• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

सम्झनामा 'भित्तेपत्रिका'

ईश्वर रोनियार शनिबार, पुस २६, २०७६  १३:१०
1140x725

स्थानीय एक शिक्षकले खोलामा विष हालेर माछा मारे। अनि समाचार लेखियो- यसरी शिक्षकले नै खोलामा विष हालेर माछा मारेपछि उनले पढाएका विद्यार्थीले के सिक्ने?

अर्का प्रधानाध्यापकले विद्यालयलाई खोलाबाट सुरक्षा दिन प्रयोग गर्न ल्याइएको तारजालीले घरको काँक्रा उत्पादनमा सघाइरहेको समाचार लेख्दा गाउँमा ठुलै हङ्गामा भयो। यति सम्म भयो कि, अरु कुन कुन सार्वजनिक पद धारण गरेका व्यक्तिले विद्यालयको सम्पत्ति आ-आफ्नो घरमा लगेर दुरुपयोग गरेका छन् सबै पर्दाफास भयो। 

हामीलाई भने धेरै अंकसम्मका लागि खुराक।

यो समाचार कुनै टिभी, रेडियो अथवा पत्रपत्रिकामा लेखिएको भने होइन। छापिएको हो- गाउँकै भित्तेपत्रिकामा। त्यतिबेला काँक्रा फलाएको फोटो खिचेर हाल्नलाई दुई हप्ता जति पर्खनुपरेको थियो। स्थानीय स्टुडियोको ‘एनालग’ क्यामेरा मागेर फोटो खिचेर धुलाएर ल्याइपुर्‍याउँदा दुई हप्ताभन्दा धेरै लागेको थियो। खर्च पनि धेरै नै भयो। 

कुरा म विद्यालय पढ्दै गर्दाको हो। म श्री जनता माध्यमिक विद्यालय गुरुङचौंरीको कक्षा ७ मा पढ्दै थिएँ। केही साथीहरू मिलेर  हामीले भित्तेपत्रिका सुरु गर्यौं। नाम थियो लालबजार पाक्षिक पत्रिका। १५-१५ दिनमा निक्लने पत्रिका।

माओवादीको वर्चस्व भए पनि हामीलाई त्यसले खासै असर गरेन। दर्ता भने कतै हुने प्रावधान थिएन, बरु त्यसले चाँहि केही मान्छेको सम्चार लेख्दा प्रहरी लगाइदिने धम्किसम्म पायौं। 

हामीले देखेका र जानेका भित्तेपत्रिकामा अक्सर कथा, कविता, मुक्तक छापिन्थे तर हामीले अलि फरक गर्ने सोच बनायौं र सोही अनुसार अघि बढ्यौं। 

तत्कालीन ठोक्सिला गाविस-७, हालको बेलका नगरपालिका-४ लालबजारमा, सबैले देख्ने ठाउँमा काठको एउटा बाकस बनाएर भित्तेपत्रिका टाँस्ने ठाउँ बनायौं। र सुरु गर्यौं हाम्रो भित्तेपत्रिका। त्यतिबेला न अहिले जस्तो सामाजिक सञ्जाल थियो, न मोबाइल नै। न त सञ्चार माध्यमसम्मको सहज पहुँच। पत्रिका गाउँमा आउँदैनथ्यो भने टेलिभिजन मुस्किलले गाउँभरिमै एक दुई घरमा थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैले पनि होला हाम्रो भित्तेपत्रिकालाई पाठक पाउन समय लागेन।

त्यसमाथि गाउँकै समसामयिक विषय धेरै समेटिने भएकोले पनि होला स्थानीयको चासो बढ्दै गयो। र चासोसँगै लोकप्रिता पनि बढ्दै गयो। 

हामीले स्थानीय निजी विद्यालयबाट भर्ना खुल्यो जस्ता विज्ञापन पाउन थाल्यौं भने गाविस र स्थानीय समूहले पनि हामीलाई सहयोग गरे। यसमा काम गर्ने हामी सबै विद्यार्थी नै थियौं। घरकै पैसाले चलाइरहेका थियौं। 

हामीले मित्रहरू सँगसँगै शत्रुहरू पनि कमाउन थाल्यौं। 

Xtrem

Xtrem

मान्छेहरूलाई अब आउने अंकमा के आउने हो भन्ने कौतुहलता जगाउन हामी सफल भयौं। हाम्रो टिमको मिहिनेतले हरेक अंकमा केहि न केहि ‘हंगामा’ हुने खालको विषयवस्तु पस्कन थाल्यौं। विषयवस्तु गाउँ वरपरकै घटनाक्रम हुन्थे। 

एसएलसी पास गरेर पहिलो पटक २०५९ सालमा काठमाडौं आउँदा मैले पहिलो पटक कम्प्युटरको अनुहार देखेको थिएँ। कम्प्युटरको बारेमा धेरै सुनेको थिएँ। साथीहरू बीच हामी कुरा गर्ने गर्थ्यौं। कम्प्युटरमा भाइरस हुन्छ रे अनि चलाउन जानेन भने मान्छे गायब हुन्छन रे। कति त मरे पनि रे । आदि इत्यादि। अहिले सम्झँदा कता कता कुत्कुती लाग्छ। 

आफू पढ्ने विद्यालयले परिक्षामा चिट चोर्न छुट दिएको समाचार लेखेपछि त मलाई पढाउने शिक्षकहरू पनि धेरै दिनसम्म रुष्ट भए। स्वभाविक पनि थियो। अहिलेसम्म कसैले नउठाएको प्रश्न उठेपछि उहाँहरूलाई रिस त उठ्ने नै भयो। तर हामी रोकिएनौं त्यस्तै विद्यालय निल वा सो सरह हुन्थ्यो हरेक वर्षको एसएलसीमा, त्यसबारे पनि समाचार बनाउन छाडेनौं।

हुँदा हुँदा यति सम्म भयो कि, हामीलाई देख्दा त्यहाँका ‘ठालुहरू’ पनि तर्किएर हिँड्न थाले। रक्सी पिएर होहल्ला गर्दै हिड्नेको संख्या कम भइसकेको थियो। भोज भतेरमा रक्सी सेवन गर्दै गरेको बेला हामीलाई देखे भने ‘यो भोज भएर पिएको भित्तेपत्रिकामा न लेख्दिनु नि’ भन्थे। 

हामीसँग न कुनै पत्रकारिताको सिप थियो न तालमेल मिलाएरै लेख्ने तरिका। कतिपय लेखहरू त्यसैगरी पनि लेखिएका थिए। 

अहिले सम्झँदा अलि भाँती पुर्‍याएको भए हुन्थ्यो भन्ने लाग्छ। 

माओवादीको वर्चस्व भए पनि हामीलाई त्यसले खासै असर गरेन। दर्ता भने कतै हुने प्रावधान थिएन, बरु त्यसले चाँहि केही मान्छेको सम्चार लेख्दा प्रहरी लगाइदिने धम्किसम्म पायौं। 

गत साता आफ्नै नगरमा भाइ बहिनीहरूले सिक्दै गरेको फोटो भिडियो तालिमको अन्तिम केही दिनमा सहभागी भएर आफ्ना अनुभवहरू बाँढ्दै गर्दा ती दिन झल्झली आँखावरीपरि घुमिरहे। 

पहिला जस्तो अहिले अवस्था रहेन। 

पहिला एक कल फोन गर्दा एक डेढ घण्टा हिँडेको सम्झना ताजै छ। सुन्दा अचम्म लाग्न सक्छ। म आफै‌ंलाई पनि गाउँमा पढ्दासम्म फोनमा कुरा गर्दा डर लाग्थ्यो। फोन समात्दा हात थरर काँप्थ्यो। बोली त फुट्दै फुट्दैन थियो।

भित्तेपत्रिकामार्फत् स्थानीय विष्यवस्तुको उठान गर्थ्यौं। त्यसैले पनि सबैको मनको नजिक थियो। म त पत्रकारिताको विद्यार्थी, ‘समाचार कथा लेख्दा निकटता ख्याल गर्न पर्छ भन्ने पढेको’ सायद मैले गरेको भित्ते पत्रकारिताको सार पनि त्यही थियो।

तर अहिले हात हातमा स्मार्ट मोबाइल छ। मेरो पनि छ। अहिलेका भाइबहिनीहरू उहिलेको भित्तेपत्रीकाबारे कुरा गर्दा अनौठो मान्छन। जुन स्वभाविक पनि हो।

बिजुलीको आगमनसँगै अहिले घर घरमा रंगिन टिभी छ। इन्टरनेटको सुविधा छ। डिटिएचको माध्यमबाट सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्यानलहरू पनि हेर्न पाइरहेका छन्।

एसएलसी पास गरेर पहिलो पटक २०५९ सालमा काठमाडौं आउँदा मैले पहिलो पटक कम्प्युटरको अनुहार देखेको थिएँ। कम्प्युटरको बारेमा धेरै सुनेको थिएँ। साथीहरू बीच हामी कुरा गर्ने गर्थ्यौं। कम्प्युटरमा भाइरस हुन्छ रे अनि चलाउन जानेन भने मान्छे गायब हुन्छन रे। कति त मरे पनि रे । आदि इत्यादि। अहिले सम्झँदा कता कता कुत्कुती लाग्छ। 

उनीहरूले बुझ्न र सिक्न जरुरी छ। अहिले धेरै ठाउँका स्थानीय पत्रिकाहरू नामका मात्रै छन्। कुनै पार्टी वा व्यक्तिलाई रिझाउने। पैसा कमाउने हतियार बनाउने। जसमा मौलिकता कम ‘साभार पत्रकारिता’ ज्यादा देखिन्छ। दसैं आयो शुभकामना संकलन गर्‍यो अझ भनौं ‘शुभकामना पत्रकारिता’ गर्यो, अलि अलि पैसाको जोहो गर्‍यो सकियो। 

अहिले गाउँ गाउँमा स्थानीय पत्रिका छन्। एफएमहरू छन्। स्थानीय टिभी पनि छ। कतै थपिने तयारीमा छन्। 

तर के छैन त भने, भित्तेपत्रिकाको मिठास छैन। मौलिकता छैन। आफ्नोपन छैन। बुढापाकाहरू भेला भएर भित्तेपत्रिका पढ्दै चियाको चुस्किसँगै गरिने मन्थन छैन। कट्टेल बुढा र वर्षेनी बुढीको चिया पसलमा बसेर गरिने मिजासिला गफगाफको अभाव छ।

भित्तेपत्रिकामार्फत् स्थानीय विष्यवस्तुको उठान गर्थ्यौं। त्यसैले पनि सबैको मनको नजिक थियो। म त पत्रकारिताको विद्यार्थी, ‘समाचार कथा लेख्दा निकटता ख्याल गर्न पर्छ भन्ने पढेको’ सायद मैले गरेको भित्ते पत्रकारिताको सार पनि त्यही थियो।

राष्ट्रिय स्तरको सञ्चारमाध्यमले नपारेको प्रभाव पारेको थियो। त्यसैले त होला, कयौं पटक झण्डै झण्डै भौतिक आक्रमण हुने अवस्था पनि भोग्नुपर्‍यो। गाली त कति खाइयो खाइयो। प्रहरीमा लगेर थुनाइदिने, बाटै छेकेर पिट्ने तथा बाटै हिँड्न नदिने सम्मका केही प्रयासहरू पनि भए।

तर हामी निरन्तर लागिरह्यौं। 

भित्तेपत्रिकाले पनि गाउँका बेथितिहरूलाई बाहिर ल्याउन सक्छ भन्ने गज्जबको उदाहरण थियो त्यो भित्तेपत्रिका जुन अहिलेका स्थानीय स्तरमा प्रकाशित हुने पत्रपत्रिका तथा अन्य सञ्चारमाध्यमहरूमा कमै देखिन्छ।

उनीहरूले बुझ्न र सिक्न जरुरी छ। अहिले धेरै ठाउँका स्थानीय पत्रिकाहरू नामका मात्रै छन्। कुनै पार्टी वा व्यक्तिलाई रिझाउने। पैसा कमाउने हतियार बनाउने। जसमा मौलिकता कम ‘साभार पत्रकारिता’ ज्यादा देखिन्छ। दसैं आयो शुभकामना संकलन गर्‍यो अझ भनौं ‘शुभकामना पत्रकारिता’ गर्यो, अलि अलि पैसाको जोहो गर्‍यो सकियो। 

विद्यालय स्तरमा भए पनि यस्ता भित्तेपत्रिकाको खाँचो छ अहिले। कम्तिमा विद्यालयभित्र हुने बेथिति बारे बोल्न सक्ने पत्रकारिताको खाँचो छ अहिले। 

स्थानीय सरकारले गरिरहेका राम्रा र नराम्रा काम जनता सामू ल्याउने पत्रकारिताको खाँचो छ अहिले। आफू भित्र लुकेर बसेको प्रतिभा देखाउने ‘स्थान’को खाँचो छ अहिले। 

त्यसैले भित्तेपत्रिकाको पनि खाँचो छ अहिले । 

प्रकाशित मिति: शनिबार, पुस २६, २०७६  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्