• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘परशुरामधाम’काे धार्मिक महत्त्‍व

64x64
नेपाल लाइभ बुधबार, माघ १, २०७६  ०७:५०
1140x725

डडेल्धुरा- सुदूरपश्चिम प्रदेश भौगोलिक रुपमा जति विकट भनेर चिनिन्छ। प्राकृतिक रुपमा उत्तिकै रमणीय पनि छ। प्रकृतिको उपहारसँगै सुदूरपश्चिममा धार्मिक पर्यटनका थुप्रै आकर्षक गन्तव्यहरू छन्। ती मध्येको एक हो ‘परशुरामधाम।’

‘सबै तीर्थ पटक–पटक, परशुराम एकपटक’ स्कन्दपुराणको मानसखण्डमा उल्लिखित यो भनाइले नै परशुरामधामको धार्मिक महत्व दर्शाउँछ। सुदूरपश्चिम प्रदेशकै पवित्र तीर्थस्थल परशुरामधाम डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँमा अवस्थित छ।

श्यामा (महाकाली) र एला (रंगुन) नदीको संगममा रहेको यस तीर्थमा भृगुवंशी महर्षि जगदग्नी र रेणुका पुत्र परशुरामले तपस्या गरेको विभिन्न पुराणहरूमा वर्णन गरिएको छ। एला र श्यामाको संगममा जगदग्नी पुत्र परशुरामको आश्रय रहेको स्कन्दपुराणमा उल्लेख गरिएको छ।

हैयेय वंशी क्षत्रीहरूले पिता जगदग्नीको हत्या गरी कामधेनु गार्य अपहरण गरेको र आततायी क्षत्रीयहरुको अत्याचार कम गर्न क्षत्रीय विनास गरेको २१ पटक पृथ्वीलाई क्षत्रीविहीन गरेपछि सरयूश्यामा नदीमा स्नान गरेको पुराणमा उल्लेख छ। महाकालको जटाबाट निस्केको मन्दाकिनी गंगा महाकाली नदीमा स्नान गर्नाले गंगास्नानको बराबर पुण्य प्राप्त हुन्छ। त्यस्तै गंगाको तटमा अवस्थित परशुराम तीर्थमा स्नान, तर्पण गर्नाले पितृ उद्धार तथा देव लोक प्रप्त हुने पवित्र तीर्थ भनेर वर्णन गरिएको परशुराम तीर्थ महाकाली नदीको दक्षिणतर्फ अवस्थित छ।

परशुराम तीर्थमा स्नानको निकै ठूलो महत्व रहेको छ। गंगास्नानको समान पुण्य प्राप्त हुने पौराणिक मान्यता छ। त्यसमा पनि मकर स्नान अर्थात माघ स्नानको निकै ठूलो महत्व रहेको छ। स्नानसँगै पितृ कार्य, देव पूजन, यज्ञयज्ञादि विधिपूर्वक गर्ने गरिन्छ। 

यज्ञादिसँगै विवाह, व्रतबन्ध आदि संस्कार र अनुष्ठान गर्ने गरिन्छ। रथ पूजनको विशेष महत्व रहेको छ। विष्णु कुण्डमा विष्णु, वामदेव, कुण्डमा शिव, परशुराम कुण्डमा परशुराम भगवानको पूजा र नदीतटमा रहेको शिवलिंगमा शिवपूजनको विशेष महत्व रहेको छ। पवित्र वामघाटमा अन्तेष्टि संस्कारको पनि उत्तिकै महत्व रहेको छ।

यी हुन प्रमुख स्थलहरू
संगम- मानसखण्डसहितमा श्यामा र एलाको संगम पवित्रको संगम मानिएको छ। महाकाली नदीलाई श्यामा, सरयु, सुरभागा, मन्दाकिनी, वैयासिकी, कालिन्दी, काली भनिन्छ भने रंगुन नदीलाई एला, रेणुका भनी पुराणमा वर्णन गरिएको छ। एलायाः सङ्गमं पुण्यं जामदग्न्याश्रमं सुभ भनेर स्कन् पुराणमा भनिएको छ।

कुण्ड- श्यामा एलाको संगममा भगवान् परशुरामले एउटा ढुंगामा आफ्नो बन्चराले तीन हात लम्बाइ, तीन हात चौडाइ, तीन हातै गहिराइ रहेको कुण्ड निर्माण गरेको र सोही कुण्डमा भगवान विश्वकर्माले १० अंगुल परिमिति भएको परशुराम भगवानको प्रतिमा स्थापित गरेको पुराणमा वर्णन गरिएकाे त्यही कुण्ड रहेको स्थान नै हालको परशुराम तीर्थ हो।

Ncell 2
Ncell 2
nimb
nimb

विष्णु मन्दिर- महाकाली नदीको दक्षिणतर्फ जहाँ रंगुन नदीको संगम रहेको स्थानलाई विष्णुमन्दिर भनिएको छ। सोही विष्णुपुर नै परशुराम क्षेत्र हो। महाकाली नदीको तटमा अलौकिक संरचना रहेको छ जुन संरचना ऋषि महर्षिहरुले यज्ञ गर्दाका बेलाका जौ, तिलको समिश्रण हो भन्ने लोक मान्यता रहेको छ। जो प्राकृतिक रूपमा चुन र ढुंगाको मिश्रणका रूपमा रहेको छ।

चक्रतीर्थ- सबै किसिमका पाप नाश गर्ने चक्रतीर्थ परशुराम क्षेत्रमा रहेको छ। सोही तीर्थमा स्नान गरेर भगवान परशुरामले महावाल प्राप्त गरेको पुराणमा वर्णन गरिएको छ। चक्रतीर्थ परशुराम तीर्थ अवस्थीत रहेको पुराणमा उल्लेख गरिएको छ।

धर्मद्वार- परशुराम तीर्थमा रहेको चट्टानमा एउटा द्वार रहेको छ। धर्मपरायण सिद्धपुरुष सहजै द्वार प्रवेश गर्न सक्दछन् भन्ने मान्यता छ। द्वापर युगमा धर्मराज युधिष्ठिर, द्रौपती र चारै भाइसहित यस द्वारमा प्रवेश गरेको लोक मान्यता छ। धर्मद्वारमा प्रवेश पूर्व मनोअभिलाशासहित बाबियोमा गाँठो पारिन्छ। मनोकामना पूर्ण भएपछि द्वार प्रवेश गरी गाँठो फुकाउने प्रचलन रही आएको छ।

Xtrem

Xtrem

वर–पीपल- सत्य युगमा स्वयं सृष्टिकर्ता ब्रह्माजीबाट सृष्टि गरिएका वर–पीपल स्थापित छन्। सत्ययूगि वर–पीपलका नामले पूजा अर्चना गरिन्छ।

छत्रशिला- महाकाली नदीको पानी भित्र छाता आकारको शिला अवस्थित छ। जसलाई शिवजीको स्वरुप मानेर पूजा गरिन्छ।

महालिंग- १६ शिवालयका देवस्थलहरू महाकाली (सुरसागा) को किनारमा अवस्थित रहेका छन्। १६ शिवालय र वरदानौका २२ देउरा ल्याउने प्रचलन रही आएको छ। देउरा ल्याई देवसभा गरिने, स्नान गर्ने गरिन्छ।  भागेश्वर असिग्राम महादेव जगन्नाथ खिट्केश्वर बैजनाथ आदि देउरा ल्याइन्छन्। 

दार्चुलाको मालिकार्जुन अछामको वैद्यनाथलगायत मानसखण्ड क्षेत्रका अन्य देवालयबाट समेत देउरा ल्याइने परम्परा रही आएको छ। प्रत्येक देउराहरूको छुट्टै स्नान घाट र बस्ने स्थान छन्। शिवालयका देउरा स्थानमा महालिंग स्थापित छन्। देउरामा चल मन्दिरका रूपमा गाँज, डोला तथा देवताका सामग्रीसहित बाजागाजाका साथ ल्याइन्छन् ।

महाकाली नदी- महाकालको जटाबाट पृथ्वी लोकमा प्रवाहीत मन्दाकिनीलाई श्यामा, सत्यवाहिनी, सुरभागा, सरोजा, वैयासिकी, कालिन्दी, काली, महाकाली, सरयु, गंगा भनि वर्णन गरिएको पाइन्छ। यसलाई स्थानीय बोलचालमा काली गंगा र केही स्थानमा शारदाका नामले पनि पुकारिन्छ। 

एला- भगवान विष्णुले कूर्मावतार लिएको कूर्म पर्वतको आलितालबाट निस्केको नदी जो श्यामामा संगमित भएपछि लोक विख्यात नदी भएको पुराणमा उल्लेख छ। जो एला, रेणुका, रंगुन, उनरुवा आदी नामले प्रचलित पवित्र नदीका रुपमा चिनिन्छ। पुराणनमा भनिएको छ, ‘कूर्मपर्वतसम्भुता एला सा सरितां वरा।’

रेणुका- परशुराम तीर्थसंगै माता रेणुका नदीका रुपमा प्रवाहित भएकी छन्। परशुरामकी माता देवीका स्वरुपमा पूजनीय रहेकी छन्। पिता जगदग्नीको आश्रम त्यतैतिर रहेको र माता रेणुका त्यहीं अवस्थित रहेकाले परशुरामको जन्मस्थान पनि यहि भएको लोक विश्वास रहिआएको छ।

महात्म्य- परशुराम तीर्थ तथा सरयू, श्यामाको महात्म्य स्कन्द पुराणको मानस खण्डमा उल्लेख गरिएको छ। महाकाली र एलाको संगममा गरिने स्नानलाई महत्वका साथ लिइएको छ। विधिपूर्वक स्नान, तर्पण, दान गर्नाले विष्णु लोक प्राप्त हुनेमा कुनै शंका छैन भनि पुराण्ढामा उल्लेख छ। ‘परशुराम तीर्थमा नै परशुराम भगवानले तपस्या गरेर चिरञ्जिवीको वरदान पाएका थिएँ,’ पुराणमा भनिएको छ।

घाटहरू
बामघाट (बाङघाट)- महाकाली र रंगुनको संगममा रहेको पवित्र घाटको रुपमा बामघाट रहेको छ। विष्णुपुरको बायाातर्फ रहेकाले बाम अपभ्रं शभएर बाङ भनिने गरिन्छ। बाङघाट स्नान, तर्पण, पितृ, कार्यको लागि महत्वपूर्ण छ। एला र श्यामाको संगममा रहेको परशुराम तीर्थको मुख्य घाट भएकाले अन्त्येष्टि संस्कारका लागि पनि विशेष महत्वका साथ लिइन्छ।

परशुरामघाट- विष्णुपुरको मुख्य स्थानमा मुख्य कुण्ड रहेको मान्यता छ। जहाँ पवित्र एला र श्यामाको संगम छ। त्यही परशुराम घाट पनि रहेको छ। परशुराम घाटमा स्नान र कुण्डको पूजन, देवपूजन, केदार, वैद्यनाथ, असिग्राम, महादेव, खिट्केश्वर, जगन्नाथ आदी शिवालयहरूमा रुद्रभिषेक गर्दा परमगति प्राप्त हुन्छ भन्ने पुराणोक्ति रहेको छ।

देवघाट- बाङघाट, परशुराम घाटसंगै देवघाट पनि रहेको छ। सोह्र शिवालयको स्नान गर्ने देवघाटका रुपमा स्नान महत्व छ। देवपूजाका लागि जलघडामा जल लैजाने सनातन परम्परा छ। महाकालीको जलबाट शिवालयहरूमा रुद्रभिषेक गरिन्छ। देवघाट संगै भागेश्वर, असिग्राम, खिट्केश्वरलगायत छुट्टछुट्टै घाटहरू पनि रहेका छन्।

कुण्डहरू- परशुराम कुण्डसँगै महाकाली नदीमा अन्य धेरै कुण्डहरूको पनि महत्व छ। स्वर्गवाट आएर अप्सरा अर्थात् परीहरूले स्नान गरेको परीकुण्ड, श्रीदेवले स्नान गरेको श्रीकुण्ड, सप्तऋषिहरूले स्नान गरेको सप्तहृदमा गरिने स्नानको विशेष महत्व रहेको छ।

एलातीर्थ- परशुराम तीर्थसँगै एलातीर्थ पनि रहेको छ। पुनपुना र रेणुकाको संगममा अवस्थित एलातीर्थमा मकर स्नानको विशेष महत्व रहेको छ। जहाँ ऐलेश महादेवको दर्शन गर्न सकिन्छ। पुनपुना/पुत्रदा/पन्तुरा नदीमा स्नान गर्नाले पूत्र प्राप्त हुने मान्यता छ।

परितीर्थ- स्कनद पुराणमा परशुराम तीर्थसँगै परितीर्थको उल्लेख गरिएको छ। जहाँ स्वर्गका अप्सराहरूले स्नान गरेका थिए भन्ने मान्यता छ। परितीर्थकै नामबाट गाउँको नाम पनि परिगाउँ रहेको मान्यता छ।

देउराहरू- परशुराम तीर्थमा मानसखण्ड क्षेत्रका शिवालयहरूका देउराहरू ल्याई देव सभाको स्मरण गरिन्छ।

परशुरामधाम क्षेत्रका मन्दिर
रेणुका मन्दिर- भगवान् परशुरामकी आमा रेणुकाको परशुराम तीर्थनजिकै मन्दिर स्थापित छ। स्कन्द पुराणमा विश्वामित्रेश्वर महादेव, प्रचण्ड चण्डिका देवी र रेणुका माताको वर्णन छ। सोही रेणुका माताको मन्दिर परशुराम क्षेत्रमा रहेको छ। पुराणमा वर्णन भएअनुसार स्वर्गका अप्सराहरूले तपस्या गरी वर पाएको स्थान त्यही पर्दछ।

लिंगा- एलातीर्थसँगै पुनपुना नदीको किनारमा शैलेश, शिवालिका लिंगा अवस्थित छन्। प्राकृतिक रूपमा बनेका लिंगालाई शिवस्वरूप मानी पूजाअर्चना र दर्शन गरिन्छ।

परशुराम मन्दिर- परशुराम तीर्थ भगवान् परशुरामको मन्दिर निर्माण गरिएको छ।

सिद्धनाथ मन्दिर- मानस खण्डमा विभिन्न ऋषिहरूले तपस्या गरी सिद्धि प्राप्त गरेपश्चात् स्थापित शिव लिङ्ग सिद्धनाथका रुपमा स्थापित र पूजनीय छन्।

शिव मन्दिर- २०३३ सालमा लगाइएको यज्ञपश्चात् चुनढुंगाको संरचना रहेको स्थानमा मन्दर निर्माण गरिएको छ। शिव मन्दिरका रूपमा दर्शन र पूजा गर्ने गरिन्छ। 

लालपुरी महाराजद्वारा निर्मित शिव मन्दिर धर्मशाला, महर्षि विश्वकर्माको मन्दिर निर्माण भएको छ भने विभिन्न शिवालयका मन्दिर निर्माण प्रक्रियामा रहेको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष प्रेमचन्द ठकुरीले बताए। ०४७ सालमा लगाइएको गायत्री यज्ञको यज्ञशालामा सम्बन्धित कर्तामार्फत् शिलान्यास गरी धर्मशाला धुनिघर निर्माण गरिएको छ।

पण्डित खगराज चटौतद्वारा निर्मित धर्मशाला, देव यज्ञका कतर्था दामी नाथद्वारा वेद यज्ञ दामी नाथ धर्मशाला, पूर्व–प्रधानमन्त्री शेरबहादुर देउवा र माननीय नरभान कामीको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट पञ्चायन निर्माण गरिएको अध्यक्ष चन्दले बताए।  

परशुराम क्षेत्रमा भगवान् परशुरामको मन्दिर निर्माण गरिएको छ भने लुलान क्षेत्रका असिग्राम मन्दिर निर्माण भइसकेको र पञ्चायन मन्दिर र भागेश्वरको मन्दिर निर्माण प्रक्रियामा रहेको जनाइएको छ। परशुराम क्षेत्रको प्राकृतिक सुन्दरता, वन, वातावरण संरक्षणका लागि परशुराम धार्मिक वन २०५५ गठन भइ क्रियाशील रहेको छ। 

धार्मिक महत्व बोकेको परशुराम तीर्थबाट साविकको शीर्ष र जोगवुडा गाविस गाभिएर वि.सं २०७१ सालमा परशुराम नगरपालिका निर्माण गरिएको छ। ४१४ वर्ग किलोमिटर क्षेत्रफल ओगेटेको परशुराम नगरपालिकामा १२ वडा छन्।

माघे सङ्क्रान्तिमा मेला
परशुरामधाममा पुस महिनाको मसान्त तथा माघे सङ्क्रान्तिको अवसरमा मेला लाग्ने गर्छ। परशुरामधाममा रहेका चुनढुंगा भगवान् परशुरामले तपस्या गरेपश्चात होम गरेपछि बनेको भन्ने जनविश्वास रहँदै आएको छ। 

पुस मसान्तको साँझ (२९ गते) यहाँ आएर रातभर आगो तापेका भक्तजनहरू आज बिहान ४ बजेदेखि महाकाली किनारमा नुहाउँदै छन्। संक्रान्तिको दिन गंगा स्नान गरेमा सम्पूर्ण पाप नाश हुने तथा पुण्य कमाइने विश्वास गरिन्छ।

मेला भर्न सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतबाट समेत तीर्थालु आउने गरेको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष प्रेम चन्द ठकुरीले जानकारी दिए।

परशुरामधाम कसरी पुग्ने?
परशुरामधाम डडेल्धुराको सदरमुकामदेखि १०० किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको दूरीमा सडक मार्गबाट पुग्न सकिन्छ। जसको पूर्वमा जोगबुडा, पश्चिममा उत्तराखण्ड भारत, उत्तरमा ऐडिवान वन तथा दक्षिणमा कुणा सिमिलखेत सडक रहेको छ।

भीमदत्त राजमार्गमा पर्ने डोटीको बुडरबाट छुट्टिने कच्ची सडकबाटो भएर ४ घण्टामा परशुरामधाम पुग्न सकिन्छ।

प्रकाशित मिति: बुधबार, माघ १, २०७६  ०७:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्