• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

राजनीतिक पत्रकारिताको रवाफ

64x64
नेपाल लाइभ आइतबार, माघ १९, २०७६  ०९:१५
1140x725

काठमाडाैं- 'नेताको मुखमा माइक जोत्नु, उनका कुरा टिपनटापन गर्नु र मज्जाको स्पेसमा छाप्नु। यो पछ्यौटे पत्रकारितालाई नै आजसम्म हामी मूलधार भनिरहेका छौँ। यही कामको लागि सबैभन्दा थोरै दिमाग र संवेदनशीलता भएपुग्छ।'

लेखिका सरला गौतमले केहि समयअगाडि सामाजिक सञ्जालमा लेखेको यो ‘पोष्ट’ले मेरो ध्यान तान्यो।

केहि वर्ष गरेको पत्रकारिता अनुभव र अहिलेसम्म चलिरहेको नेपाली पत्राकरितालाई सम्झँदा मैले यो भनाईमा शतप्रतिशतको मोहोर नलगाई बस्नै सकिन।

कुरा एकदशक  अघिको हो। तर, हालको अवस्था पनि लगभग उस्तै। सबै आ-आफ्नो कम्प्युटरमा घोरिइरहेका थिए। कसैलाई कसैको मतलव थिएन, को आयो को गयो? लाग्थ्यो सबैजना केहि महत्वपूर्ण चिजको उत्पादनमा जुटेका छन्, एकाग्र र एकचित्त भएर।

किबोर्डको टिकटिक आवाज कुनै कारखानाको मेसिन भन्दा कम सुनिदैनथ्याे। त्यसैले होला सायद, केहि साथीहरु के गर्दैछौ? भनेर सोध्दा, गिट्टी कुट्दै भन्थे।

म पनि त्यहि भिडमा उत्तर पट्टिको झ्याल नजिकैको एउटा कुनामा 'गिट्टी कुट्दै' थिएँ शब्दको। मैले काम गर्ने संस्थामा आठ बजेभन्दा उता समाचार स्वीकार नगरिने नयाँ नियम लागू भएपछि अबेला रिपोर्टिङ गरेर आउनेहरुलाई साझँपख साँस फेर्ने फुर्सदसम्म मिल्दैन थियो। हतारहतार शब्दहरु जोड्नमा व्यस्त रहन्थ्यौं।

ईश्वर। ए ईश्वर। यता आऊ त।

एकाग्रता चिर्दै दक्षिण पट्टी रहेको हाकिमको क्याविनबाट आवाज आयो। मैले पुलुक्क हेरे। मेरो हाकिमले उनको कोठामा आउन ईशारा गरे। म हतारहतार हाकिमको कोठा तिर लम्किए।

Ncell 2
Ncell 2
nimb
nimb

म- हजुर, के भन्नु भको दाइ?
हाकिम- तिमी आज के गर्दैछौ र?
म- बजारमा मिसावटको मात्रा एकदमै बढ्यो रे! त्यसैको खाद्य प्रविधी तथा गुण नियन्त्रण विभाग गएर यो वर्षको तथ्यांक लिएर आको। अनि केहि उपभोक्ता, स्वास्थ्यकर्मी र खाद्य अधिकारकर्मीसँग कुरा गरेको। एउटा फिचर बनाउँदै छु।

हाकिमले ए-ए भने जसरी मेरो कुरा सुन्न खोजेनन्।
म- किन बोलाउनु भएकोर?
हाकिम- कति लेख्छौ यस्ता झिनामसिना समाचारहरु। कहिले पानी आएन। कहिले रोड भत्कियो। कहिले फोहोरमैला व्यवस्थापन। यो त ईन्टर्न (शिकारु)हरुले गरिहाल्छन् नि। यसो 'पोलिटिकल' रिपोर्टिङ गर्न पर्‍याे।
म- तर दाइ यो त झन् महत्वपूर्ण होइन र? मान्छेको जीवनसँग प्रत्यक्ष असर पार्ने। मैले बुझाउन खोजे। तर उहाँले सुन्न खोज्नु भएन र मैले बोल्न खोजेको कुरा काम लागेन।

हाकिम- यस्तो मात्रै लेखिरह्यौ भने कहिले माथि जाँदैनौं। यो त जसले पनि  लेख्छ। अलिक राम्रो रिपोर्टिङ गर्न पर्‍याे। मैले सम्पादकसँग कुरा गरेको छु। अब भोलिदेखि 'मधेस र मधेसीदल'को रिपोर्टिङ गर्नु। तिमी पनि मधेस तिरको मान्छे। मधेसीहरुलाई त्यसै नि सजिलो हुन्छ। पत्याउछन् पनि नेताहरुले।
म- खै दाइ मलाई त पोलिटिकल रिपोर्टिङ कि त 'हाईपोथेटिकल’ लाग्छ कि ‘भन्नु भो पत्रकारिता’। न त यसको तुक छ न त सत्यतानै देख्छु। हरेक दिन जसो एउटै नेताको फेरिएको भाषण छापिएको देख्छु म त।

हाकिम- यसको बेग्लै महत्व छ र मजा पनि। सोसल रिपोर्टिङ त जसले पनि गर्छ। महत्त्व नहुने भए किन पहिलो पृष्ठमा समाचार छापिन्थ्यो नि उनले प्रश्न तेर्साए।
म- खै दाइ। गर्नै नसकिने त केहि होइन तर सँगसँगै सामाजिक रिपोर्टिङ पनि गर्नु पर्ला।
यत्ति भनेर म आफ्नो डेस्कमा फर्किए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यत्तिकैमा, वाह! यार आज खत्रा 'कोट' बोल्यो नेताले। माओवादी त फुट्ने संकेत छ। वैद्य समूह र प्रचण्ड समूहबीचको चिसो अझ बढ्दै गइरहेको छ। राजनीतिको रिपोर्टिङ गर्ने मेरा मित्र हस्याङफस्याङ गर्दै आईपुगे। म तिर हेरेर, के छ ईश्वरजी? ठिक छ नी भने र सम्पादकको कोठातिर लम्किए। यस्तै थियो राजनीतिबारे लेख्ने सहकर्मीहरुको रवाफ।

उनिहरुको उठबस धेरै जसो सम्पादकसँगै हुन्थ्यो। बेलुकाको बैठकपछि बैठकका बैठक हुन्थ्यो। अनि समाचारको हेडलाइन हप्तौ दिनसम्म उस्तै ‘अनुमान कारिता’। अक्सर सम्पादकले उनिहरुको सिटमै बसेर समाचारको सम्पादन गरिदिन्थे। या भनौ सँगै बसेर लेख्न मद्दत गर्थे।

यसो हेरेर कहिलेकाँही नरमाईलो लाग्थ्यो, तर के नै गर्न सकिन्थ्यो र? किन कि कहिल्यै सम्पादक हामी 'सामाजिक रिपोर्टिङ' गर्ने कसैको पनि कम्प्युटरमा बसेर या नजिकै उभिएर यसो लेख, भनेर भन्दैन थिए। मनमा प्रश्न उठ्थ्यो राजनीतिक पत्रकारितामा नै हो त मजा?

अझ मोबाइल खर्च भनेर छुट्टै रकम दिईन्थ्यो राजनीतिक समाचार लेख्ने साथीहरुलाई। अनि हामी सामाजिक रिपोर्टिङ गर्नेलाई सौतेली व्यवहार।

म काम गर्ने संस्थामा मात्रै होइन, सबै जसो संस्थामा राजनीतिक रिपोर्टिङ गर्ने र म जस्ता गैरराजनीतिक रिपोर्टिङ गर्ने बीचमा सम्पादकले गर्ने व्यवहार फरक हुने गरेको मित्रहरु बताऊथे। पोलिटिकल ब्यूरो र अरु ब्यूरो छुट्टिने आधारहरु धेरै हुन्थे। के-के न होला भनेर भोलि पल्ट प्रथम पृष्ठ हेर्थे। तर, पढ्दा अचम्म लाग्थ्यो। एकदमै महत्त्वपूर्ण मानिने समाचारहरु कि त नेताहरुको भाषण हुन्थ्यो कि त उनिहरुको भनाई। अझ धेरै जसो समाचारमा एक उच्चस्तरीय स्राेतलाई धेरै नै उल्लेख गरिएको हुन्थ्यो। मुस्किलले कुनै समाचारमा एक वा दुई जनाको नाम उल्लेख हुन्थ्यो।

म त पत्रकारिताको विद्यार्थी। क्याम्पसमा पढ्दा असामान्य अवस्था बाहेक सकेसम्म 'समाचार स्राेत' खुलाउनु पर्छ भन्ने पढेको तर 'राजनीतिक पत्रकारिता'मा सायद त्यो नियम नलाग्दो हो जस्तो लाग्थ्यो मलाई। अझै केहि रिपोर्टर र सम्पादकहरुले अनुमान गरेर लेखेको कुरालाई प्रमाणको रुपमा बुझ्नु पर्ने अनौठो बाध्यता छ।

त्यो ताका संविधानसभामा प्रधानमन्त्रीको चुनावको विभिन्न 'राउण्ड' चलिरहेको थियो। सधैं जसो आज ‘फलानो’ पार्टीले ‘चिलानो’लाई सपोर्ट गर्ने सम्भावना। भने कहिले अन्तिम समयमा फलानो पार्टीले भोट दिएनन्। आदि जस्ता समाचार हुन्थे। म छक्क पर्थे। एकैखालका समाचारहरु प्रमुख पृष्ठमा छाएको देख्दा। 

यो समाचारको के तुक होला भनेर म सोचिरहन्थे। यो भन्दा त हामी सामाजिक, अपराध अनि भ्रष्टाचारबारे लेख्नेहरुले राम्रो लेख्थ्यौं जस्तो लाग्थ्यो। बेला-बेला त लाग्थ्यो यो राजनीतिलाई खलनायक बनाउने काम पत्र-पत्रिकाले गर्दा नै भएको हो, कारण नकारात्मक र व्यक्तिपरक विश्लेषण पढ्न रुचाउने आम प्रवृत्ति। तर लागेर मात्रै के गर्नु। हालीमुहाली उनिहरुकै थियो र अझै पनि छ।

खैर म त एउटा कारिन्दा। खासै केहि गर्न सक्दिनथे। तर पटकपटक मेरा हाकिमहरुलाई यस्तो 'अनुमानकारिता' या 'भन्नुभयो पत्रकारिता' किन गर्छौं भनेर प्रश्न गर्थे। तर न त चित्त बुझ्दो उत्तर पाउँथे बरु खिस्रिक भएर त्यहाँबाट हिड्न पर्थ्यो। म त्यहाँ काम गर्न थालेको झण्डै आठ महिना भइसकेको थियो।

काठमाडौंमा फोहोरमैला उठाउन पटक-पटक बन्द गरिएकाले यसको काठमाडौं बासीको स्वास्थ्यमा पर्न जाने असरबारे लेखिरहन्थे। यसका साथै फोहोरमा हुने राजनीति र स्थानीयबासिन्दाको अवरोधलगायत धेरै समाचार लेँखे। फोहोर व्यवस्थापन साइट नि घुमे। समाचारलाई फरक कोण दिन। पछि-पछि त अफिस पुग्दा मलाई धेरै जसो साथीले गारबेज रिपोर्टर भनेर जिस्काउनै थालिसकेका थिए।

मैले लेख्ने गरेको सामाजिक विषयवस्तुहरुले केही न केही असर त पारेकै थियो। समाचार छापिने बित्तिकै महानगरपालिकालगायतका निकायले तत्काल काम गरेको अवस्था पनि थियो। एकपटक 'अटिजम'को बारेमा 'अटिस्टीक' बच्चाहरुको स्टोरी गर्दा धेरैको फोन आयो मलाई। उनीहरुकाे बच्चामा पनि त्यस्तो समस्या देखिएको र त्यो स्थानको बारेमा जान्ने इच्छा गरे।

पछि मेरो हाकिमले भने जस्तै मधेसी दलको रिपोर्टिङ थाले। प्रथम पृष्ठमा पनि धेरै समाचार छापियो। तर, सन्तुष्टी भने ‘जिरो’। यो क्रम केहि समयसम्म चलिरह्यो। सायद हाम्रा नेताहरुले बोल्ने र गर्ने कुरा फरक हुने गरेकाले होला मलाई त्यति मज्जा आएन राजनीतिक रिपोर्टिङ गर्न।

साझासवालमा काम गर्दा ताका पूर्वगृहमन्त्री स्व. माधव घिमिरेले भनेका थिए, नेताहरुबीच हुने ठूला-ठूला र गोप्य छलफलको २० प्रतिशत सहि कुरा पनि बाहिर मिडियामा आउँदैनन्। अझ भनौं नेताजीहरुले तोडमोड गरेर बाहिर ल्याउछन्। उहाको कुरा सुनिसकेपछि त झन, ठीकै गरेछु जस्तो लाग्यो।

एक दशक बितिसकेछ। मैले छोडेको ‘भन्नुभयो’ पत्रकारिता तर अझै पनि सरलाजीले लेखे जस्तै छ।

अझै पनि नेताको मुखमा माइक जोत्नु नै ठूलो ठान्छन् पत्रकार मित्रहरु। उनका कुरा टिपनटापन गर्नु, अझ उनकै कार्यकर्ता जसरी प्रस्तुत हुनु अनि समाचार लेख्नु। नेताले यस्तो भन्यो र उ नेताले उस्तो भन्यो भन्ने समाचारहरु प्रमुखताको साथ छापिन्छन्।

मैले काम गर्दा ताका वरिष्ठ पत्रकार मित्रहरुले आफैले नेताजीलाई फोन गरेर दाइ मैले यो सामाचारमा तपाईंको यस्तो भनाई राख्देको छु है भन्ने गरेका घटनाहरु आँखै अगाडि देखेको सुनेको छु। सायद यसैले त होला पार्टीगत पत्रकारिता, अझ भनौ पार्टीगत पत्रकारहरु फस्टाएका। होइन भने पत्रकार, पत्रकार भएरै बस्न सक्दैनन र? किन चाहियो प्रेस चौतारी, प्रेस युनियनलगायत?

लोकतान्त्रिक प्रक्रिया होला तर दल विशेष झण्डा बोकेका पत्रकारले निस्पक्ष पत्रकारिता गर्लान् र? अझ भर्खरै केहि पत्रकारहरुलाई दलको नेताले सपथ खुवाएको समाचारले पनि हलचल मच्चायो।

गत संविधानसभाको चुनाव अगाडिको पत्रिकाहरु हेर्‍याे भने पत्रपत्रिकाले नेताहरुको भाषणमा आधारित रही एकदिन संविधानसभाको चुनाव हुँदैन भन्ने नेताको समाचार प्रमुखताको साथ छापिन्थ्यो। भने भोलिपल्टै चुनाव हुन्छ भनेर अर्को कुनै नेताको छापिन्थ्यो। अनि फेरि हुँदैन भनेर। यो क्रम महिनौ चलिरह्यो। अझ भनौं कहिले काँही त एउटै नेताको विभिन्न ठाऊँको भाषणमा फरक-फरक कुरा छापिन्थे।

अहिले नै हेर्नुस् न प्रचण्डजी जता-जता जानुहुन्छ, यो प्रदेशको राजधानी ‘यहीँ’ ठाऊँ हुन्छ भनेर घोषणा गर्दिनुहुन्छ, अनि समाचार आऊछ। त्यसलाई समाचारै नबनाए के हुन्छ? पत्रिका बिक्दैन। कि पत्रकारिता मर्छ। नेता र राजनीति मोह अलि बढी नै भयो कि?

प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
सम्बन्धित सामग्री
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्