• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ
मलेसियामा नेपाली कामदारको चरम श्रम शोषण 
64x64
नेपाल लाइभ शनिबार, माघ १८, २०७६  ०६:३०
1140x725

काठमाडौं- मलेसियामा नेपाली कामदारहरुको चरम श्रमशोषण भइरहेको पाइएको छ। 

मलेसियाली रोजगारदाताले श्रमिकहरुलाई जबर्जस्ती काममा लगाउने तर पारिश्रमिक तथा सेवासुविधा नदिने गरेको मलेसियामा कार्यरत नेपाली श्रमिकले सामाजिक सञ्जालमार्फत नेपाल लाइभसँग गुनासो गरेका छन्। दित्या म्यानपावर कम्पनीमार्फत् मलेसियाको पोर्ट केलाङस्थित स्यारिकात बिन्ताङ सेम्बिलान कम्पनीमा कार्गो काममा पुगेका सिन्धुलीका विष्णुबहादुर मानन्धरसहित ४९ युवा अलपत्र परेका छन्।

मलेसिया जानुअगाडि म्यानपावरले देखाएको करारनामा पत्रमा १७ सय मलेसियन रिंगेट पारिश्रमिकसहित ओभरटाइम सुविधासमेत दिइने उल्लेख गरिएको छ। तर उनीहरु काममा दिनरात घोटिँदा न त भनेजस्तो सेवासुविधा पाएका छन् न न्यूनतम पारिश्रमिक नै।  

‘भनेअनुसार तलब र सेवासुविधा नै नपाएपछि हामी नेपाल फर्कन खोजिरहेका छौँ, न कम्पनीले नेपाल फर्काउँछ न तलब दिन्छ, जर्बजस्ती काम गर्न बाध्य पारिएको छ’ सिन्धुलीका मानन्धरले फेसबुकमार्फत् नेपाल लाइभलाई सुनाए। 

नेपाल फर्काइदिन विभागमा पत्र
पछिल्लो समय युवाहरु मलेसियामा समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागमा समेत उजुरी गर्न थालेका छन्। दित्या म्यानपावर कम्पनीमार्फत डेढलाखदेखि १ लाख ८० हजारसम्म बुझाएर मलेसिया पुगेका सिन्धुलीका मानन्धरसहित अन्य ४९ युवाले आफूहरु समस्यामा परेको भन्दै नेपाल फिर्ताका लागि पहल गर्न वैदेशिक रोजगार विभागमा समेत पत्राचार गरेका छन्। 

विभागका महानिर्देशक भीष्मकुमार भुसाललाई सम्बोधन गर्दै लेखिएको पत्रमा भनिएको छ-‘न्युनतम पारिश्रमिकलगायत अन्य सेवासुविधा केही नपाएको हुँदा तुरुन्त नेपाल फर्काउन लगाई मलेसिया जाँदा लागेको लागत फिर्ता गराउन लगाइदिनु होला।’

डाइको प्याक एसडीएन बीएचडी कम्पनीमा २१ श्रमिक अलपत्र
मलेसियास्थित डाइको प्याक एसडीएन बीएचडी कम्पनीमा कार्यरत रौतहटका शेख हसिमसहित २१ नेपाली श्रमिक चरम श्रम शोषणमा परेको गुनासो गरेका छन्। जेएनएस इन्टरनेशनल म्यानपावर कम्पनीबाट हालै मलेसिया पुगेका उनीहरुलाई कम्पनीले काममात्र लगाउने पारिश्रमिक नदिने र हप्काउने गरेको पाइएको छ। 

उनीहरुले पनि करारनामा उल्लेख भएअनुसारको पारिश्रमिक तथा सेवासुविधा पाउन सकेका छैनन्। 

करारनामामा खाना, बस्ने, यातायात सुविधा सबै समेटिएको उल्लेख गरिएको छ। बिमा, उपचार बिदालगायत पारिश्रमिक पनि दैनिक ८ घण्टा कामको मासिक ११ सय रिंगेट भनिएको छ । तर उनीहरुले भनेअनुसार तलब पाएका छैनन्। खाने बस्नेसमेत राम्रो व्यवस्था नभएको श्रमिकहरुको गुनासो छ। 

जिफन्ट मलेसियामा उनीहरुले आफूहरु रोजगारदाताबाट त्रासमा रहेर काम गर्न बाध्य रहेको गुनासो गरेका छन्। जिफन्ट मलेसियाका संयोजक बेदकुमार खतिवडाले सरकारले लागू गरेको फ्रि भिसा फ्रि टिकट हात्तीको दाँतजस्तै भएको बताए। 

संयोजक खतिवडा भन्छन्, ‘सरकारले फ्रि भिसा, फ्रि टिकट भनेर व्यापक प्रचारका साथै ठगीका सम्बन्धमा कडाइ गरेको देखाए पनि हात्तीको दाँतजस्तै भएको छ। देखाउने अर्कै भित्र अर्कै । मलेसियामा नेपाली श्रमिकको चरम श्रम शोषण भइरहेको छ।’ 

मलेसिया–नेपालबीच शून्य लागतको श्रम समझदारी भइसके पनि लाखौँ रकम बुझाएर मलेसिया पुगेका नेपाली श्रमिकको चरम श्रमशोषण भइरहेको जिफन्ट मलेसियाको दावी छ। मलेसियामा कार्यरत नेपाली श्रमिकसँग नेपाल लाइभले कुराकानी गर्दासमेत उनीहरुले आफूहरु चरम श्रम शोषणमा परेको बताएका छन्। 

कार्यान्वयन भएन शून्य लागतको समझदारी
नेपाल–मलेसियाबीच शून्य लागतको श्रम समझदारीमा नेपाली श्रमिकहरुले मलेसियन नागरिकसरह सेवासुविधा पाउने उल्लेख भए पनि मलेसियामा समझदारी कार्यान्वयन भएको पाइँदैन। यस सम्बन्धमा नेपाल लाइभले यसअघि नै अझै कार्यान्वयन भएन नेपाल–मलेसिया श्रम समझदारी शीर्षकमा समाचार प्रकाशन गरिसकेको छ । 

श्रम समझदारीमा उल्लेख भएअनुसार नेपाली श्रमिकहरुले मलेसिया जाँदा १ रुपैयाँ पनि खर्च गर्नु पर्दैन। म्यानपावरको सेवाशुल्क पनि रोजगारदाताले नै दिन्छन्। मलेसिया जाँदा लागेको स्वास्थ्य परीक्षण तथा सुरक्षा जाँच शूल्कसमेत पहिलो महिनाको पारिश्रमिकसँगै श्रमिकले फिर्ता पाउँछन्। 

बिरामी हुँदा उपचार खर्च, बिदा, तथा पासपोर्टसमेत श्रमिकहरु आफैँले राख्न पाउने श्रमिकहरुसँग अधिकार रहन्छ। तर मलेसियामा नेपाली श्रमिकहरुको पासपोर्ट रोजगारदाताले जफत गरी उनीहरुलाई जबरजस्ती काममा लगाउने गरेका छन्। भनेजस्तो काम नभएपछि नेपाल फर्किन्छु भन्दा पनि श्रमिकहरु फर्कन पाउँदैनन्। 

साथीको खातामा तलब
मलेसियाको स्क्युडी सेक्युरिटी जोइन्ट सर्भिस कम्पनीमा बसुन्धारास्थित ग्रीन लाइट म्यानपावर कम्पनीमार्फत् सेक्युरिटी गार्ड काममा पुगेका एक युवालाई कम्पनीले तलब पनि साथीको खातामा हालिदिन्छ। 

‘आफ्नो एटिएम कार्ड पनि छैन, साथीको खातामा कम्पनीले तलब राखिदिन्छ त्यो पनि एकदम कम छ,’ती युवाले भने, ‘अनेक शीर्षक देखाएर तलब पनि कटाउँछ।’ कम्पनीले बिरामी हुँदासमेत उपचार गराउँदैन। टाउको दुखेर सिटामोल खाए पनि कामदारकै तलबबाट पैसा कटाउँछ। 

मलेसिया सेलाङ्गरस्थित सो कम्पनीमा २ सयभन्दा बढी नेपाली श्रमिक कार्यरत छन्। उक्त कम्पनीले ती सबै श्रमिकलाई बाध्यकारी श्रममा लगाएको पाइएको छ। आफ्नो नाम खुलाउँदा कम्पनीले थप दुःख दिने भन्दै ती युवाले नाम खुलाउन चाहेनन्। 

‘समझदारी कार्यान्वयनका लागि डिमाण्डमै कडाइ’
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले मलेसिया र नेपालबीच भएको शून्य लागतको श्रम समझदारी कार्यान्वयका लागि कुटनीतिक पहल गर्ने बताए। 

मलेसियाली रोजगारदाताबाट म्यानपावरले डिमाण्ड ल्याउँदा नै यस विषयलाई थप कडाइ गर्ने मन्त्री यादवले जानकारी दिए। ‘म्यानपावरले डिमाण्ड ल्याउँदा समझदारीअनुसार कामदारलाई सेवासुविधा दिने रोजगारदाताबाट ल्याउनुपर्दछ। समझदारी कार्यान्वयन नगर्ने रोजगारदातासम्म कामदार पुर्‍याउने म्यानपावरलाई पनि कारबाही हुन्छ’ मन्त्री यादवले नेपाल लाईभसँग भने। 

मलेसियाली म्यानपावर कम्पनीले त्यहाँका रोजगारदातासँग समन्वय गर्ने हुँदा समझदारीअनुसार श्रमिकलाई सेवासुविधाका लागि म्यानपावरले पनि मागपत्र ल्याउने बेलामा पहल गर्नुपर्ने मन्त्री यादवको भनाइ छ। 

प्रकाशित मिति: शनिबार, माघ १८, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकी सहयोग कटौतीले २०३० सम्म १ करोड ४० लाखभन्दा बढीको ज्यान जाने खतरा: द ल्यानसेटको रिपोर्ट
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने
प्रतिनिधिसभाको बैठक बस्दै,यस्ता छन् कार्यसूची
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अमेरिकी सहयोग कटौतीले २०३० सम्म १ करोड ४० लाखभन्दा बढीको ज्यान जाने खतरा: द ल्यानसेटको रिपोर्ट सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने सोमबार, असार २३, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै,यस्ता छन् कार्यसूची सोमबार, असार २३, २०८२
श्रम मन्त्रालयको गाडी दुरुपयोगपछि एक साताभित्र सवारी विवरण उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयको सर्कुलर आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्