्या भुत’ले घेरा हालिसकेछ। कुरो के परेछ भने हाकिमले पियनलाई सोधेछन्–शाखा प्रमुख आइपुग्नु भो? उसले फ्याट्टै भनिदियो– दश बजे नै आइपुिगसक्नुभो सर। उसोभए यता मिटिङलाई बोलाउनुस् त। 

आउँछ, हेर्छ, देख्दैन। रिपोर्ट लान्छ–सर वहाँ आइपुिगसक्नुभो भन्ठान्या त हैन रैछ।’ हाकिमले पियनलाई डज मारे–भन्ठान्याको फेरो समातेर यस्तो सेन्सिटिभ अफिसमा सुख पाइन्छ? तपाईंको आजको तलब आएन भन्ठान्नुस्।’ पियनले पनि टाउको कनाउँदै फ्याट्ट जवाफ फर्काइदिए– सर हजुरले सचिव र मन्त्रिज्यूलाई ‘भन्ठान्या’ भन्दै कतिचोटी के–केमा कुरो घुमाउनु भो भनेर मलाई थाहा छैन भन्ठान्या होला। 

हाकिमले ब्यालेन्स मिलाइहाले, ‘लौ भैगो मैले तपाईंलाई त्यस्तो केही भन्ठान्या छैन भन्ठानेर बस्नुस्। म पुग्दा दुवैजना मुखामुख गर्दै रैछन–‘सोचें मलाईं के भन्ठाने होलान्? तर हाकिमले नै बचाउ गरिदिए–माडसाब आज तपाईंलाई केही न केही पर्‍याछ भन्ठानेर हामी यसो कुरा गरी रा।' 

बुझ्नुभो सर, यो ‘भन्ठान्या’ले पीडित नभा कोही मान्छे नपाइने रैछ। मलाई चैँ ‘भन्ठान्या’भन्ने चिज चिप्लेटीजस्तै लाग्यो। एक छिनको लागि सर्रर बाटो खुलेजस्तो हुने, अझ उल्टै मजा पनि  आउने तर नजानिँदो ढंगले तल खसेको पत्तै नहुने। 

Xtrem

Xtrem

‘हो रैछ सर, एकचोटि पाँच जनाको टोली घुम्न जान हिडेकोमा ‘भन्ठान्या’को भुलभुलैयाले जम्मा चार जना पो भइयो। ड्राइभरले भन्ठानेछ, ऊसमेत पाँच जना हो, चारजनालाई उठाएपछि ऊ ढुक्क भइगो। मैले भन्ठानें तिनकुनेमा चढ्ने भनेको साथी शंखमुलवाट पो चढ्ने रैछ। शंखमुलमा चढेको साथीले भन्ठानेछन्, तिनकुनेमा चढ्ने भन्ठानेको साथी अन्तबाट चढिसकेछन्।  अर्को साथीले भन्ठानेछ कि, को–को कहाँ–कहाँबाट चढ्ने भन्ने त ड्राइभरलाई थाहा भइहाल्छ।

 ल हेर्नुस् ‘भन्ठान्या’को साइडइफेक्ट कत्रो हुँदो रहेछ! ए छाडिदिनुस् सर, आफूलाई त ‘भन्ठान्या’को भुतले कति वितण्डा मच्चाको छ, कति। एउटा फिल्म चलेको भन्ठानेर एउटा हलमा गयो, जाँदा फिल्म नै अर्को। हुँदा–हुँदा, एकचोटि त अंग्रेजीको जाँच भन्ठानेर रातभर त्यसैको ग्रामर रटेर गा’को, प्रश्न हेर्दा झण्डै बेहोस। जाँच त त्यस दिन नेपालीको पो रैछ। उल्टै, अबदेखि अंग्रेजीले पनि राष्ट्रियता मनाएर नेपालीमा प्रश्न पाउन थालेछ भन्ठानेँ एकछिन त। 

गफको वातावरण ‘भन्ठान्या’लाई केन्द्रबिन्दु वनाएर निकै रोचक हुँदै गएको मौका छोप्दै पियनले पनि थपे–सर चियापत्ति भन्ठानेर लप्सीको बोक्राको धुलो चियामा हालिएन कि, गर्लफ्रेण्डको फोन भन्ठानेर अर्कै केटीलाई कस्ता–कस्ता कुरा बोलिएन कि। कुराको उडान धेरै हाइटमा नजाओस् र कुरोले बौद्धिकताको फ्युल हालोस् भनेर होला, हाकिमले कुरोको स्टेयरिङ अलि घुमाउँदै थपे- मेरो विचारमा ‘भन्ठान्या’पनि दुई टाइपको हुँदो रैछ। एउटाचाहिँ सक्कली ‘भन्ठान्या’र अर्कोचाहिँ नक्कली ‘भन्ठान्या’। 

पहिलोवालामा ती भन्ठान्नेहरूले साँच्चिकै भन्ठान्या हुन्छन् र भन्ठान्याको हावा भरेर कुरोको वेलुन उडाइदिन्छन्। ती जेन्युन भन्ठान्यावाला हुन्। तिनकाचाहिँ तर्क र तथ्यको डोज नपुग्ने नै हो, मनमा कुचेष्टाको क्यालकुलेटर नथिच्दै तिनका कुरा ओठवाट प्रसारणमा आइसक्छ। ती नक्कली भन्ठान्यावाला भने भन्ठान्या शब्द चलाएर आफ्नो धुत्र्याइँको ढाकछोप गर्न खप्पिस हुन्छन्। कोही–कोही त जानाजान छलछाम गरेर आफ्नो सेफ ल्याण्डिङ नै ‘ए मैले त त्यस्तो भन्ठान्या’ भनेर सिधै जिब्रोको टेप रेकर्डर अन गरिदिन्छन्। 

हाकिमका कुरा मनासिब त थिए नै, त्यसमाथि हाकिम खुसी पार्ने मौका पनि यही हो भनेझैं गरी हामी दुवैले एकै सासमा भनिदियौं, ‘हो माडसाव हो, हजुरको कुरा सोह्रै आना सही हो।’ झन महिना मरेर तलबका लागि सही गर्ने छेको पारेर हाकिम रिझाउनुपर्छ भनेर मनले दुईचार कुरो थप्ने अर्डर दियो मुखलाई। सुन्नुभो माडसाब, हाम्रो समाज यही ‘भन्ठान्यावाद’को उन्मादमा चुर्लुम्मै डुब्या छ। 

जो पनि यही भन्ठान्याको नक्सा खोलेर कुद्याछन्, भन्ठान्याकै बिटमा नाँच्या छन्, भन्ठान्याकै कलमले लेख्याछन्, भन्ठान्यामै टेकेर योजना बुन्याछन्। त्यस्ता मान्छेले खाना पनि खाइसकें भन्ठाने भने के होला? लुगा पनि लाइसकें भन्ठाने भने के होला ? सोच्नुस् त माडसाब, डाक्टरले एउटा भन्ठानेर अर्कै बिरामी अपरेसन गरे के होला ? नर्सले एउटा भन्ठानेर अर्कै बिरामीलाई सुई लगाए के होला? ड्राइभरले पूर्व लाग्या भन्ठानेर पश्चिम हुइँके के होला? उत्तम भन्नु पर्नेमा ‘उ’लाई ‘ख’ भन्ठानेर खत्तम भने के होला? 

ल सर कुरो टुंग्याउँ अब, भन्ठान्याको कुरो तन्कायो भने त एउटा छुट्टै सप्ताह नै लगाउनु पर्ने देखियो। माडसाबले सायद आफ्नो निचोड राख्न चाहे क्यार। उसोभए ‘सुखी नेपाली, समृद्ध नेपाल’को गियर लगाउने हो भने समाजबाट र सबैको दिमागबाट सबभन्दा पहिला यो ‘भन्ठान्या भुत’ धपाउनु पर्‍यो र त्यो भन्दा गाँठी कुरा सबको मनको शब्दकोष र जिब्रोको रेडियोबाट यो भन्ठान्या शब्दलाई डिलिट नै हानिदिनु पर्‍यो। बरु डिलिट हुनु अगाडि नै भन्ठान्याको अन्तिम प्रयोग गरौं। तर्कवाद- जिन्दावाद! भन्ठान्यावाद-मुर्दावाद!!

प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  ०७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्