काठमाडौं– नेपाल एएफसी युथ–१६ च्याम्पियनसिप छनोटको अन्तिम खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ।
डिफेन्डिङ च्याम्पियन इराकले समूह ‘डी’ अन्तर्गत अन्तिम खेलमा भारतलाई गोलरहित बराबरीमा रोक्यो । आइतबार हलचोकमा सम्पन्न खेलमा दुबै टोलीले बराबरी खेलेपछि इराक समूहमा ७ अंक बटुल्दै आउँदो वर्ष मलेसियामा आयोजना हुने युथ–१६ च्याम्पियनसिपका लागि छनोट भएको हो।
भारतले ५ अंक बटुलेको छ । भारतको उपविजेता बनेर छनोट हुने सम्भावना बलियो छ । तर, यसका लागि उसले अन्य समूहको खेलमा भर पर्नुपर्नेछ।
समूह चरणको अन्तिम खेलमा नेपाललाई प्यालेस्टाइनले पराजित गरेको छ । यी दुबै टिम छनोटबाट बाहिरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।