• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

शिवमायालाई गरिएको अन्यायको शोधभर्ना कहिल्यै हुन सक्नेछैन

64x64
नेपाल लाइभ सोमबार, माघ ६, २०७६  १५:०६
1140x725

काठमाडौं– शिवमाया तुम्बाहाङफे एक राजनीतिक कार्यकर्ता, असल कम्युनिस्ट, सिद्धान्तप्रति इमान्दार र मार्क्सवादी आदर्शलाई आत्मसात गरेर राजनीति गर्ने राजनीतिकर्मी हुन्।

देशमा गणतन्त्र ल्याउन उनले आफ्नो ठाउँ र ओहोदाबाट जुन भूमिका निर्वाह गरिन् त्यो उनका पुरुष समकालीन राजनीतिकर्मीभन्दा कम थिएन र छैन पनि। नेतृत्व क्षमता नेकपाका अन्य पुरुष नेताभन्दा बरु बढी होला। तर, कमी छ त उनमा पुरुष जननेन्द्रीय। महिला हुनु उनको वर्तमान अयोग्यता हो। तसर्थ यही अयोग्यताका कारण सभामुख बन्ने उनको अभिलाषाले कारुणिक रुपमा 'मृत्युवरण' गर्न बाध्य हुनुपरेको छ। 

१९७७ असार २५ गते अन्त्य भएको सतीप्रथाको आज पुनरुत्थानजस्तै भएको छ। तत्कालीन निरङ्कुश, क्रुर राणाशासक भनिएका चन्द्रशमशेर समेतले मानवीयता देखाएर बन्द गराएको सतीप्रथा आधुनिक युगको गणतान्त्रिक नायकमा पुनः आरम्भ हुनु बिडम्बना हो। नेपाली महिला अधिकार र आन्दोलनले यो दिनलाई सम्भवतः कालो दिन र भालेवादी अहंकारको बिम्बका रूपमा चित्रित गर्नेछ। राजनीतिमा महिलाकर्मीलाई निरुत्साहित गर्ने भद्दा नौटंकी र कुरूप दृश्य बनेर इतिहासमा अंकित हुनेछ। शिवमायालाई गरिएको अन्यायको शोधभर्ना कहिल्यै हुन सक्नेछैन।

मार्क्सवादी सौन्दर्य चेतनाले चन्द्रशमशेरको उदारताका अघि आफ्नो अस्तित्व नेपालका कम्युनिस्ट अनुहारमा खै कसरी हेर्छन् कुन्नि? महिला न्याय, समानता र समान अवसरको नारा सायद शिवमायाको हकमा एकपटक फेरि आत्मदाह गर्न बाध्य बन्यो।

म आज शिवमायाको अभौतिक शरीर अर्थात् ‘राजनीतिक योगदान’ लाई सती बनाएर चिता चढाएको जिउँदो मान्छेको अविच्युरी बनाईरहेको छु। शिवमायाको भौतिक शरीर जस्ताको तस्तै छ। तर, उनको राजनीतिक प्रखरता र तेज अनि सौर्यलाई कसरी खरानी बनाइयो त्यसको काल्पनिक चित्र शब्दमा उतारेर उनीप्रति सहानुभूतिसहित प्रेरणा दिने दुस्साहस हो, यो लेख। 

खलनायकहरु जसले शिवमायाको अवमूल्यन गरे, तिनीहरुको लैंगिक दिवालिया सोच र निकृष्ट हर्कतलाई घृणा व्यक्त गर्ने महिला ध्वनि प्रतिध्वनित छ। पुरुषवाद आधुनिक जमानामा पनि कस्तो रुप र आचरण अनि विधि र विधानको पहिरन भिरेर लोकतान्त्रिक निर्णय भन्दै पद्दतिको बाटोबाट आउछ? कसरी एक महिलाको अस्तिव र राजनीतिक छविमा एम्बुस पड्काउन सफल हुन्छ भन्ने उदाहरण हो नेकपा सचिवालयको सर्वसम्मत निर्णयले अग्नि सापकोटालाई सभामुखको प्रत्यासी छनोट गर्नु। उपसभामुख शिवमायालाई किनारामा धकेल्नु र उपसभामुखबाट समेत गलहत्याइनु।

जसरी गल्हत्याउन घाँटीमा ‘भिसेप’ बनाएर हात पुर्‍याउनु पर्दैन, त्यसैगरी सतीका रुपमा जिउँदै चितामा जलाउन शंखनाद गर्दै आर्यघाट लैजानु पर्दैन। विभिन्न अवरोध, बहानाबाजी, राजनीतिक शक्ति सन्तुलन, आन्तरिक अप्ठ्यारा र बाध्यता बताएर पन्छाए पुग्छ। थरिथरिका तानाबाना बुनेर उपाय खोजेर गलहत्याए हुन्छ।  भौतिक आक्रमणमा नै उत्रनु र आगो लगाउन जरुरी छैन। 

पार्टी निर्णय र लोकतान्त्रिक विधि अवलम्बन गर्न भन्दै मुख्यमन्त्री बन्नबाट अष्टलक्ष्मी शाक्यलाई चुनावी प्रतिस्पर्धा गराएर अवैधानिक बनाइयो, त्यसैगरी अहिले शिवमायाको प्रसंगमा पनि नारी क्षमता र नेतृत्वलाई ‘अन्डरइस्टिमेट’ र ‘अन्डरमाइन्ड’ मात्रै गरिएन, पुरुष एकाधिकारवादको अहमले सूलीमै चढ्न विवश पारियो।

Ncell 2
Ncell 2
nimb
nimb

आधुनिक सतीप्रथा : दृश्य नं १

पूर्वसभामुख कृष्णबहादुर महरा जबर्जस्ती करणीको अभियोगमा राजीनामा दिएर जेल गए। उनी जेल गए पनि उपसभामुख शिवमाया संसद्को नेता छन्। अब उनलाई नै भावी सभामुखको रुपमा सबैले बुझे। उपसभामुख सभामुखको अभावकै खातिर कल्पना गरिएको पद हो। सम्भवतः उनको ब्रम्हले पनि यही स्वीकार गर्‍यो। उपसभामुख बनाउने पार्टीले सभामुख पक्कै बनाउँछ, घात गर्दैन।

महरा आफ्नै कारण फसे वा  फसाइएको हो वा होइन? तर, महराको गल्तिको सजाय शिवमायाले बहन गर्नु पर्दैन। न्यायशास्त्र र विधिशास्त्रको आँखाले यसै भन्छ।

राजनीतिशास्त्र कि विद्यावारिधी, अनुसन्धानदाता, कानुनमा पनि उच्च शिक्षा प्राप्त, वकालत गरेको अनुभव, विद्यार्थीकालदेखि अहिलेसम्म अनवरत रुपमा राजनीतिमा, विद्यार्थी संगठन अनेरास्ववियुकी उपाध्यक्ष, मोरङ जिल्ला तत्कालीन एमाले इन्चार्ज, नेकपा एमालेको निर्वाचित केन्द्रीय सदस्य, प्राध्यापन पेशादेखि विभिन्न गैरसरकारी संस्थाको नेतृत्व लिएर काम गरेको क्षमता, सबै पृष्टभूमि र योग्यता सभामुख हुन काफी छन्।

Xtrem

Xtrem

उनी ढुक्क थिइन्, पक्कै सभामुख हुन पार्टीले योग्य देख्नेछ। राजनीति न हो यसैबीच अनेकन खिचडी पाके, सभामुख पूर्वमाओवादीको भागको भनियो। ओली शिवमायाको पक्षमा नै छन्, उनकै भरोसाले शिवमाया अडिएकी हुन् भनियो। पूर्वएमालेबाट सुवास नेम्वाङको नाम चर्चामा ल्याइयो। पूर्वमाओवादीबाट पम्फा भुसालको पनि सम्भावनाको बजार हल्ला सुनियो। राष्ट्रपतिको गुप्त धाप र आशिर्वाद छ शिवमायालाई। यी यावत प्रसंग चल्दाचल्दै उनलाई क्रमशः छायाँमा पार्नेगरी चलखेल र गतिविधि हुन थाले। 

पार्टीले राजीनामाका लागि दबाब दिन थाल्यो। शिवमाया टसमस भइनन्। पार्टी सचिवालयले निर्णय नै गरेर राजीनामा माग्ने र सभामुखको उम्मेदवार अर्कै खोज्ने प्रपञ्च गर्‍यो। तर, शिवमाया आफ्नो अडानबाट पछि हटिनन्। बरु सभामुख पार्टीले टुंग्याएपछि राजीनामा दिने तर संसदको नेतृत्व भ्याकुममा राख्न मानिनन्।

उनको तर्क रह्यो उपसभामुख भएकै बेला पार्टीको सम्बद्धता छोडेको हुनाले आफूले संसदको कानुन अर्थात् संविधान चिन्ने तर पार्टीको निर्णय नचिन्ने दृढता लिईन। तर, संसदले सभामुख छान्ने प्रक्रिया नरोक्ने बरु पार्टीले सभामुखको उम्मेदवार तोकेपछि राजीनामा दिने र संसद चलाउन भूमिका खेल्ने ज्येष्ठ सदस्यमार्फत् राजीनामा दिएर संसद सहज बनाउने प्रतिबद्धता दोहोर्‍याएर बसिन्।

पार्टीमा अनेकन धारणा बने। शिवमायाको पक्ष विपक्षमा थुप्रै लबिइङ गरिए। तर, महिलाहरु जति र जसरी प्रस्तुत भएर पार्टी नेतृत्वलाई हाँक दिनुपर्थ्यो, त्यो सकेनन्। नेताहरुको हैकमी प्रभुत्वको विरोध गर्दा आफ्नो भाग र अवसर गुम्ने भयले महिला नेता र कार्यकर्ताहरुले खुलेर शिवमायाको पक्ष लिन सक्ने मनोविज्ञान तयार भएन।

भोलिको आफ्नो अवस्था र अवसरमा महिलाहरुले आफ्नो खुट्टामा आफै बन्चरो प्रहार गरे। निर्भयताका साथ बोल्न त के महिला ऐक्यबद्धता जनाउन सकेनन्।

लामो रस्साकसी, घम्साघम्सीपछि नेकपाले वैधानिक रुपमा आफ्नो उम्मेदवार अग्नि सापकोटालाई घोषणा गरेर शिवमायाको मात्रै होइन महिला सशक्तिकरण अभियानको राजनीतिक हुर्मत लियो। महिला, जनजाती र पहुँचविहीनप्रतिको आफ्नो नीतिको मुखुण्डो उघार्‍यो। राजनीतिक रुपमा शिवमायालाई सहिदमात्रै बनाएन महिलाको विकल्प महिला खडा गरेर महिलाप्रतिको सम्मान देखाउन चुक्यो।

समग्रमा आममहिलामाथिको दृष्टि दोष अभिव्यक्त भयो। पुस ४ मा सुरु भएको हिउँदे अधिवेशन नेकपाको अनिर्णयको बन्दी बनेर माघ ६ सम्म सर्दैसर्दै आइपुग्यो। आफ्नै पार्टीकी बफादार सिपाही महिला भएकै कारण अक्षम ठहर गर्दै अशोभनीय फैसला गरेर सतीप्रथाको नयाँ संस्करण निकाल्यो नेकपाले। यो नेतृत्वको लज्जाको विषय हो। २०३५ र ३६ देखि राजनीतिमा बगाएको पसिना, निष्ठा, श्रम र स्वाभिमान एकैपटक स्वाहा पारिदिने अविश्वसनीय राजनीतिको पराकाष्ठा पनि हो यो। 

नयाँ संस्करणको सतीप्रथामा सती जान कसैकी श्रीमती नै हुनुपर्छ भन्ने छैन, केवल महिला भए पुग्छ। यो पितृसत्तात्मक समाजको कुरीतिको नवीन प्रयोग हो, जहाँ चर्को नारी अधिकार र समान अवसरको कुरा गरिन्छ। त्यहाँ यो आवरण र भेषमा नारी अस्मिताको खिल्ली उडाइन्छ, क्षमताहीन पात्र भनेर अवमुल्यन गरिन्छ।

मानवताको पक्षमा सबभन्दा ठूलो र साहसिक निर्णय गर्ने चन्द्रशमशेरको त्यो छातीको अघिल्तिर हाम्रा नेताहरुको सतीप्रथालाई फरक ढंगले ब्युझाउँने कायरतालाई कुन शब्द र उपमाले पुकारौं। यो इतिहासले निर्ममतापूर्वक समीक्षा गर्नेछ। यतिबेला ‘धिक्कार त्यो मानवचोला’ भन्नमात्र सकियो।

दृश्य नं. २

लोकतन्त्रमा कुनै पनि निर्णय, विचार, समूह, सोच र शैली अनि कीर्ति निर्विकल्प र अप्रश्नीय मानिन्न। तर यहाँ विधिको विधानलाई नै जबर्जस्त अग्निमा चढाइयो, खरानी धुलो बनाइयो। 

सतीले  श्राप दिएपछि श्रापितको दैवी या प्राकृतिक विपत्तिमा परेर सर्वनाश हुन्छ भन्ने आहान छ त्यो दुर्भाग्य सतीको शरीरमा ढुंगा हान्नेको पनि टरेर जाओस्। यो पर्दा पछाडि पनि थुप्रै पात्र, विधान र चरित्रले आ–आफ्नो भूमिका निभाएका छन्, हुन् सक्छ।  सभामुख र उपसभामुख अलग–अलग पार्टीको हुनुपर्ने संवैधानिक प्रावधान लत्याएको र मिचेकाले नेकपा यो संकटको दलदलमा फसेको पो हो कि? जटिल परिस्थितिको निर्माण दैवी न्यायअनुसार भएको कुरा पनि धार्मिक र आध्यात्मिक दर्शन र चिन्तनमा विश्वास गर्नेहरु व्यक्त गर्छन्। परिणाम अरु थुप्रै प्रकट हुनेमा राजनीतिशास्त्रीहरुको आफ्नै मत छ त्यो समयक्रमले पुष्टि गर्नेछ।


 

प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  १५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द
आज विदेशी मुद्राको विनिमय दर कति ?
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द सोमबार, असोज १२, २०८३
आज विदेशी मुद्राको विनिमय दर कति ? सोमबार, असोज १२, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्