• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन १०, २०८२ Sun, Feb 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

सम्झनामा 'भित्तेपत्रिका'

ईश्वर रोनियार शनिबार, पुस २६, २०७६  १३:१०
1140x725

स्थानीय एक शिक्षकले खोलामा विष हालेर माछा मारे। अनि समाचार लेखियो- यसरी शिक्षकले नै खोलामा विष हालेर माछा मारेपछि उनले पढाएका विद्यार्थीले के सिक्ने?

अर्का प्रधानाध्यापकले विद्यालयलाई खोलाबाट सुरक्षा दिन प्रयोग गर्न ल्याइएको तारजालीले घरको काँक्रा उत्पादनमा सघाइरहेको समाचार लेख्दा गाउँमा ठुलै हङ्गामा भयो। यति सम्म भयो कि, अरु कुन कुन सार्वजनिक पद धारण गरेका व्यक्तिले विद्यालयको सम्पत्ति आ-आफ्नो घरमा लगेर दुरुपयोग गरेका छन् सबै पर्दाफास भयो। 

हामीलाई भने धेरै अंकसम्मका लागि खुराक।

यो समाचार कुनै टिभी, रेडियो अथवा पत्रपत्रिकामा लेखिएको भने होइन। छापिएको हो- गाउँकै भित्तेपत्रिकामा। त्यतिबेला काँक्रा फलाएको फोटो खिचेर हाल्नलाई दुई हप्ता जति पर्खनुपरेको थियो। स्थानीय स्टुडियोको ‘एनालग’ क्यामेरा मागेर फोटो खिचेर धुलाएर ल्याइपुर्‍याउँदा दुई हप्ताभन्दा धेरै लागेको थियो। खर्च पनि धेरै नै भयो। 

कुरा म विद्यालय पढ्दै गर्दाको हो। म श्री जनता माध्यमिक विद्यालय गुरुङचौंरीको कक्षा ७ मा पढ्दै थिएँ। केही साथीहरू मिलेर  हामीले भित्तेपत्रिका सुरु गर्यौं। नाम थियो लालबजार पाक्षिक पत्रिका। १५-१५ दिनमा निक्लने पत्रिका।

माओवादीको वर्चस्व भए पनि हामीलाई त्यसले खासै असर गरेन। दर्ता भने कतै हुने प्रावधान थिएन, बरु त्यसले चाँहि केही मान्छेको सम्चार लेख्दा प्रहरी लगाइदिने धम्किसम्म पायौं। 

हामीले देखेका र जानेका भित्तेपत्रिकामा अक्सर कथा, कविता, मुक्तक छापिन्थे तर हामीले अलि फरक गर्ने सोच बनायौं र सोही अनुसार अघि बढ्यौं। 

तत्कालीन ठोक्सिला गाविस-७, हालको बेलका नगरपालिका-४ लालबजारमा, सबैले देख्ने ठाउँमा काठको एउटा बाकस बनाएर भित्तेपत्रिका टाँस्ने ठाउँ बनायौं। र सुरु गर्यौं हाम्रो भित्तेपत्रिका। त्यतिबेला न अहिले जस्तो सामाजिक सञ्जाल थियो, न मोबाइल नै। न त सञ्चार माध्यमसम्मको सहज पहुँच। पत्रिका गाउँमा आउँदैनथ्यो भने टेलिभिजन मुस्किलले गाउँभरिमै एक दुई घरमा थियो। 

Ncell 2
Ncell 2

त्यसैले पनि होला हाम्रो भित्तेपत्रिकालाई पाठक पाउन समय लागेन।

त्यसमाथि गाउँकै समसामयिक विषय धेरै समेटिने भएकोले पनि होला स्थानीयको चासो बढ्दै गयो। र चासोसँगै लोकप्रिता पनि बढ्दै गयो। 

हामीले स्थानीय निजी विद्यालयबाट भर्ना खुल्यो जस्ता विज्ञापन पाउन थाल्यौं भने गाविस र स्थानीय समूहले पनि हामीलाई सहयोग गरे। यसमा काम गर्ने हामी सबै विद्यार्थी नै थियौं। घरकै पैसाले चलाइरहेका थियौं। 

हामीले मित्रहरू सँगसँगै शत्रुहरू पनि कमाउन थाल्यौं। 

मान्छेहरूलाई अब आउने अंकमा के आउने हो भन्ने कौतुहलता जगाउन हामी सफल भयौं। हाम्रो टिमको मिहिनेतले हरेक अंकमा केहि न केहि ‘हंगामा’ हुने खालको विषयवस्तु पस्कन थाल्यौं। विषयवस्तु गाउँ वरपरकै घटनाक्रम हुन्थे। 

एसएलसी पास गरेर पहिलो पटक २०५९ सालमा काठमाडौं आउँदा मैले पहिलो पटक कम्प्युटरको अनुहार देखेको थिएँ। कम्प्युटरको बारेमा धेरै सुनेको थिएँ। साथीहरू बीच हामी कुरा गर्ने गर्थ्यौं। कम्प्युटरमा भाइरस हुन्छ रे अनि चलाउन जानेन भने मान्छे गायब हुन्छन रे। कति त मरे पनि रे । आदि इत्यादि। अहिले सम्झँदा कता कता कुत्कुती लाग्छ। 

आफू पढ्ने विद्यालयले परिक्षामा चिट चोर्न छुट दिएको समाचार लेखेपछि त मलाई पढाउने शिक्षकहरू पनि धेरै दिनसम्म रुष्ट भए। स्वभाविक पनि थियो। अहिलेसम्म कसैले नउठाएको प्रश्न उठेपछि उहाँहरूलाई रिस त उठ्ने नै भयो। तर हामी रोकिएनौं त्यस्तै विद्यालय निल वा सो सरह हुन्थ्यो हरेक वर्षको एसएलसीमा, त्यसबारे पनि समाचार बनाउन छाडेनौं।

हुँदा हुँदा यति सम्म भयो कि, हामीलाई देख्दा त्यहाँका ‘ठालुहरू’ पनि तर्किएर हिँड्न थाले। रक्सी पिएर होहल्ला गर्दै हिड्नेको संख्या कम भइसकेको थियो। भोज भतेरमा रक्सी सेवन गर्दै गरेको बेला हामीलाई देखे भने ‘यो भोज भएर पिएको भित्तेपत्रिकामा न लेख्दिनु नि’ भन्थे। 

हामीसँग न कुनै पत्रकारिताको सिप थियो न तालमेल मिलाएरै लेख्ने तरिका। कतिपय लेखहरू त्यसैगरी पनि लेखिएका थिए। 

अहिले सम्झँदा अलि भाँती पुर्‍याएको भए हुन्थ्यो भन्ने लाग्छ। 

माओवादीको वर्चस्व भए पनि हामीलाई त्यसले खासै असर गरेन। दर्ता भने कतै हुने प्रावधान थिएन, बरु त्यसले चाँहि केही मान्छेको सम्चार लेख्दा प्रहरी लगाइदिने धम्किसम्म पायौं। 

गत साता आफ्नै नगरमा भाइ बहिनीहरूले सिक्दै गरेको फोटो भिडियो तालिमको अन्तिम केही दिनमा सहभागी भएर आफ्ना अनुभवहरू बाँढ्दै गर्दा ती दिन झल्झली आँखावरीपरि घुमिरहे। 

पहिला जस्तो अहिले अवस्था रहेन। 

पहिला एक कल फोन गर्दा एक डेढ घण्टा हिँडेको सम्झना ताजै छ। सुन्दा अचम्म लाग्न सक्छ। म आफै‌ंलाई पनि गाउँमा पढ्दासम्म फोनमा कुरा गर्दा डर लाग्थ्यो। फोन समात्दा हात थरर काँप्थ्यो। बोली त फुट्दै फुट्दैन थियो।

भित्तेपत्रिकामार्फत् स्थानीय विष्यवस्तुको उठान गर्थ्यौं। त्यसैले पनि सबैको मनको नजिक थियो। म त पत्रकारिताको विद्यार्थी, ‘समाचार कथा लेख्दा निकटता ख्याल गर्न पर्छ भन्ने पढेको’ सायद मैले गरेको भित्ते पत्रकारिताको सार पनि त्यही थियो।

तर अहिले हात हातमा स्मार्ट मोबाइल छ। मेरो पनि छ। अहिलेका भाइबहिनीहरू उहिलेको भित्तेपत्रीकाबारे कुरा गर्दा अनौठो मान्छन। जुन स्वभाविक पनि हो।

बिजुलीको आगमनसँगै अहिले घर घरमा रंगिन टिभी छ। इन्टरनेटको सुविधा छ। डिटिएचको माध्यमबाट सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्यानलहरू पनि हेर्न पाइरहेका छन्।

एसएलसी पास गरेर पहिलो पटक २०५९ सालमा काठमाडौं आउँदा मैले पहिलो पटक कम्प्युटरको अनुहार देखेको थिएँ। कम्प्युटरको बारेमा धेरै सुनेको थिएँ। साथीहरू बीच हामी कुरा गर्ने गर्थ्यौं। कम्प्युटरमा भाइरस हुन्छ रे अनि चलाउन जानेन भने मान्छे गायब हुन्छन रे। कति त मरे पनि रे । आदि इत्यादि। अहिले सम्झँदा कता कता कुत्कुती लाग्छ। 

उनीहरूले बुझ्न र सिक्न जरुरी छ। अहिले धेरै ठाउँका स्थानीय पत्रिकाहरू नामका मात्रै छन्। कुनै पार्टी वा व्यक्तिलाई रिझाउने। पैसा कमाउने हतियार बनाउने। जसमा मौलिकता कम ‘साभार पत्रकारिता’ ज्यादा देखिन्छ। दसैं आयो शुभकामना संकलन गर्‍यो अझ भनौं ‘शुभकामना पत्रकारिता’ गर्यो, अलि अलि पैसाको जोहो गर्‍यो सकियो। 

अहिले गाउँ गाउँमा स्थानीय पत्रिका छन्। एफएमहरू छन्। स्थानीय टिभी पनि छ। कतै थपिने तयारीमा छन्। 

तर के छैन त भने, भित्तेपत्रिकाको मिठास छैन। मौलिकता छैन। आफ्नोपन छैन। बुढापाकाहरू भेला भएर भित्तेपत्रिका पढ्दै चियाको चुस्किसँगै गरिने मन्थन छैन। कट्टेल बुढा र वर्षेनी बुढीको चिया पसलमा बसेर गरिने मिजासिला गफगाफको अभाव छ।

भित्तेपत्रिकामार्फत् स्थानीय विष्यवस्तुको उठान गर्थ्यौं। त्यसैले पनि सबैको मनको नजिक थियो। म त पत्रकारिताको विद्यार्थी, ‘समाचार कथा लेख्दा निकटता ख्याल गर्न पर्छ भन्ने पढेको’ सायद मैले गरेको भित्ते पत्रकारिताको सार पनि त्यही थियो।

राष्ट्रिय स्तरको सञ्चारमाध्यमले नपारेको प्रभाव पारेको थियो। त्यसैले त होला, कयौं पटक झण्डै झण्डै भौतिक आक्रमण हुने अवस्था पनि भोग्नुपर्‍यो। गाली त कति खाइयो खाइयो। प्रहरीमा लगेर थुनाइदिने, बाटै छेकेर पिट्ने तथा बाटै हिँड्न नदिने सम्मका केही प्रयासहरू पनि भए।

तर हामी निरन्तर लागिरह्यौं। 

भित्तेपत्रिकाले पनि गाउँका बेथितिहरूलाई बाहिर ल्याउन सक्छ भन्ने गज्जबको उदाहरण थियो त्यो भित्तेपत्रिका जुन अहिलेका स्थानीय स्तरमा प्रकाशित हुने पत्रपत्रिका तथा अन्य सञ्चारमाध्यमहरूमा कमै देखिन्छ।

उनीहरूले बुझ्न र सिक्न जरुरी छ। अहिले धेरै ठाउँका स्थानीय पत्रिकाहरू नामका मात्रै छन्। कुनै पार्टी वा व्यक्तिलाई रिझाउने। पैसा कमाउने हतियार बनाउने। जसमा मौलिकता कम ‘साभार पत्रकारिता’ ज्यादा देखिन्छ। दसैं आयो शुभकामना संकलन गर्‍यो अझ भनौं ‘शुभकामना पत्रकारिता’ गर्यो, अलि अलि पैसाको जोहो गर्‍यो सकियो। 

विद्यालय स्तरमा भए पनि यस्ता भित्तेपत्रिकाको खाँचो छ अहिले। कम्तिमा विद्यालयभित्र हुने बेथिति बारे बोल्न सक्ने पत्रकारिताको खाँचो छ अहिले। 

स्थानीय सरकारले गरिरहेका राम्रा र नराम्रा काम जनता सामू ल्याउने पत्रकारिताको खाँचो छ अहिले। आफू भित्र लुकेर बसेको प्रतिभा देखाउने ‘स्थान’को खाँचो छ अहिले। 

त्यसैले भित्तेपत्रिकाको पनि खाँचो छ अहिले । 

प्रकाशित मिति: शनिबार, पुस २६, २०७६  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा
मतदाता सहभागिता अभिवृद्धिका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सिफारिस
नेप्से परिसूचक आज २७ अङ्कले घट्यो
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
मतदाता सहभागिता अभिवृद्धिका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सिफारिस आइतबार, फागुन १०, २०८२
नेप्से परिसूचक आज २७ अङ्कले घट्यो आइतबार, फागुन १०, २०८२
टी–२० विश्वकप : टस हारेर श्रीलंकाविरुद्ध ब्याटिङ गर्दै इंग्ल्यान्ड आइतबार, फागुन १०, २०८२
गौर साम्प्रदायिक विवादपछि शान्ति बहालीका लागि सर्वदलीय बैठक, सद्भाव र्‍याली गर्ने निर्णय आइतबार, फागुन १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
सुनसरीमा कांग्रेस-रास्वपा कार्यकर्ताबीच झडप, प्रहरीद्वारा लाठीचार्ज शनिबार, फागुन ९, २०८२
रास्वपा धनगढीका संस्थापक सभापति विष्टद्वारा पार्टी परित्याग शनिबार, फागुन ९, २०८२
दुई समुदायबिच झडप नरोकिएपछि गौरमा अनिश्चितकालीन कर्फ्यु शनिबार, फागुन ९, २०८२
रौतहटमा कर्फ्यु : ८:३० बजेपछि पुन कडाइ हुने आइतबार, फागुन १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्