• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

‘कसैले न्यायाधीशलाई प्रभावित पारेर एकछिन उन्मुक्ति पाउला तर सातपुस्ता छोडिने छैन’

64x64
नेपाल लाइभ बुधबार, चैत २१, २०७४  ००:१८
1140x725

काठमाडौं– नेपालको न्यायिक क्षेत्र कमजोर अवस्थामा पुगेका बेला कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका छन्, नेकपा एमालेका नेता शेरबहादुर तामाङ। न्यायालयमाथि प्रश्न चिह्न उठिरहेका बेला र जनताको विश्वास गुम्दै गएको बेला तामाङले न्याय क्षेत्रलाई कसरी हाँक्लान् भन्ने चुनौती छ। न्यायालयलाई पारदर्शी र अदालतका फैसलाप्रति जनताको विश्वास बढाउन निकै मिहिनेत गर्नुपर्ने अवस्था छ। सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति सम्सेर राणालाई पराजित गरेर आएका तामाङ कानुन व्यवसायी समेत हुन्। नयाँ संविधानको कार्यान्वयन, संघीय व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण, अदालतको पुनःसंरचना र पारदर्शिता, न्यायालयको फैसलामा जनताको विश्वास लगायतका विषयमा कानुनमन्त्री तामाङसँग दुर्गा दुलालले गरेको कुराकानीः

कानुन मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ, चुनौती के हुन भन्ने लाग्छ? 

चुनौती त खासै केही छैन। काम गर्नेलाई चुनौतीको खासै ‘फिलिङ’ हुँदैन। जहाँ चुनौती, त्यहाँ अवसर छ। अहिले नयाँ संविधान अनुसारका नयाँ कानुन ७५ अशोज ३ गतेअघि नै बनाउनुपर्ने भएकाले समय कम छ। समयको अभाव छ, तर काम समयमै सम्पन्न गर्नुपर्ने अवसर छ भन्ने रुपमा मैले लिएको छु। 

कानुन बनाउने समय छोटो छ, यसलाई कसरी व्यवस्थापन गर्ने योजनामा हुनुहुन्छ?

अहिले संविधान कार्यान्वयनका लागि कानुन निर्माण गर्न समय एकदम कम छ। कानुन मन्त्रालयका कर्मचारीहरु बिदा नलिएर काममा खटिनु भएको छ। हामी संविधान कार्यान्वयनका कानुन मस्यौदाको प्रक्रियामा छौं। सबै काुनन धमाधम मस्यौदा भइरेहका छन्। ती कानुन नियमित संसद्को अधिवेशनमा लैजानुपर्ने भएकाले रातदिन यही काममा म पनि कर्मचारीसँगै खटिरहेको छु। 

स्थानीय तह र प्रदेशमा समेत कानुन छैनन्। यसको व्यवस्थापन कसरी हुँदैछ? 

प्रदेशहरु अहिले संविधानका भरमा मात्रै चलेका छन्। यसलाई आवश्यक कानुन दिनुपर्ने कामलाई मैले पहिलो प्राथमिकता निर्धारण गरेको छु। यसका लागि नमूना कानुन बन्दैछन्। स्थानीय तहलाई ६ र प्रदेशलाई २२ कानुन चाहिने देखिएको छ। मन्त्रालयले ५ वटा नमूना कानुन प्रदेशसभाका लागि पठाएको छ र बाँकी एक सातामै पठाउने तयारीमा छौं। 

अदालतको विषयमा धेरै गुनासो आएका छन्, यस विषयमा के भन्नु हुन्छ? 

Ncell 2
Ncell 2
nimb
nimb

अदालतप्रति जनगुनासो तीव्र छ। सरकारले कुनै अपराधी, भ्रष्टाचारी, बलात्कारी लिएर अदालतमा बुझाएको हुन्छ, तर के कारणले अदालतबाट सफाइ पाउँछ? भन्ने प्रश्न आमरुपमा उठेको छ। त्यसप्रति जनताको ठूलो आक्रोश र गुनासो छ। 

अदालत सफा, निष्पक्ष र स्वतन्त्र नभएसम्म राज्यका अरु अंगमा पनि स्वच्छता नआउँदो रहेछ। त्यसैले अदालतलाई निष्पक्ष, स्वतन्त्र, सफा, पारदर्शी र जनमुखी बनाउन सके जनतामा यसप्रति विश्वास बढ्छ। अदालत बलियो हुनासाथ अरु अंगले गरेका अनियमितता स्वतः साइजमा आउँछ। अदालतलाई जनमुखी बनाउने, पीडितलाई न्याय दिने र पीडकलाई दण्डित गर्ने काममा सरकारले सहजीकरण गर्छ। 

पछिल्लो समयमा अदालतको न्याय सम्पादनलाई लिएर प्रश्न उठेका छन्। अदालतभित्रको समस्यालाई कसरी लिनुभएको छ?

निश्चय नै, अदालतबाट सम्पादन गरिएका कामकारबाहीमाथि प्रश्न उठेका छन्। अदालतमा बसेका धेरै मानिसको नाममा प्रश्न उठे। कतिपय विषयमा एउटै अदालतमा न्यायाधीश फरक हुने बित्तिकै फैसला फरक आउने के कारणले भएको हो त्यसको खोजी हुन्छ। अदालतले गरेका काम निष्पक्ष र पारदर्शी हुनुपर्छ। त्यसका लागि मेरा निश्चित योजना छन्। 

Xtrem

Xtrem

मैले अदालतमा साधन–स्रोतको कमी पाएको छु। त्यसको अभावमा बाहिरी विभिन्न संघ, संस्था आउने र अदालतलाई प्रभावित पर्ने काम भइरहेको देखिएको छ। अदालतलाई बाहिरी प्रभावबाट स्वतन्त्र राख्न सरकारले अदालतलाई चाहिने सबै सेवा, साधन, स्रोत उपलब्ध गराउने र अदालतले निष्पक्ष न्याय सम्पादन गर्नेगरी अगाडि बढ्छु। 

अन्तर्राष्ट्रिय संघ–संस्था र विदेशी सहयोगमा आधारित एनजिओको कुरा गर्नुभएको हो?

हो, अदालतभित्र त्यसरी प्रत्यक्ष प्रवेश गर्न हुँदैन। अदालतले कसैले सहयोग लिन हुँदैन। राज्यको निगरानी बेगर सहयोग लिए न्यायालय कुनै फैसलामा प्रभावित हुन सक्छ। न्यायालयलाई स्वतन्त्र राख्न सरकारले साधन–स्रोत उपलब्ध गराउनुपर्छ। 

राज्यको प्रमुख अंग हो न्यायालय। सहयोग चाहिने अवस्था आए सरकारको माध्यमबाट लिन सकिन्छ। त्यस्तो नहोस् भन्ने कुरामा सचेतनापूर्वक लाग्नुपर्छ।

न्यायपरिषद् र अदालतलाई पुनःसंरचना गर्नुपर्छ भन्ने बहस चलेको छ। यसमा तपाईंको धारणा के छ?

न्यायपरिषद् सदस्यका विषयमा विगतका केही कामले प्रश्न उब्जिएको छ। न्यायपरिषद्ले सम्पादन गरेका काममाथि समेत प्रश्न उठेका छन्। न्यायपरिषद्का सबै सदस्य पारदर्शी हुनुपर्ने विषय प्राथमिकताका साथ उठेको छ। उनीहरुका क्रियाकलाप, व्यक्तिगत सम्पत्ति र अन्य विवरण सबै पारदर्शी ढंगले जनतामाझ आउनुपर्छ। 

न्यायाधीशको सम्पत्ति छानबिन गर्ने विषय समेत उठिरहेको छ। यसमा के भन्नुहुन्छ? 

न्यायपरिषद् ऐनमा व्यवस्था छ। अहिले भएको व्यवस्थाले पुग्दैन भने कानुन बनाएर अघि बढ्छौं। किनभने, लोकतन्त्रमा पारदर्शिता अहम् कुरा हो। न्यायालय स्वच्छ, सफा, निष्पक्ष र स्वतन्त्र भए मात्र न्याय सम्पादन जनमुखी हुन्छ। यदि न्याय सम्पादनमा प्रश्न उठे, रोक्ने काम सरकारले गर्छ। 

सुशासन, पारदर्शिता र भ्रष्टाचार विहीन समाजको कुरा गर्दा सबै सार्वजिक पद धारण गरेका व्यक्तिले सम्पत्ति सार्वजनिक गर्नुपर्छ। भएका कानुनले सम्बोधन गर्छ भने हुन्छ, नभएर नयाँ कानुन बनाएर पनि सार्वजनिक गर्ने विधि अगाडि बढाउँछु। 

न्यायाधीशको सम्पत्ति सार्वजनिक हुनुपर्छ भन्नु भएको छ, सार्वजनिक भएपछि अस्वभाविक देखिएमा छानविन हुन्छ कि हुँदैन?  

पहिलो कुरा त, विगतदेखि गोप्य रहेको सम्पति सार्वजनिक गर्नु हो। सम्पत्ति सार्वजनिक भएपछि छानबिन स्वभाविक हो। त्यसैका लागि सार्वजनिक गर्ने हो। एक वर्षपछि सम्पत्ति सार्वजनिक अपडेट हुँदा उसको सम्पत्ति अस्वभावित ढंगले वृद्धि भए स्वतः छानविनमा जान्छ। त्यसैले त्यो छानविनकै लागि हो भनेर बुझन जरुरी छ। 

विगतमा आर्जन गरेको सम्पत्तिमा छानविन हुन्छ कि हुँदैन?

कानुनहरु भूतप्रभावित हुन्छन्। विगतमा भएका कामहरु हेर्ने कानुन छ। वैधानिक तहबाट कसैले सम्पत्ति आर्जन गरे उसलाई धन्यवाद दिनुपर्छ। तर, राज्यलाई नोक्सान हुनेगरी काम गरेको छ भने ती सबै खोतलिन्छ।

सर्वोच्च अदालत इतिहासकै कमजोर अवस्थामा छ। यसलाई सवल बनाउन के गर्ने सोचमा हुनुहुन्छ? 

सर्वोच्च अदालत न्यायालयको सर्वोच्च स्थल हो। जहाँबाट सम्पादन गरिएका निर्णय, फैसलाहरु आफैंमा कानुन भएर अगाडि बढ्छ। त्यहाँ हुने न्याय सम्पादनका विषयमा साँच्चै गम्भीर भएर सोच्नुपर्छ। पछिल्लो चरणमा गम्भीरता नभएको भन्ने गुनासो छ। हामी न्यायपरिषद्बाट अध्यनन गर्छौं। अब त्यहीँ बसेर कार्य सम्पादनको पुनर्विचार गर्छौं। न्यायालयबाट गरिएका फैसलाले जनतालाई प्रत्यक्ष नकारात्मक असर गरको छ भने त्यस्ता फैसलाको पुनर्विचार गर्नुपर्‍यो।

अहिले अरबौंको भ्रष्टाचार मुद्दामा अन्तरिम आदेश भएर बसेको छ। अन्तरिम आदेशलाई अन्तिम आदेशका बेला अध्ययन त गर्नुपर्‍यो। अन्तरिम आदेश हुदाँसमेत राज्यलाई ठूलो आर्थिक नोक्सानी भएको छ। त्यसलाई हेर्ने समेत कुनै न कुनै निकाय हुन्छ। भ्रष्टाचार गरेर न्यायालयका कुनै न्यायाधीशलाई प्रभावित पारेर केही दिन बच्न सकिएला, एकछिन उन्मुक्ति पाउन सकिएला। तर, कसैले उन्मुक्ति पाउनेछैन, सात पुस्तासम्म छोडिने छैन। त्यसैले कसैलाई प्रभावित पारेर सफाइ पाएर हिँड्छ भने त्यसको पुनर्विचार हुन्छ।

विगतमा न्यायपरिषदले नियुक्त गरेका न्यायाधीशहरु पार्टी कार्यालय जाने र पार्टीका व्यक्ति नै परिषद्मा गएर न्यायाधीश नियुक्त गर्ने सम्मका विषय बाहिर आए, त्यसलाई रोक्न के गर्नुहुन्छ?

यो वास्तवमा नमूना घटना हो। कोही व्यक्ति न्यायाधीश नियुक्ति हुनुअघि पार्टीको सदस्य र समर्थक हुन सक्छ। उसको क्षमता, योग्यता पुगेको छ भने नियुक्त हुनै पाउँदैन भन्ने हुँदैन। तर, नियुक्त भएपछि पार्टीको विचारधारा र सम्बद्धताका आधारमा निर्णय भए, पार्टीका आन्तरिक कार्यक्रममा सहभागिता जनाउने काम भए प्रश्न त उठ्छ। तर, अब यस्तो हुँदैन।

द्वन्द्वकालीन मुद्दाको छानविन गर्न गठन भएका आयोगहरुको म्याद १ वर्ष थपिएको छ। तर, ऐन संशोधन भएको छैन, कहिले हुन्छ संशोधन?

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको ऐन सर्वोच्चको आदेश बमोजिम संशोधन गर्ने तयारीको अन्तिम चरणमा छौं। व्यवस्थापिका संसद्ले आयोगहरुको म्याद थपको विधेयक पारित गरेकाले त्यसको प्रतिस्थापन विधेयक सँगसँगै ऐन संशोधनको विधेयक पनि आउँछ। 

अब धेरै समय थप्नु उपयुक्त हुँदैन। द्वन्द्वकालीन विषय चाँडै टुंग्याउनुपर्छ। सधैं द्वन्द्वको घाउ कोट्याएर, चर्काएर बसिरहने समय छैन। हिजो हामीले गरेका आन्दोलन, युद्ध सबै राष्ट्र निर्माण र समृद्धिका लागि थिए। अब समृद्धि र विकासको एजेन्डामा अगाडि बढ्नुपर्ने बेला भएकाले सबैको अन्त्य गर्नुपर्छ। अब सत्य निरुपण तथा मेलमिलाप आयोगलाई एउटा कार्यादेश दिएर छिटै उसले काम सम्पन्न गर्नुपर्छ। राजनीतिक रुपमा एउटा समझादरी समेत बनाउनुपर्छ। साधारण अदालतले हेर्ने मुद्दा भए त्यसले हेर्नुपर्छ, नभए आयोगले यसलाई निष्कर्ष दिनुपर्छ।

संसद्‌मा चाँडै प्रतिस्थापन विधेयक पेश गर्नुपर्नेछ। बजेट अधिवेशनपछि चालू अधिवेशनमै प्रतिस्थापन विधेयक र संशोधन विधेयक पेश गर्ने तयारीमा छौं। अर्को अधिवेशनमा पारित गरेर पूर्ण रुपमा आयोगलाई काम गर्ने वातावरण दिन्छौं। 

अन्तर्राष्ट्रिय समुदाय, पीडित र अधिकारकर्मीमा अदालतको फैसला र अन्तर्राष्ट्रिय कानुन अनुसार ऐन संशोधन हुँदैन कि भन्ने संशय छ नि? 

गम्भीर प्रकृतिका, खासगरी कब्जामा लिएर यातना दिइएको घटनामा कसैले चाहेर पनि माफी हुँदैन। हिजो विद्रोही र सरकारी पक्षबाट भएका गम्भीर प्रकृतिका आपराधिक घटनामा अन्तर्राष्ट्रिय मापदण्डको विधिभित्रै रहेर समाधान खोज्छौं। त्यही अनुसार अघि बढ्छौं। कोही पनि पीडित आत्तिनुपर्ने र डराउनुपर्ने अवस्था छैन। 

अन्त्यमा, सर्वोच्च अदालतले कहिले नयाँ प्रधानन्यायाधीश पाउँछ? 

न्याय परिषद्बाट प्रक्रिया अगाडि बढाइसकेका छौं। अब संवैधानिक परिषदले सिफारिस गर्छ। संसदको सुनुवाइ समिति बन्यो भने संवैधानिक परिषद् बसेर चाँडै त्यसको काम सम्पन्न हुन्छ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०७४  ००:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
सामसङ नेपालद्वारा 'ग्यालेक्सी ए०८ एलटीई' सार्वजनिक, एआई फिचर, ६ हजार एमएएच ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट कम दाममा राम्रो एआई फिचर, भरपर्दो काम गर्ने क्षमता, बलियो सुरक्षा र लामो समयसम्म चल्ने किफायती फोन खोजिरहेका युवाहरूका लागि यो फोन ब... बुधबार, असोज २१, २०८३
अनर ट्रिपल फेस्टः तीन चाडको बहार, उपहारै उपहार, ८ जनालाई थाइल्यान्ड भ्रमणको अवसर अभियानअन्तर्गत अनरका स्मार्टफोन तथा ट्याब्लेट खरिद गर्ने ग्राहकले विभिन्न आकर्षक उपहारसँगै थाइल्यान्ड भ्रमणको अवसरसमेत पाउने भएका छन... बुधबार, असोज २१, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन र युवापुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले कम्पनीले खेलाडीसँग सहकार्य गरेको जना... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्