• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

चिनियाँ नीतिले खराब बनाएको कोरोना भाइरसको प्रकोप

64x64
नेपाल लाइभ बुधबार, फागुन ७, २०७६  १६:१७
1140x725

चिनियाँ राष्ट्रपति सी चिनफिङले ८ वर्षदेखि उनको देशको शासन प्रणाली अन्य विकासशील देशका लागि अनुकरणयोग्य ‘ग्रान्ड मोडेल’ भन्दै बाजा बजाइरहेका छन्। दुविधा छैन कि चीनले यो कालखण्डमा असामान्य आर्थिक सुधार गरेको छ, जसबाट चीनभित्र र बाहिरका कराेडौंले लाभ लिएका छन्। तर यसबीचमा नोबल कोरोना भाइरसको व्यापक संक्रमणमा चीनले आफ्नो देशको सरकारको तानाशाही चरित्रका कारण ठूलो मूल्य पनि चुकाएको छ। 

दुई महिनामा यो नयाँ भाइरस चीनभरि र चीनबाहिर पनि फैलिएको छ। हालसम्म (लेख प्रकाशित भएको मिति- १७ फेब्रुअरी) ६० हजार मानिस संक्रमित भएको र झण्डै १४ सयले यही भाइरसका कारण ज्यान गुमाइसकेको तथ्याङ्क छ। तर यो संख्याले भाइरस संक्रमणको वास्तविक फैलावट र प्रभावलाई ढाकछोप गरिएको देखाउँछ। चीनभित्र संक्रमितको संख्या चिनियाँ संचारमाध्यमले भनेको भन्दा निकै धेरै छ भन्ने देखिन्छ भने अफ्रिका, मध्यपूर्व र दक्षिण अमेरिकामा कमजोर स्वास्थ्य संयन्त्रका कारण ती क्षेत्रमा फैलिएको संक्रमणका बारेमा सूचना नै आइरहेका छैनन्।

संगठित कार्ययोजनाले यो नयाँ भाइरसको संक्रमण फैलिनबाट रोक्न सकिन्थ्यो, तर त्यसो भएन। त्यसो गर्नुको साटो चीनले गोप्यता र अकर्मण्यताको बाटो समायो, जसका कारण संक्रमणले महामारीको रुप लिएको यथार्थ हो । 

निमोनियाजस्तो लाग्ने यो रोग १ करोड ११ लाख मानिस भएको औद्योगिक शहर वुहानमा पहिलोपटक डिसेम्बरको सुरुमा भेटिएको थियो। सोही महिनाको अन्त्यसम्ममा वुहानका चिकित्सक र स्वास्थ्यकर्मीहरुले सन् २००२–२००३ मा ८ सय जनाको ज्यान लिएको सार्स रोगको जस्तै लक्षण भएका बिरामीको संख्यामा व्यापक वृद्धि भएको देखे। बिरामीहरुलाई क्वारेन्टाइनमा राखियो, तर वुहान स्वास्थ्य आयोगले आत्तिनुपर्ने कुनै कारण नभएको व्यहोराको सार्वजनिक सूचना प्रवाह गर्‍यो। वुहानको एक जिउँदा जन्तुको बजारबाट संक्रमण सुरु भएको फेला पारियो जुन बजार जनवरी १ मा बन्द गराइयो। त्यसको दुई दिनपछि कोरोना भाइरसको अनुवांशिक उत्पत्तिक्रम पत्ता लाग्यो । 

सरकारी सूचनाहरुले यो संक्रमण मानिसहरुमा फैलिने कुनै सम्भावना नरहेको बताइरहे र प्रशासनले सामाजिक सञ्जालमा सुरु भएका आशंकालाई राम्रैसँग दबायो । 

एउटा उल्लेखनीय घटनामा डा. वी वेनलियाङले आफ्ना सहकर्मीहरुलाई सार्सको जस्तै लक्षण भेटिएका आफ्ना बिरामीलाई क्वारेन्टाइनमा राखिएको जानकारीसहितको विच्याटमा पठाएको सन्देशलाई प्रशासनले खारेजमात्र गरेन, मनोगत र झूठो प्रचार गरेको तथा सामाजिक मर्यादामा खलल पुर्‍याउने गैरकानुनी काम गरेको आरोप लगायो। ती डाक्टर आफैं पछि कोरोनाबाट संक्रमित भए र उपचारका क्रममा उनको मृत्यु भयो। 

संक्रमण फेला परेको महिनौंसम्म पनि चिनियाँ प्रशासनले यसबारेमा विश्व स्वास्थ्य संगठनलाई बताएन। जसबाट यो भाइरसविरुद्ध गर्न सकिने संगठित प्रयास, यसबारेको अनुसन्धान, संक्रमणलाई न्यूनीकरण गर्न सकिने सम्भावना तथा संक्रमणकारी रोगका विश्वभरका विशेषज्ञहरुले गर्न सक्ने कामलाई निकै पछाडिसम्म धकेलिदियो। जनवरी २ देखि १८ सम्म त झन् चीनले संक्रमणका नयाँ घटना सार्वजनिक गर्नै चाहेन र यसको तीव्र संक्रमणलाई अवमूल्यन गर्ने प्रयत्न गरिरह्यो। अस्पतालमा संक्रमितहरुको भर्ना दर उच्च भइरहेकै बेला प्रशासकहरुले ४० हजार मानिसका लागि नयाँ वर्षको भोज नै आयोजना गरे। 

जब जनवरी २० उप्रान्त हुबेइ प्रान्तबाहिर पनि संक्रमितहरु देखिन थाले, बल्ल चिनियाँ प्रशासन सलबलायो र केही दिनमा ५ करोड मानिसको बसोबास रहेको हुबेइ प्रान्तलाई मानिसहरु आवतजावत पनि गर्न नपाउने गरि क्वारेन्टाइनमा राखिएको घोषणा भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

तर यो निकै ढिलो भइसकेको थियो। देशैभरि संक्रमण फैलिसकेको थियो र विश्वका अन्य क्षेत्रमा पनि संक्रमितहरु भेटिन थालिसकेका थिए। मध्यजनवरीमा फाट्टफुट्ट संक्रमित भेटिएकोमा वुहानमा नयाँ संक्रमितहरुको संख्या केही सातामै दशौं हजार र मृतकको संख्या सयौंमा आकाशियो। 

चिनियाँ प्रशासनले अवस्था गम्भीर भइसकेको बुझे। तर बेइजिङले विश्व स्वास्थ्य संगठनलाई अनुसन्धानका लागि चीन पस्ने अनुमति दिएन। साथै रोगको सामना गर्न अमेरिका र अन्य देशले पठाउन चाहेको विशेषज्ञ सहयोग लिन अस्वीकार गरिरह्‍यो।  

सर्वसत्तावादी राजनीतिक प्रणालीले आकस्मिक संकटको सामना गर्ने सवालमा सही तरिकाले काम गर्न सक्दैन, विशेषतः तीव्र स्थानीय अनुक्रिया आवश्यक पर्ने संक्रमणकारी रोगहरुको प्रकोपका बेला। उनीहरुले आफ्ना अधिकारीहरुको अधिकार र शक्ति नियन्त्रणमा राखेका हुन्छन्। माथिल्लो ओहदादेखि नै जति नियन्त्रण कायम रहन्छ, तल्लो तहबाट कामको सुरुवातको सम्भावना उत्तिकै कम रहन्छ । खतरा र जोखिमहरु अनदेखा छाडिन्छन् र जो बोल्छन्, उनीहरुलाई डा. लिलाई जस्तै तत्काल सजाय दिएर अरुलाई समेत तर्साउने काम गरिन्छ। 

जब संक्रामक रोगका प्रकोपको कुरा आउँछ, ‘टपडाउन अप्रोच’ असफल हुन्छ। वास्तवमा त्यस्तो अवस्थालाई उनीहरुले संक्रमण फैलिनबाट रोक्न सकिने हुँदाहुँदै काममा ढिलाइ गरिदिन्छन् र अवस्थालाई झन् खराब तुल्याइदिन्छन्। जब मानिसहरुलाई सशक्तिकरण गरिन्छ, तबमात्रै सकारात्मक अभियान सही समयमा सुरु हुन सक्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संयक्त राज्य अमेरिकाको वासिङ्गटनको स्नोहोमिस काउन्टीमा जब पहिलोपटक कोरोना भाइरसबाट संक्रमित भेटिए, त्यहाँका इपिडिमियोलोजिस्ट होलियान ब्रुसले रोग पुष्टिका लागि रोग नियन्त्रण तथा रोकथाम केन्द्रलाई पर्खेर बसेनन्। उनले संक्रमण फैलन नदिन तत्काल ती संक्रमितको सम्पर्कमा रहेका सबैलाई पहिचान गरे र उनीहरुलाई दुई सातासम्म अन्य मानिससँगको सम्पर्कबाट बाहिर रहन लगाए र परिणामतः संक्रमण फैलिएन पनि। 

निरंकुशतावादीहरु जिम्मेवारीबाट पन्छिन र दोषारोपण गर्न राम्रोसँग जान्दछन् । यसमा कुनै शंका छैन कि राष्ट्रपति सी हालको संकटका बेला प्राधिकारमा छन् र यसको सामना उनैले गर्नेछन् । तर चीनभित्र र बाहिरका मानिसहरले गोप्यता र नियन्त्रण घातक हुन सक्छ भन्ने कुरा बुझिसकेका छन् र चीनका नेताहरुले भन्ने गरेजस्तो त्यहाँको व्यवस्थाको प्रभावकारितामाथि प्रश्न गर्न सुरु गर्नेछन्। 

काेरिया हेराल्डमा १७ फेब्रुअरीमा 'चाइनाज सेक्रेसी ह्याज मेड काेराेना भाइरस क्राइसिस मच वाेर्स' शीर्षकमा द काठमाडाैं पाेस्टमा साभार गरिएकाे इभाे डाल्डरकाे टिप्पणीकाे भावानुवाद। सुरूमा याे टिप्पणी सिकागाे ट्रिब्युनमा प्रकाशित भएकाे थियाे।  इभो डाल्डार सिकागो काउन्सिल अन ग्लोबल अफेयर्सका अध्यक्ष हुन्। उनी नाटोका लागि पूर्वअमेरिकी दूतसमेत हुन्।

मूल तस्बिर साभार : सटरस्टक

काठमाडौं पोस्टमा प्रकाशित सामग्री 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १६:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्