काठमाडौं– एएफसी युथ–१६ च्याम्पियनसिप छनोटको अन्तिम खेलमा प्यालेस्टाइन विरुद्धको जारी खेलमा नेपालले २ गोल खाएको छ ।
नेपालका बृजेश चौधरीले खेल सुरु भएको १० मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । तर, २८ मिनेटमा मोहम्मद इजाजले गोल फर्काएर पहिलो हाफसम्ममा खेललाई १–१ को बराबरीमा ल्याएका थिए । इजाजले नै प्यालेस्टाइनका लागि ७५ मिनेटमा दोस्रो गोल गरे।
समूह ‘डी’ अन्तर्गत जारी खेलमा डिफेन्डिङ च्याम्पियन इराक छनोट भइसकेको छ । हाल नेपाल र प्यालेस्टाइनबीच भइरहेको खेल अगाडि इराकले भारतलाई गोलरहित बराबरीमा रोकेपछि नेपाल बाहिरिएको हो । इराक समूहमा ७ अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ।
नेपाल अहिले प्रतिष्ठाको लागि खेल्दै छ । नेपालले अघिल्लो २ खेल जित्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।