• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

अब फेरि यस्तो नहोस्

टिम हारे पनि जितेका आशिष
64x64
सराेज तामाङ मंगलबार, फागुन ६, २०७६  १८:२४
1140x725

काठमाडौं- ‘राति निद्रा परेन। झुपक्क हुन खोज्दै झसङ्ग भएर ब्युँझिहाले। छटपटाउँदै सिरक ताने। आँखा टुलुटुलु घुमाए। सोचिरहे।’ सहिद स्मारक ‘ए’ डिभिजन लिगका सर्वाधिक गोलकर्ता आशिष लामाको रात यसरी बित्नुपर्ने त होइन, तर के गर्नु टिम पुछारतिर जो थियो। त्यसैले लिग अन्तिम चरणतिर पुग्दा आशिषको बैचैनीले निद्रा खोस्यो। 

गएको शनिबार सकिएको ए डिभिजन लिगमा १२औं स्थानमा रहेर एपिएफको यात्रा सकियो। एक समय त टिम रेलिगेसनमा नै पर्ने हो कि जस्तो डर बढिरहेको थियो। 

‘अब के हुन्छ? रेलिगेसनबाट बच्छ टिम? साथीभाइहरुले के भन्लान्?’ यस्ता अनेक तर्कनाले आशिषलाई पिरोलिरह्यो। त्यसैले हो उनी रातमा पनि निदाउन नसकेका। २४ वर्षका आशिष भन्छन्- ‘यस्तो तनाब र दबाब त मैले जिन्दगीमा कहिल्यै भोगेको थिइनँ।’ 

त्यस्तो बेचैनी बढेको लिगमा ११ चरणसम्मको खेल सकिँदा बढी थियो। जतिबेला एपिएफको एक खेलमा जित, दुई खेलमा बराबरी र आठ खेलमा हार ब्यहोर्दै पाँच अंक थियो। लिगको पुछारदेखि दोस्रो स्थानमा। पुछारमा रहेको सरस्वतीको चार अंक थियो।

अब बाँकी दुई खेलमा सरस्वती युथ क्लबले राम्रो नतिजा निकाले र एपिएफको नतिजा पुरानै दोहोरिए रेलिगेसन निश्चित। यस्तो बेला मैदानमा गोलको जादु देखाइरहेका आशिषलाई छटपटि त हुने नै भयो। 

लिगमा एपिएफको नतिजा खराब रह्यो। मैदानमा खेल राम्रो देखिए पनि नतिजा एपिएफको पक्षमा आइरहेको थिएन। ‘हाम्रो हार रोकिएन। एक दिन त च्यासल युथ क्लबसँग बराबरी खेल्दा पनि धेरै नै खुसी भएका थियौं’ आशिषले सुनाए। 

जितको खडेरीले नै हो बराबरीमा पनि खेलाडीहरु खुसी हुनुपरेको। तर औँसीको रातमा पनि चम्कने तारा भनेजस्तो आशिष भने लिगमा चम्किरहे। आफ्नो खेलले क्षमता देखाएर एक्लै भए पनि शिखरतर्फ बढिरहे। 

Ncell 2
Ncell 2
nimb
nimb

अन्तिम दुई खेलमध्ये फ्रेन्ड्स क्बलमाथि ५-२ गोलको जित र ब्रिगेड ब्वाइजसँग १-१ गोलको बराबरीले एपिएफ रेलिगेसनबाट जोगिएको थियो। आशिषलाई लागेको छटपटी पनि एक हिसाबले त्यतिबेला सकियो। तर टिमको प्रदर्शनले भने उनलाई पिरोली नै रह्यो। 

सर्वाधिक गोलकर्ता
मैदानमा फरवार्डको योजना र सपना के होला? गोल गर्न सकियोस्। आफ्नो गोलले टिमको जित होस्। त्यस्तै योजना र सपनासहित आशिष गोलमा बढिरहे पनि उनको टिम जितमा बढ्न भने सकेन। 

आशिषलाई आफ्नो गोलमा रमाउने मौका मिलेन। यो वर्षको लिग उनको लागि खुसीसँगै पीडा जोडिएर आयो। आफूले गरेको गोलको खुसी हारको पीडाले उडाइदियो। 

‘सुरुदेखि नै टिम हार्दै गएपछि कठिन अवस्थामा पुगेको थियो। तर पनि मैले हार खाइनँ। टिमको लागि गोल गर्नै पर्छ भन्दै मेहनत गरिरहेँ र गोल गर्दै गएँ तर टिम हार्दै गयो’, उनी भन्छन्।

Xtrem

Xtrem

आशिषले पहिलो तीन खेलमा गोल गर्न सकेनन्। जहाँ टिम मनाङसँग २-० गोलले हार्दा हिमालयन शेर्पासँग १-१ गोलको बराबरी र थ्रीस्टारसँग १-० गोलको हार ब्यहोरेको थियो। त्यसपछि सरस्वती युथ क्लबलाई २-१ गोलले स्तब्ध पार्दा दुबै गोल आशिषको थियो।

चौथो चरणमा आइपुग्दा मात्रै गोलको खाता खोलेका आशिषलाई सर्वाधिक गोलकर्ता बन्छु भन्ने लागेकै थिएन।

त्यसपछि पाँचौं चरणको खेलमा संकटासँग एपिएफ ४-२ गोलअन्तरले निराश बन्यो तर त्यो खेलमा गरेको गोल भने आशिषलाई अहिलेसम्मकै उत्कृष्ट लाग्छ।

पहिलो हाफमा एपिएफले २ गोल खाएको थियो। निकै दबाबमा खेलेको एपिएफले दोस्रो हाफको सुरुमै गोल खाँदै ३-० ले पछि रह्यो। तर खेलको ५६औं मिनेटमा एपिएफलाई पेनाल्टीबाट गोल गर्दै नविन लामाले ३-१ गोलको स्थितिमा ल्याए।

आशिष भन्छन्, ‘७२औं मिनेटमा नविन दाइको पासमा मैले भली गोल गरेँ। गोल हुँदैन जस्तो लागेको थियो तर हेर्दा हेर्दै गोल भयो। त्यो एकदमै याद आइराख्ने गोल हो।’

त्यसपछि आशिषले न्यु रोड टिम (एनआरटी) विरुद्ध दुई, आर्मीविरुद्ध एक, फ्रेन्ड्सविरुद्ध दुई र बिबिसी विरुद्ध एक गोल गर्दै ९ गोल पुर्‍याए।

यो ९ गोल लिगकै उच्च स्कोर हो। यसअघि २०७५ को लिगमा पनि एपिएफले पाँचौं स्थानमा लिग टुंग्याउँदा आशिषले तीन गोल गरेको थिए।

सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा च्यासलका कप्तान सन्तोष साहुखल छन्। उनको नाममा सात गोल छ। यहि सिजनको लिगमा सन्तोषले सय गोलको कीर्तिमान पनि पूरा गरेका थिए।

नपाएको जस
गएको शनिबार ए डिभिजन लिग २०७६ को समापन भयो। त्यसै दिन लिगको अन्तिम खेल पनि। उपाधि मछिन्द्रले जित्यो। आर्मी आफ्नै आत्मघाती गोलको शिकार बन्दा १-० को नतिजा मछिन्द्रलाई सुम्पिएको थियो।

टिमको प्रदर्शन राम्रो नभए पनि विधागत रुपमा उत्कृष्ट फरवार्डको अवार्ड आशिषले जित्ने एपिएफसँगै अरु धेरैको ठम्याइ थियो। सर्वाधिक गोलकर्ता उत्कृष्ट फरवार्ड बन्ने गरेको देखेका सबैले आशिषको विकल्प देखेका थिएनन्। 

रंगशालामा उत्कृष्ट फरवार्डको उद्घोष हुनै लाग्दा दर्शकदीर्घाबाट पनि सबैले आशिष.. आशिष भन्दै नाम लिए। तर उत्कृष्ट फरवार्डको अवार्ड आर्मीका कप्तान भरत खवासले पाए। लिगमा भरतले चार गोल गरेका थिए। भरतभन्दा धेरै गोल गर्ने खेलाडी लिगमा ७ जना थिए।

भरतलाई उत्कृष्ट फरवार्डको अवार्ड दिँदा केही फुटबल विश्लेषकले त्यसको आलोचना पनि नगरेको होइन। एन्फाले उत्कृष्टता कसरी छनोट गर्यो। त्यसका लागि के के मापदण्डमा एन्फाले टेक्यो? यी प्रश्नको जवाफ कुर्नेहरु अझै पनि छन्।

‘हरेक कुरामा सकारात्मक नै सोच्छु। मैले उत्कृष्ट फरवार्डको अवार्ड नपाउनु पछाडिको पनि राम्रै कारण होला। अझै मैले धेरै मेहेनत गर्नु छ। मैले पाइनँ भनेर म दुःख मान्दिन’, आशिष थप्छन्, ‘भरत दाइसँग मेरो तुलना गर्न पनि मिल्दैन। तर मेरो गोल राम्रो भएको भने हो। टिमले हारे पनि मैले राम्रो गर्न सकेँ।’

नवीनसँग टिकी-टाका
नवीन लामा नाताले आशिषका दाइ पर्छन्। आशिष नवीनसँग मात्रै होइन टिमका अन्य खेलाडीसँग पनि उत्तिकै घुलमिल हुन्छन् तर खेलको दौरानमा आशिषको नविनसँगको तालमेल जमेको थियो। 

आशिषको ९ गोलमध्ये ३ गोलमा पास नवीनको छ। मैदानमा आशिष र नवीनको जोडी राम्रैसँग मिलेको पनि थियो। 

‘हाम्रो चाहिँ टिकी-टाका धेरै मिल्ने। दाइले बल पाएपछि मलाई धेरै फोकस गर्ने। म पनि दाइले बल पाएपछि एकदमै तयारी हुने गर्छु। तालमेल त सबैसँग नै मिल्छ तर नवीन दाइसँग अलिक बढी’, आशिष सुनाउँछन्।

एपिएफको खेल हेर्दा मैदानमा दर्शक भन्छन्, खेल राम्रो छ तर के नमिलेको नमिलेको जस्तो। हुन पनि एपिएफ राम्रै टिम हो। तर साच्चै केही कुराको अभाव भने देखिइरह्यो। 

वास्तवमा एपिएफको खेलमा के नमिलेको हो त? आशिष उल्टै प्रश्न गर्दै भन्छन्, ‘सबैले त्यहि भन्छन्। टिम राम्रो छ। पास राम्रो छ। टिम स्प्रिड छ। तर खेल हार्छ। म पनि सबैलाई सोध्न चाहन्छु किन हार्छ? बरु हामी नराम्रो खेलौं खेल जितौं भनेको। राम्रो खेल्दा खेल्दै हारिरहेका हुन्छौं। किन हार्यौं त्यो मुख्य कारण नै खोज्न सकेका छैनौं।’

राष्ट्रका लागि गोलको सपना
सपना सबैको हुन्छ। तर सबैको पूरा हुँदैनन्। दृढ संकल्प र अथक प्रयास गर्दै सपना भेटाउनेहरुको जमात पनि सानो भने छैन। 

फुटबल खेलाडीमा एकपछि अर्को सपना र लक्ष्य हुनु नौलो कुरा होइन। सुरुवाती दिनमा फुटबल खेल्दै गर्दा र अहिले फुटबलमा मेहेनत गर्दा आशिषमा आउने विचार र लक्ष्य एउटै छैनन्।

अब भने आशिषसँग एउटै लक्ष्य छ, राष्ट्रका लागि खेल्ने। हुन त उनले यसअघि नै सिनियर राष्ट्रिय टिमबाट खेलिसके। २०१९ मार्च २५ तारिखमा भएको कुवेतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल १-० गोलले पराजित हुँदा आशिष र विमल रानाले डेब्यू गरेका थिए।

खेलको ६१औं मिनेटमा आशिषको स्थानमा भरत खवास र विमलको स्थान नवयुग श्रेष्ठ मैदानमा प्रवेश गरेका थिए। तर त्यसबेलाको खेलले राष्ट्रिय टिमको उपस्थितिको धोको पुग्ने कुरै भएन। 

अहिले नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिनले छनोट गरेको प्ररम्भिक ३१ भित्र आशिष पनि पर्न सफल भएका छन्। नेपाली टिममा आफ्नो स्थान बनाउन यो राम्रो अवसर भएको आशिषको बुझाइ छ।

‘यो मेरो लागि चुनौती हो, सँगै अवसर पनि। मैले अनुभवि खेलाडीसँग प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ टिममा पर्नका लागि। म त्यहाँ आफूले सक्दो राम्रो दिनेछु। कुवेतविरुद्धको टिममा पर्दा भन्दा अहिले हरेक कुरा सुधार गरेको छु। अब चाहिँ अलिक राम्रो हुन्छ कि भन्नेमा छु’, आशिषको आश छ। 

आशिष मेहेनतमा विश्वास गर्छन्। आफूले जति दिन सक्यो त्यतिकै प्रतिफल पाउने उनको बुझाइ छ। लिगमा सर्वाधिक गोलकर्ता बन्दाको आनन्द त छँदैछ, राष्ट्रका लागि पनि त्यसरी नै गोल गर्न सके के होला? यस्तो सोच आशिषको मनमा आइरहन्छ।

‘म लिगमा सर्वाधिक गोलकर्ता बनेँ। तर राष्ट्रका लागि खेलेर गोल गर्दा कस्तो महसुस हुँदो रहेछ थाहा पाउनु छ। राष्ट्रलाई जिताउन पाउँदाको आनन्द लिन चाहन्छु। पैसा भनेको त्यस्तै हो। तर आशिष लामा भनेको राष्ट्रका लागि खेल्छ भन्ने बनाउनु छ। मेरो सपना नै राष्ट्रका लागि गोल हो’, अनुहार उज्यालो पारेर आशिषले भने। 

विराजको तारिफले तान्यो
नुवाकोट गेर्खु १ मा जन्मिएका आशिष सानैदेखि बाबा र दिदीहरुसँगै त्रिपुरेश्वरमा भाडामा बसे। भाडामा बसेको घर थियो राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनको। आशिषका बाबु पुलिसमा जागिरे। बाबुसँगै कोठा भाडामा बस्दा विराज भने एन्फा एकेडेमीमा बस्थे। 

‘विराज फुटबल खेल्छन्, एन्फा एकेडेमीमा बस्छन्। यो कुराले मलाई पनि सानैमा प्रेरित गरेको थियो’, आशिष भन्छन्।

रंगशाला नजिकै भएको हुँदा विभिन्न प्रतियोगिता तथा खेलहरुको साक्षी बनेका आशिषलाई त्यही बेलादेखि फुटबलले तान्यो। रंगशालामा खेलिँदा ठूलो मान्छे भइन्छ भन्ने त्यो बचपनाले त झनै उनलाई छोड्दै छोडेन।

अझ अर्को कुराले त उनले फुटबल नै खेल्छु भन्ने संकल्प गर्न भ्याए। भन्छन्- ‘टिभी, पत्रपत्रिकादेखि सबैमा विराजको समाचार आउने गथ्र्यो। त्यो देख्दा उहाँको बाबु आमाको टोलैमा इज्जत बढ्ने। सबैले मान्ने गर्नु हुन्थ्यो। त्यो देख्दा मनमनै कल्पनाहरु गर्थे म त्यो स्थानमा भएको भए मेरा पनि आमा बाबुलाई यस्तै सम्मान र इज्जत मिल्ने थियो होला।’

त्यो असफलता
आशिष मनाङ मर्स्याङ्दी क्लब छाडेर भारतीय आर्मीमा भर्ती हुन सिलोङ गए। उनीसँगै अहिले एनआरटीबाट खेल्दै गरेका सकल रेग्मी पनि थिए।

भारतीय सेनामा खेलाडी हुने सपनाले सिलोङमा आशिष र सकलले झण्डै तीन महिना फुटबल अभ्यास गरे। खेल पनि खेल्न भ्याए। तर दुबै जनाको भाग्य राम्रो भएन। एउटा सपना बुनेर गएका दुबै नेपाल फर्किए।

‘५८ जिटिसी गोर्खा राइफलमा थियौं हामी। फिजिकल फिटनेसदेखि सबै परीक्षामा पास भयौं। अन्तिम लिखित परीक्षामा भने नाम निस्किएन। निराश हुँदै घर फर्कियौं’ उनी सुनाउँछन्।

हुन त भारतीय आर्मीमा भर्ती हुन जानुअघि आशिषले नेपालका चर्चित क्लबहरुबाट खेल्दै अनुभव लिइसकेका थिए।

उनलाई अनुबन्धित गर्ने पहिलो टिम भने न्यु रोड टिम (एनआरटी) हो। जहाँ चार वर्षका लागि क्लबले उनलाई मासिक ८ हजार रुपैयाँ दिने सम्झौता गरेर राखेको थियो। तर प्लस टु मा पढ्दै गरेका आशिषलाई घरबाट पढ्न दबाब आएपछि त्यो सम्झौता रद्द भयो।

‘चार वर्षका लागि अनुबन्धित भएको थिएँ। अभ्यास पनि गरेँ। तर पढाइलाई निरन्तरता दिनु भन्ने घरबाट कुरा आएपछि एनआरटीसँगको सम्झौता त्यहिँ छोडेँ’, उनले सुनाए।

नवज्योती क्लबबाट सी डिभिजन खेलेका आशिषले बी डिभिजन टुसाल युथ क्लब बौद्धबाट खेल्न भ्याए। त्यसपछि ब्वाइज युनियन हुँदै मनाङ पुगेका थिए। मनाङमा मासिक २१ हजार रुपैयाँ पाउने सर्तमा डेढ वर्ष बसे। यो क्रममा उनले २०७२ को राष्ट्रिय लिगमा मनाङबाट तीन गोल गर्न भ्याए। तर मनाङ बसाइ निकै वाक्क लागेको उनी सम्झन्छन्। 

‘मनाङमा प्लेइङ इलाभेनमा भन्दा बेन्चमै धेरै बस्नु पर्यो। स्टार खेलाडी हुँदा हुँदै मैले खेल्ने सम्भावना कमै पाउथें’, आशिषले भने। 

आशिष एपिएफमा जोडिएको भने सिलोङबाट फर्किएको केही महिनापछि हो। भारतबाट फर्किएर उनी हिमालयन शेर्पामा मासिक २० हजार रुपैयाँ पाउने गरी आबद्ध भए। त्यसपछि मदन भण्डारी स्पोर्ट्स एकेडेमीबाट खेल्दै गर्दा उनीमाथि एपिएफको नजर परेको थियो।

करारमा रहेर खेल्दै गर्दा २०७४ मा एपिएफमा भर्ना खुलेको बेला आशिष तालिम गर्दै एपिएफको स्थायी जागिरे बने।

एकपछि अर्को क्लब गर्दै डुलिरहेका आशिष आखिर एपिएफकै जागिरे किन बने त? उनी भन्छन्- ‘अन्य क्लबबाट खेल्दा प्रतियोगिता भएको बेला मात्रै हो पैसा आउने। परिवारबाट पनि फुटबल खेलेर मात्रै हुँदैन कमाइ पनि हुनु पर्यो भन्ने कुरा हुन्थ्यो। घरबाट सरकारी जागिर गर भनिरहँदा एपिएफमा आबद्ध भएँ। जागिरसँगै खेल पनि हुने, पैसा पनि।’

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  १८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्