जनकपुर- राष्ट्रियसभा निर्वाचनअन्तर्गत प्रदेश २ मा महिला तर्फबाट तुलसा दाहाल विजयी भएकी छन्।
बिहीबार सम्पन्न निर्वाचनमा उनले कुल ५ हजार २ सय ८ मत प्राप्त गरिन्। उनकी निकट प्रतिस्पर्धी नगिना यादवले भने ४ हजार ६ सय ४० मत पाइन्।
दाहाल नेकपा र राजपाको साझा उम्मेदवार हुन्।
प्रदेश २ मा महिला, दलित, अल्पसंख्यक र अन्यलगायत चार पदको लागि निर्वाचन भएको थियो। मतगणना जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।