• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन १५, २०८२ Fri, Feb 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एमसिसी परियोजना चीनको रेल रोक्ने अमेरिकी रणनीति : लिलामणि पोखरेल 

64x64
नेपाल लाइभ बुधबार, माघ ८, २०७६  १९:५२
1140x725

काठमाडौं- नेकपा स्थायी समिति सदस्य लिलामणि पोखरेलले अमेरिकी एमसिसी कम्प्याक्ट परियोजना चिनियाँ रेल रोक्न ल्याइएको बताएका छन्। बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘अमेरिकाले एशियाको एकीकृत शक्तिलाई रोक्न इन्डो प्यासिफिक स्ट्रयाटेजी अघि सारेको हो। चीनलाई रोक्न एमसिसी अघि सारेको हो ।’ उनले उक्त कार्यक्रममा व्यक्त गरेका विचार जस्ताको तस्तैः

अमेरिकी राजदूत र्‍यान्डी बेरीले १० वटा सत्य भनेर सार्वजनिक गरेपछि एमसिसीविरुद्धको स्वर र विचार कमजोर देखियो भन्ने सुनेको छु। लोभीपापीहरूको विचार कमजोर भयो होला। तर, हाम्रो भएको छैन। 

एमसिसीबारे गरिएको महत्वपूर्ण प्रश्नमा राजदूतले छुँदै छुनुभएन। हाम्रो पहिलो कुरा के थियो भने एमसिसी इन्डोप्यासिफिक  स्ट्र्याटेजीअन्तर्गत सञ्चालित संरचना हो कि होइन? राजदूत महोदयका स्टाफले यसैको अंगका रुपमा रहेको बताएका थिए। अमेरिकी राजदूतको स्पष्टीकरणमा त्यसको खण्डन भएन।  एमसिसी इन्डो–प्यासिफिक परियोजनाअन्तर्गत नै भएको उनीहरूको प्रष्टीकरण थियो। 

‘नेपाली जनता खुसी भए अमेरिका खुसी हुन्छ। नेपाली स्वस्थ भए, अमेरिका स्वस्थ हुन्छ’– यो भनेको के हो?  एउटा सामान्य घर बनाउँदा इञ्जिनियरले इस्टिमेट दिन्छ। तर, यत्रो परियोजनाको डिपीआर  खोई? डिपीआरविना त्यत्रो परियोजना कसरी सञ्चालन हुन्छ?  अमेरिकाले ५० करोड डलर दिन्छ, हामीले १३ करोड लगानी गर्छौं। यत्रो परियोजनाको डिपीआर चाहिँदैन? डिपीआर नै सार्वजनिक नगरी परियोजना अघि बढ्ने भन्ने पनि हुन्छ र? यसले गर्दा संशय झन् बढाएको छ।

एमसिसी एकाउन्टको अफिस याक एन्ड यति होटलमा बस्छ। त्यहाँ १६ अर्ब खर्च गर्नेछ। केही मान्छेहरूले आत्मा बेच्न थालेका छन्। यसको विरोध गर्न छाडेका छन्। म भने जति दिन बित्दै जान्छ, त्यति एमसिसीविरुद्ध दृढ हुँदैछु। 

पूर्व–पश्चम राजमार्गकेन्द्रित गरेर विद्युत् प्रसारण लाइन निर्माण गरिएको छ।  मुजफ्फपुर–ढल्केबर प्रसारण लाइन बनिरहेको छ। एमसिसी परियोजनामार्फत् बन्न लागेको ४०० केभी प्रसारणलाइनको औचित्य के हो? 

काठमाडौंको लप्सेफेदीदेखि नुवाकोटको रातामाटे, रातामाटेबाट हेटौंडा र हेटौंडाबाट तनहुँ, पाल्पा हुँदै बुटवल किन प्रसारण लाइन बनाउन खोजिँदैछ? एमसिसी परियोजनाको रहस्य यहीँभित्र छ। किनकि, यहाँ चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला भएको सहमतिअनुसार यसैको वरिपरी भएर रेलमार्ग बन्ने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुँदैछ । चीनबाट आउने रेल रोक्नकै लागि यो परियोजना अघि बढाइँदैछ। लप्सेफेदी–बुटवल प्रसारण लाइनको औचित्य पुष्टि कुनै हालतमा हुन सक्दैन।

एमसिसी परियोजना संसदबाट पारित गरेपछिमात्रै लागू हुने तर संशोधनचाहिँ एमसीए (मिलेनियम च्यालेञ्ज एकाउन्ट)ले नै गर्न सक्ने देखिन्छ। सन्धि ऐनअनुसार सम्झौतासँग बाझिएको अवस्थामा नेपालको कानुन निस्क्रिय हुनेछ। अमेरिकाले चाहेको बेला सम्झौता रद्द गर्न सक्नेछ। तर नेपालले सम्झौता रद्द गर्दा  हर्जानासहित सम्पूर्ण रकम तिर्नुपर्ने प्रावधान छ। भारतले पनि एमसिसी परियोजनाअन्तर्गत १६ अर्ब रुपैयाँ लिएको छ। तर, उसका लागि यी कुनै शर्त लागू भएनन्, किन? यो अन्तर्राष्ट्रिय कानुनअनुसार होइन । करार ऐनअन्तर्गत सम्झौता हुनुपर्छ । यस्तो अवस्थामा आन्तरिक कानुन सुरक्षित हुन्छन् । 

Ncell 2
Ncell 2

इन्डोप्यासिफिकको अवधारणा एक भारतीयले २००८ मा अघि सारेका हुन्।  इन्डोप्यासिफिक एशिया प्यासिफिकको रुपान्तरण हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जापानमा गएका बेला इन्डिया, जापान र अस्ट्रेलियालाई रणनीतिक साझेदार बनाउँदै यसलाई पूर्णता दिएका हुन् । 

साझा विश्व निर्माणका लागि चीनले बिआरआइ (बेल्ट एन्ड रोड इनिसियटिभ्स) अवधारणा ल्याएको हो, जुन सन् २०१३ मा अघि सारिएको हो । केही समय पहिले चीन र अमेरिकाबीच व्यापार युद्ध भयो । अमेरिकालाई ३४४ बिलियन डलर घाटा भयो । त्यसअघि उनीहरू भूमण्डलीकरणको नारा दिइरहेका थिए। शून्य प्रतिशत भन्सारका कुरा उठाइरहेका थिए। अहिले उनीहरू संरक्षणवादतर्फ लागे । अमेरिकाले भन्सार शुल्क बढायो। बेलायत युरोपियन युनियनसँग अलग हुन ब्रेजिक्टमा गयो।  

अबको १०/२० वर्ष शक्ति र आर्थिक  शक्तिको केन्द्र एशिया हुनेछ। अमेरिकाले एशियाको एकीकृत शक्तिलाई रोक्न इन्डो प्यासिफिक स्ट्रयाटेजी अघि सारेको हो। चीनलाई रोक्न उसले एमसिसी अघि सारेको हो । 

एमसिसी परियोजना सुरक्षाका नाममा अमेरिकी सेना नेपाल आउनेछन्। यो त्यसैका लागि बनाइएको बाटो हो। एमसिसी परियोजनाले सिंगो मुलुकलाई घाटा गर्छ । म विश्वास गर्छु मेरा पार्टीका नेताहरूले मुलुकलाई घाटा हुने काम गर्नुहुने छैन।

(नेकपा स्थायी समिति सदस्य पोखरेलले राजधानीमा आयोजित एक कार्यक्रममा राखेका विचारको सम्पादित अंश)

प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फागुन २१ पछि देशको नेतृत्व नेकपाले सम्हाल्ने ‘प्रचण्ड’को दाबी
विनोद चौधरीद्वारा विकास केन्द्रित प्रतिबद्धता सार्वजनिक
‘सिस्टम नबनाएसम्म देश बन्दैन’ : गगन थापा
सम्बन्धित सामग्री
आज यी चार प्रदेशमा वर्षाको सम्भावना जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भूभागमा आं... शुक्रबार, फागुन १५, २०८२
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बीबीसी वल्र्ड सर्भिसले तयार गरेको वृत्तचित्र ‘सट लाइक द इनिमिज : इन्साइड नेपाल्स जेनजी अपराइजिङ’ मा प्रहरीको आन्तरिक दस्तावेज समावेश... बिहीबार, फागुन १४, २०८२
नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो ।... बिहीबार, फागुन १४, २०८२
ताजा समाचारसबै
बालेनको नेतृत्वमा नयाँ सरकार बन्छ, भ्रष्टाचारको अन्त्य हुन्छ : सोविता गाैतम शुक्रबार, फागुन १५, २०८२
फागुन २१ पछि देशको नेतृत्व नेकपाले सम्हाल्ने ‘प्रचण्ड’को दाबी शुक्रबार, फागुन १५, २०८२
विनोद चौधरीद्वारा विकास केन्द्रित प्रतिबद्धता सार्वजनिक शुक्रबार, फागुन १५, २०८२
‘सिस्टम नबनाएसम्म देश बन्दैन’ : गगन थापा शुक्रबार, फागुन १५, २०८२
काठमाडौँमा सार्वजनिक ठाउँमा भेला भएर होली मनाउन निषेध शुक्रबार, फागुन १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र बिहीबार, फागुन १४, २०८२
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु बिहीबार, फागुन १४, २०८२
टी–२० विश्वकप: जिम्बाब्वेविरुद्ध भारत ७२ रनले विजयी बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र बिहीबार, फागुन १४, २०८२
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्