• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २०, २०८२ Tue, Jun 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
यसकारण गर्दैछौं सगरमाथा संवाद 
64x64
नेपाल लाइभ सोमबार, माघ २७, २०७६  १४:१२
1140x725

हालैका वर्षहरूमा राजनीतिक, सामाजिक र वातावरणीय क्षेत्रमा नेपालले हासिल गरेका विशिष्ट उपलब्धीसहितको सहज र स्थिर राजनीतिक पृष्ठभूमिमा सरकारले सगरमाथा संवादको नामले एक विश्व संवाद मञ्च सञ्चालन गर्ने निर्णय गरेको छ।

आगामी अप्रिल २ देखि ४ सम्म काठमाडौंमा सगरमाथा संवादको पहिलो संस्करण आयोजना हुँदै छ। यसवर्षको सगरमाथा संवादको विषय ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण तथा मानव जातिको भविष्य’ छ। नेपाललगायत सम्पूर्ण विश्वले सामना गर्नुपरिरहेको जल्दोबल्दो एवं समसामयिक मुद्दा ‘जलवायु परिवर्तन’ लाई यस वर्षको संवादको मुख्य शीर्षक छानिएको छ। 

जलवायु परिवर्तनले हिमालय पर्वत क्षेत्रलगायत विश्वका अन्य पर्वतीय वातावरणमा पारेको असर र त्यसको समुद्र तटीय एवं साना टापु राष्ट्रहरूसम्मको सम्बन्धको विषयमा यसपटकको संवाद केन्द्रित हुने छ।

नेपालले पहिलो पटक आयोजना गर्न लागेको यस संवादको महत्वपूर्ण विषयमा नेपालको तर्फबाट राखिने धारणा र प्रस्तुतिमा सम्बन्धित सबै सरोकारवालाबीच राष्ट्रियस्तरमा समेत संवाद गरी साझा राष्ट्रिय धारणा बनाउने उद्देश्यले आज यो संवाद कार्यक्रमको आयोजना गरिएको हो।

विश्वले भोग्नुपरेका साझा समस्याहरू सम्बोधन गर्न सगरमाथा संवाद मञ्चको माध्यमबाट विभिन्न मुलुकहरू र सरोकारवालाबीच मतैक्यता र साझा धारणा बनाउन थोरै भए पनि योगदान पुर्‍याउने सरकारको उदेश्य छ। ‘वादे वादे जायते तत्वबोध’, अर्थात छलफल र विमर्शबाट ज्ञान र सत्यको नजिक पुग्न सकिन्छ भन्ने हाम्रा पूर्खाहरूको निष्कर्षले मार्गदर्शन गरेझंै ज्ञानको अन्वेषण र उत्पादनमा नेपालको समृद्ध परम्परालाई यो संवाद मञ्चले मौलिकरुपमा निरन्तरता दिनेछ।

विश्वमा द्वन्द्व समाधानका अनेकौं उपायमध्ये नेपालको मौलिक शान्ति प्रक्रिया, नेपालको समावेशी प्रजातन्त्र, वातावरण संरक्षणमा नेपालका सफलता, नेपालको सांस्कृतिक विविधता, विश्व शान्ति स्थापनामा नेपालले गरेको योगदान, क्षेत्रीय सहयोग प्रवद्र्धनमा नेपालको भूमिका, महिला उत्थान तथा अन्य सीमान्तकृत वर्गको सशक्तीकरण जस्ता क्षेत्रमा नेपालको उल्लेखनीय उपलब्धि तथा अनुभवलाई विश्वसामु लैजानसमेत यस संवाद मञ्चबाट सहयोग पुग्ने अपेक्षा लिईएको छ।

संवाद मञ्चको सफल आयोजनाबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुन गई देश विकासका लागि थप सद्भाव, शुभेच्छा, सहयोग र अवसरसमेत प्राप्त हुन जाने विश्वास सरकारले लिएको छ। एउटा स्वाभाविक प्रश्न उठ्न सक्छ, हामीले यो विश्व सम्वाद मञ्चलाई सगरमाथा संवाद नामकरण किन गर्‍यौं त? किनभने, सगरमाथा नेपालको राष्ट्रिय स्वाभिमान, मौलिक पहिचान र गरिमाको बिम्बमात्र नभइ दुई प्राचीन विश्व सभ्यताबीच अवस्थित विश्वको उच्चतम शिखर मानव जातिकै सम्पदा हो। 

Ncell 2
Ncell 2

यो नामले संवाद मञ्चको आफ्नो मौलिक परिचयका साथसाथै उच्च र फराकिलो दृष्टिको झल्काउँछ। सगरमाथाले, साहस, सुन्दरता, भविष्यप्रतिको आशा र आकांक्षा एवं आध्यात्मको समेत प्रतिनिधित्व गर्दछ। सगरमाथा उच्चतम शिखर हुनुको नाताले विश्वमा विकसित भैरहेका घटनाक्रम, मुद्दा र चुनौतीको द्रष्टा, भोक्ता र साक्षीसमेत हो। यसर्थ, सगरमाथा संवादले नेपाली मौलिक पृष्ठभूमिमा विश्वव्यापी दृष्टिकोण, दर्शन र सहकार्यका लागि दिशानिर्देश गर्नेछ।

हालका लागि सगरमाथा संवाद प्रत्येक दुई वर्षमा एक पटक आयोजना गरिनेछ। आगामी संस्करणमा सगरमाथा संवादमा लोकतन्त्र, मानव अधिकार, वातातरण, महिला तथा सीमान्तकृत वर्गको समावेशीकरण, उत्थान तथा सशक्तीकरण जस्ता विषयमा छलफल हुनेछ। साथै, आप्रवासन लगानी, प्रविधि, व्यापार तथा पर्यटन प्रवद्र्धनजस्ता राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी आमचासोका विषयउपर समेत छलफल हुनेछ। 

यी विषयमा विश्वस्तरको सहभागितामा स्वतन्त्र, अनौपचारिक एवं खुल्ला छलफल चलाई चुनौती समाधानका लागि सरोकारवालाबीच साझा धारणा निर्माणमा योगदान पुर्‍याउने प्रयास संवादको माध्यमबाट हुनेछ।

काठमाडौंमा आयोजना हुने संवादमा करिब १५० जति विदेशी सहभागीसहित विशिष्ट पाहुनालाई निमन्त्रणा पठाइएको छ। यस संवादका आमन्त्रितमा राष्ट्राध्यक्ष, सरकारप्रमुख, विदेशमन्त्री, वातावरणमन्त्री, संयुक्त राष्ट्र संघका उच्च पदाधिकारी एवं अन्य विशिष्टिकृत निकायका प्रमुख, क्षेत्रीय संगठनका प्रतिनिधि, वातावरण विज्ञ, अगुवा महिला तथा युवा प्रतिनिधि, निजी क्षेत्र, मिडिया र गैरसरकारी तथा नागरिक समाजका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जलवायु परिवर्तन अभियन्ता छन्।

नेपाल सरकारले सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेपश्चात् विभिन्न आयोजक कमिटी गठन भएका छन्। स्वदेशी एवं अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा  कूटनीतिक समुदायलाई नेपाल सरकारको यो निर्णय र सगरमाथा संवाद आयोजना गर्न भइरहेको तयारीका बारेमा समय–समयमा ‘ब्रिफ’ गरिएको छ। त्यसैगरी जनस्तरको जागरुकता, चेतना र चासो अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौंमा राष्ट्रिय परामर्श एवं जनकपुर र पोखरामा क्षेत्रीय परामर्श गोष्ठीहरू भइसकेका छन्।

‘वादेवादे जायते तत्वबोध’ भनेझै जलवायु परिवर्तनको विषयमा विद्वत बहसबाट साझा समाधान निकाल्न सकिन्छ भन्ने हाम्रो विश्वास छ। वास्तवमा वातावरण परिवर्तनमा कुन मुलुकको कति योगदान रह्यो अथवा कुन मुलुकका कारणले वातावरण परिवर्तनको भयावह अवस्था सिर्जना भयो भनी औंला तेर्स्याउनु वा आरोप–प्रत्यारोपमै अल्झिनुभन्दा साझा जिम्मेवारी र सहकार्यबाट यसको समाधान खोजिनु नै व्यवहारिक र युक्तिसंगत देखिन्छ। 

तसर्थ विश्व संवादको मञ्चमा बस्नुपूर्व नेपालले भोगेका, देखेका र अनुभव गरेका समस्यालाई यस राष्ट्रिय संवादमार्फत् छलफल गरी हाम्रा चासो, प्राथमिकता, मुद्दा, दृष्टिकोण विश्वसामु प्रभावकारी ढंगले राख्ने र विश्वव्यापी सरोकारवालाबीच साझा धारणा र उपयुक्त समाधानको बाटो पहिल्याउन नेपालको तर्फबाट सार्थक योगदान पुर्‍याउनु यो संवादको उद्देश्य हो। 

जलवायु परिवर्तनमा नेपालको ०.०२७ प्रतिशत मात्रको नगन्य योगदान रहे पनि त्यसको कैयौं गुणा बढी मूल्य हामीले चुकाउनु परिरहेको छ। जलवायु परिवर्तनको असरले हाम्रो अर्थतन्त्र र सामाजिक–सांस्कृतिक संरचनालाई नै तरल र संवेदनशील बनाएको छ। हाम्रा हिमालमा हिमतह पातलो हँुदै गएका छन्। पहाडहरू नांगा भइरहेका छन्। खेतीयोग्य भूमि सिँचाईको अभावमा बंजर बन्दै गएका छन्। मरुभूमिकरण बढ्दो छ।

हाम्रा नदीनालाहरू सुक्ने क्रममा छन्। हिमतालहरू बिस्फोटनको जोखिममा छन्। जमिनमुनीको पानीको सतह घटेर गएको छ। बर्सेनि लामो खडेरी, अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, अम्लवृष्टि एवं मृतिका वृष्टि (माटो मिसिएको वर्षा) समेत भएको छ। बाढी, भूक्षय, हिमपहिरो लगायतका जलउत्पन्न प्रकोप हाम्रा दैनिकीजस्तै बनेका छन्। हाम्रो खेतीपातीको चक्र नै परिवर्तन हुन पुगेको छ। कृषि उत्पादन र उत्पादकत्व न्यून एवं पूर्वानुमान गर्न नसकिने भएको छ।

यस पृष्टभूमिमा विश्व समुदायलाई जलवायु परिवर्तनले सिर्जना गरेका चुनौती सम्बोधन गर्न घचघच्याउने, नेपालजस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका पर्वतीय र द्विप मुलुकलाई एकै मञ्चमा भेला गराई जलवायु परिवर्तनका विभिन्न पक्षमा संवाद चलाउनु आवश्यक देखिएको छ। 

नेपाल जस्तो जलवायु परिवर्तनको उच्च जोखिम रहेको मुलुक, सगरमाथाको देश, विश्वका १२ मध्ये ८ उच्च हिमशिखर रहेको मुलुक एवं विश्व शान्तिको मुहान एवम् भ्रातृत्व एवं साझा हितका लागि विश्व समुदायसँग हातेमालो गर्दै सहकार्यताको निम्ति निरन्तर आवाज उठाइरहेको मुलुकले सगरमाथा संवादको माध्यमबाट जलवायु परिवर्तनलाई सम्वोधन गर्न अग्रसरता लिनु सान्दर्भिक छ, आवश्यक छ।

परम्परागत रुपमा अन्तर्राष्ट्रिय सम्बन्धमा राजनीतिक, भू–राजनीतिक, सामरिक विषयहरूले ज्यादा महत्व पाउँदै आएका छन्। पछिल्लो समयमा विश्वमञ्चमा वातावरण, जलवायु परिवर्तन, विश्वव्यापार, अर्थतन्त्र, आतंकवाद, आप्रवासन, बौद्धिक सम्पति, सूचना प्रविधिलगायत अन्य नविनतम् प्रविधि जस्ता विषयहरूले बढी महत्व पाउन थालेका छन्। 

नेपालले हालैका वर्षहरूमा राजनीतिक, सामाजिक, आर्थिक, वातावरणीय, द्वन्द्व समाधान, मौलिक शान्ति प्रक्रियाजस्ता क्षेत्रमा विशिष्ट उपलब्धि हासिल गरेको छ। नेपालका यी विशिष्ट अनुभवलाई विश्व समुदायमाझ आदान–प्रदान गर्न यो विश्व संवाद मञ्चले सहयोग पुर्‍याउने अपेक्षा लिईएको छ।

राष्ट्रिय, क्षेत्रीय र विश्वस्तरमा देखा परेका समसामयिक तथा साझा चासोका विषय एवं मुद्दामा संवाद चलाउन उपयुक्त हुनेदेखि नेपाल सरकार मन्त्रिपरिषद्बाट २ वैशाख २०७६ का दिन सगरमाथा संवाद स्थापना गर्ने निर्णय भएको थियो।  सोहीअनुरुप चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा यो कार्यक्रमलाई समावेश गरी सगरमाथा संवाद आयोजनाको तयारी भैरहेको छ।

उद्देश्य
नेपालले सामना गर्नु परिरहेका वातावरणीय, सामाजिक, आर्थिक, सांस्कृतिक, प्राविधिक, जनजीवनलगायतका विश्वव्यापी मुद्दा एवं समस्याबारे सरोकार राख्ने मुलुकहरू, अन्तर्राष्ट्रिय संघसंस्थाहरू, नागरिक समाज, अनुसन्धाता तथा विज्ञहरू, प्राज्ञिक संस्थाहरू लगायतका सरोकारवालाबीच नियमित रुपमा नेपालमा संवाद गराई विचार तथा धारणा विकास गरी मतैक्यता प्रवद्र्धन गर्ने तथा ती समस्या तथा विषयमा समाधान निकाल्न योगदान पुर्‍याउने सोचका साथ ‘सगरमाथा संवाद’ नामको अन्तर्राष्ट्रिय स्तरको छलफल मञ्चको परिकल्पना गरिएको हो।

यस मञ्चको माध्यमबाट विश्वमा द्वन्द्व समाधानका अनेकौं उपायमध्ये नेपालको मौलिक शान्ति प्रक्रिया, नेपालको समावेशी प्रजातन्त्र, वातावरण संरक्षणमा नेपालका सफलता, नेपालको सांस्कृतिक विविधता, विश्व शान्ति स्थापनामा नेपालले गरेका योगदान, क्षेत्रीय सहयोग प्रवद्र्धनमा नेपालको भूमिका, महिला उत्थान तथा अन्य सीमान्तकृत वर्गको सशक्तीकरणजस्ता क्षेत्रमा नेपालको उल्लेखनीय उपलब्धि तथा अनुभवबारे विश्व समुदायलाई बुझाउँदै साझा हितका विषयमा बौद्धिक छलफल गर्ने र गराउने र लाभदायी निचोड निकाल्ने उद्देश्य राखिएको छ।

नेपालका आफ्ना अनुकरणीय मौलिक अभ्यासको प्रवद्र्धन गर्ने, विधिमा आधारित विश्व प्रणालीको स्थापना र सञ्चालन एवं विश्वशान्तिमा नेपालको योगदान तथा भूमिकाबारेमा विश्व जगतमा अनुभव आदानप्रदान गर्ने, नेपाल स्वयंले समेत भोग्नुपरिरहेका जल्दाबल्दा विश्व मामिला एवं समसामयिक चासो र सरोकारका विषयमा गहन बौद्धिक छलफल र विमर्श गरी साझा धारणा बनाउने र समस्या समाधानमा योगदान दिने,सो क्रममा नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा उजिल्याउने र नेपालको समग्र राष्ट्रिय हितको प्रवद्र्धन गर्नेसमेत उद्देश्य यस संवादको रहेको छ।

सगरमाथा संवाद नाम नै किन ?
प्राचीन कालदेखि हिमालय क्षेत्र प्राकृतिक तथा सांस्कृतिकरूपले विविधतापूर्ण र सम्पन्न रहिआएको छ। यस क्षेत्रलाई विगतमा विभिन्न ज्ञानी, तपस्वी र बोधिसत्वहरूले जन्मभूमि तथा कर्मभूमि बनाई सिद्धि र बोधिसत्व प्राप्त गरिआएका छन्। ‘वादे वादे जायते तत्वबोधः’, अर्थात संवाद र विचार विमर्शबाट नै सत्य र निष्कर्षनजिक पुग्न सकिन्छ भन्ने मान्यता यही समृद्ध परम्पराको उदाहरण हो।

विश्वव्यापीकरण र अन्तरनिर्भरताको आजको युगमा ज्ञान आर्जन र संवादको यस परम्पराको कारणले मात्र नभई हामी बीच अवस्थित उच्च हिमालयले समेत हामीलाई बृहत् र फराकिलो उच्च दृष्टिकोणका साथ समसामयिक जल्दाबल्दा विषयवस्तुलाई विश्वजगतसँग खुल्ला र फलदायी छलफल एवं संवाद गर्न प्रेरित गर्दछ।

सगरमाथा संसारको सबैभन्दा उँचो पर्वत शिखर भएकाले यसको विश्वव्यापी ख्याती हुनु, सगरमाथा नेपालको पहिचान र स्वाभिमानको प्रतिक हुनु, दुई देश र दुई फरकफरक सभ्यता एवं संस्कृति भएका मित्रराष्ट्रहरूको सीमानाको रुपमा मित्रता, भातृत्व र सहकार्यको बिम्बको रुपमा हिमालय रहनु, दक्षिण एशिया क्षेत्रको प्राचिन सभ्यताको स्रोत तथा बिम्बको रुपमा हिमालय रहनु र लगभग एकचौथाई जति (१.५ अर्ब) मानवजातिको ताजा पानीको स्रोत तथा जीविकाको आधार हुनुले सगरमाथाको महत्व देखाउँछ।  

जलवायु परिवर्तनका कारण विश्व तापमानमा भएको अस्वाभाविक वृद्धि तथा वातावरण विनाशजस्ता समस्याको प्रत्यक्ष भोक्ताकै रुपमा समेत सगरमाथा रहेको छ। दुई चलायमान टेक्टोनिक प्लेटका वीच पृथ्वीको नविनतम पर्वतमालाको रुपमा चुलिँदो सगरमाथा पृथ्वीको आकाशमण्डल, स्थलमण्डल र जलमण्डलको साझा बिम्बको रुपमा समेत रहेको छ। 

सगरमाथाले हिमालय क्षेत्रभन्दा पर विश्वकै तापमान नियन्त्रण एवं जलवायु तथा वातावरणीय सन्तुलनमा पु¥याएको योगदानलाई विश्वको साझा सम्पत्तिको रुपमा समेत लिन सकिन्छ। यी र यस्तै अन्य वातावरणीय, आर्थिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रका समसामयिक विश्वव्यापी मुद्दा एवं चुनौतीसँग सगरमाथाको अस्तित्व जोडिएकाले सगरमाथा एउटा समसामयिक विश्वव्यापी बिम्ब हुन सक्ने हुनाले ‘सगरमाथा संवाद’ नामाकरण गरिएको हो।

(सगरमाथा संवादको पूर्वअभ्यासस्वरुप आइतबार राजधानीमा आयोजना भएको सगरमाथा राष्ट्रिय संवाद कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले राखेको मन्तव्यको संपादित अंश)
 

प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  १४:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गण्डकी सरकारले नियमावली फिर्ता लिने भएसँगै यातायात व्यवसायीको आन्दोलन स्थगित
राजावादीको पहिलो चरणको आन्दोलन सम्पन्न, बैठक आह्वान
यातायात क्षेत्रमा हड्ताल गर्न नपाउने परमादेश माग्दै सर्वोच्चमा रिट, बुधबार पेसी
सम्बन्धित सामग्री
अवुधावीमा मनाइयो गणतन्त्र दिवस समारोहमा राजदूत, दुबईस्थित नेपाली महावाणिज्य दूतावासका नवनियुक्त महावाणिज्यदूत, राजदूतावास तथा महावाणिज्य दूतावासका कूटनीतिक कर्मचार... शुक्रबार, जेठ १६, २०८२
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ उद्योगी व्यवसायीहरु लगानीका लागि उत्साहित छैन। राजनीतिक नेतृत्व शक्ति संघर्षमै व्यस्त छ। दैनिक दुई हजार भन्दा बढी युवाहरु रोजगारीका... बिहीबार, जेठ १, २०८२
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? विशेषगरी, स्मार्टफोन आजको पुस्तालाई समयभन्दा बढी कब्जामा लिएको छ । जहाँ हेरे पनि मानिसहरू मोबाइलमा हराएका देखिन्छन्- सोसल मिडियामा स... शुक्रबार, वैशाख ५, २०८२
ताजा समाचारसबै
गण्डकी सरकारले नियमावली फिर्ता लिने भएसँगै यातायात व्यवसायीको आन्दोलन स्थगित मंगलबार, जेठ २०, २०८२
राजावादीको पहिलो चरणको आन्दोलन सम्पन्न, बैठक आह्वान मंगलबार, जेठ २०, २०८२
यातायात क्षेत्रमा हड्ताल गर्न नपाउने परमादेश माग्दै सर्वोच्चमा रिट, बुधबार पेसी मंगलबार, जेठ २०, २०८२
राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्ने गण्डकी प्रदेश सरकारको निर्णय मंगलबार, जेठ २०, २०८२
मङ्गोलियाका प्रधानमन्त्रीद्वारा राजीनामा मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सांसदहरुले गरे सार्वजनिक यातायात सञ्चालन गरेर जिम्मेवार बन्न यातायात व्यवसायीहरुलाई आग्रह
सांसदहरुले गरे सार्वजनिक यातायात सञ्चालन गरेर जिम्मेवार बन्न यातायात व्यवसायीहरुलाई आग्रह मंगलबार, जेठ २०, २०८२
राजावादीको प्रदर्शन सिफल चौर
राजावादीको प्रदर्शन सिफल चौर मंगलबार, जेठ २०, २०८२
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समिति बैठक
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समिति बैठक मंगलबार, जेठ २०, २०८२
राष्ट्रिय सभा (अठाराैँ अधिवेशन) बैठक
राष्ट्रिय सभा (अठाराैँ अधिवेशन) बैठक मंगलबार, जेठ २०, २०८२
ऐतिहासिक पदक जितेकी एरिका गुरुङ स्वदेश फिर्ता
ऐतिहासिक पदक जितेकी एरिका गुरुङ स्वदेश फिर्ता मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
राजावादीको दीप प्रज्वलनमा वाइसिएलको नाराबाजी, प्रहरीले गर्‍यो हस्तक्षेप सोमबार, जेठ १९, २०८२
सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति भएसंगै आन्दोलन फिर्ता लिने तयारी मंगलबार, जेठ २०, २०८२
गृहमन्त्रीलाई सदनमा बोल्न दिन विपक्षी दल तयार मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्