• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

झिम्के मामा : जातकै कारण अपमानित हुनेहरूको कथा

64x64
नेपाल लाइभ सोमबार, माघ ६, २०७६  २१:०६
1140x725

काठमाडौं- करिब चार वर्षअघि कुनै पराइ गाउँबाट नयाँ नाता जोड्न नयाँ परिचयसहित देउराली गाउँमा आइपुगेको छ, झिम्के। 

उनको शिरमा ढाकाटोपी, काँधमा झोला र झोलाभित्र बाँसुरी कहिल्यै छुट्दैन। बासुरीको धुनजस्तै मिठो बोली‚ व्यवहारले उनले गाउँलेको मन जितेका छन्। गाउँमा साह्रो–गाह्रो पर्दा सबैले सबैभन्दा पहिले सम्झिने पात्रै उनी हुन्। 

गाउँलेहरू नै भन्छन्, ‘झिम्के आएपछि गाउँको मुहारै परिवर्तन भयो।’ गाउँमा बाटोघाटो बनाउनेदेखि मन्दिर बनाउने, कुलो खन्ने, पानी ल्याउने सबै काम उनकै अग्रसरतामा भयो। 

गाउँमै दिदी–भिनाजुको मनको नयाँ साइनो जोडेका छन् उनले। भान्जाहरू छन्। खुब माया गर्छन् भाञ्जाहरूलाई। स्कुल पुर्‍याउने‚ ल्याउने सबै आफैं गर्छन्। 

गाउँमा कसैको बिहे गराउन होस् या मलामी जान, अघि सरिहाल्छन्। त्यसैले त पाहुना बनेर आइपुगेका यिनी केही वर्षमै गाउँका ‘नायक’ भए। 

तर, एक दिन जब गाउँलेलाई झिम्केको यथार्थ थाहा हुन्छ, गाउँको सर्वप्रिय एकाएक घृणाको पात्र बन्छन्। कारण– उनी दलित हुनु।

गाउँको पुजारी काका हुँदै जब सबैतिर झिम्केको यो यथार्थ खुल्छ, त्यसपछि गाउँमा विभेदको आगो दन्किन्छ। 

झिम्के खासमा सार्की हुन्छन्। गाउँमा चोरीको झुटो आरोप लागेपछि नै उनी भाग्दैभाग्दै देउराली आइपुगेका हुन्छन्- नयाँ संसारको खोजीमा। तर‚ आफ्नो गाउँमा झैं अपमानित हुने भयले उसले त्यहाँ आफूलाई टिस्टुङ - पालुङको बस्नेत काजी भनेर परिचय दिएका हुन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

जब गाउँलेले उनको वास्तविकता चाल पाउँछन् – गाउँ निकालाको निर्णय गर्छन्। उनले गाउँको पानी पिउन त परको कुरा, धारा छुनसम्म पाउँदैनन्। मनले बनाएको भिनाजुसम्मले भन्छन्, ‘यो ज्यानमा त्यो गधाको रगत छ।’

झिम्केलाई यो अपमान र विभेदको पीडा असह्य हुन्छ। देउरालीमा आफैंले निर्माण गरेको मन्दिरमा गएर उनले आत्महत्या गर्छन्। 

मरेपछि पनि सुख पाउँदैनन् उनले। दुनियाँको शव उठाउन अघि सर्ने उनकै शव अलपत्र पर्छ। तीनदिनसम्म शव अलपत्र पर्छ। 

मामाको शव अलपत्र परेको देखेर कलिलो भाञ्जाले आफ्नी आमालाई सोध्छन्, ‘आमा, मामालाई किन कसैले नउठा’को?’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आमा भन्छिन्, ‘तेरो मामा सार्की हो। छुनु हुँदैन। गाउँबाट सबैले निकाल्छन्।’

छोराले पुनः सोध्छन्‚ ‘सार्की मान्छे होइन र?’

नाटकभित्र छोराले आमालाई त्यो घतलाग्दो प्रश्न सोधिरहँदा यो पंक्तिकारलाई कवि बिनोदविक्रम केसीको कविता‚ ‘कवाडखाना’को हरफको सम्झना आयो- 

‘हाडमासु र खुन–खनिजले बनेको मान्छेलाई
सिसी, कागज र फलामको पिण्डमात्रै देखेपछि
मान्छेलाई मान्छे नदेखेपछि
तिमीपनि त मान्छे रहँदैनौ’

उनको यो कविताले मधेसीलाई काठमाडौं या सत्ताले हेर्ने आधारभूत र झुर दृष्टिकोणप्रति प्रहार गरेको थियो। दलितका हकमा पनि आजसम्म यो दृष्टिकोण उसैगरी जरा गाडेर बसिरहेको प्रदिप चौधरीले निर्देशन गरेको नाटक ‘झिम्के मामा’ले देखायो। 

मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘झिम्के मामा’ले जातका कारण सदियौँदेखि अपमान र विभेद भोग्दै आइरहेका मान्छेको कथा भन्छ। 

०००

कला बिटमा कलम चलाउने भएकाले यी पंक्तिकारको प्रायःकलाकारसँग भेट भइरहन्छ। त्यस्तै एकपल्ट लोकगायक प्रकाश सपुतसँग अन्तरवार्ताका क्रममा भेट हुँदा उनले दलित भएका कारण आफूले भोगेको विभेदको लामो कथा सुनाएका थिए। 

गाउँमा त भोगेकै थिए, शिक्षित र आधुनिकहरू बस्ने मानिएको काठमाडौं शहरले समेत उनलाई त्यो भोगाइबाट मुक्त गराएन। झन् बल्झायो। जातकै कारण तीन ठाउँ डेरा सर्नुपर्यो। 

नाटक ‘झिम्के मामा’ हेरिरहँदा प्रकाशले सुनाएका ती विभेदका कथा पनि सम्झनामा आए। 

०००

अब फेरि नाटकतिर फर्कौं। नाटकले उठाएको कथा नयाँ होइन। वर्षौंदेखि सिनेमा, नाटक, गीतमार्फत उठिरहेका विषय नै हुन्। 

फरक यत्ति हो, निर्देशक चौधरीले यसको निर्देशकीय प्रस्तुतिमार्फत फरक स्वाद पस्कने जमर्को गरेका छन्। तर नाटक हेर्दा ‘झिम्के मामा’को चरित्रलाई गाउँको ‘नायक’ स्थापित गर्न निर्देशकले बढी नै समय खर्चिएको महसुश हुन्छ। 

नाटकमा जसरी झिम्केलाई गाउँको मुहार नै परिवर्तन गरेको पात्रका रुपमा चिनाइएको छ, दृश्यमा त्यो महसुश गराउन निर्देशकले गरेको मिहनेत कम लाग्छ। 

नाटकका लागि गरिएको ‘सेट डिजाइन’ दर्शकलाई अल्मलाउने खालको छ। नाटकमा देउराली, मन्दिर र गाउँका घरहरूबीचको दुरी बढी छ। तर, ‘सेट डिजाइन’ले एउटै लोकेसनमा गफ गरिरहेको महसुश गराइदिन्छ। 

नाटकको सुरुवाततिर देउरालीमा हुने गफगाफ लामो र ‘बोरिङ’ लाग्छ। चौतारामा हुने गफगाफले धेरैपल्ट कलाकारले पात्रको जीवन बाँचिरहेभन्दा पनि डायलग रटिरहेजस्तो महसुश गराउँछ। 

नाटक हेर्दा ‘लाइट डिजाइन’मा पनि समस्या देखिन्छ। बिहान घाम उदाउने र साँझपख अस्ताउने बेलाको लाइट पक्कै एउटै हुँदैन। 

नाटकमा अभिनेता अंकित खड्काले निर्वाह गरेको ‘झिम्के मामा’को चरित्रले दर्शकलाई ‘इन्गेज’ गराउँछ। नाटकको अन्त्यतिर उनको पात्रप्रति संवेदना पनि जगाउँछ। त्यो निर्देशकको सफलता हो। त्यस्तै टिकारामको चरित्रमा अनुप न्यौपाने औषत लाग्छन्। 

समग्रमा ‘झिम्के मामा’ हाम्रै समाज वरपर देखिरहेको पात्रको कथा हो। दलितको मुद्दा उठान गर्ने यो नाटकलाई अझ कसिलो र गहकिलो बनाउन सकिने प्रशस्त ठाउँ त थिए, यद्यपि अभिनेता प्रदिपको यो निर्देशकीय प्रयास प्रशंसनीय छ।

प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  २१:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्