माघेसङ्क्रान्तिका लागि काठमाडौंको टोखामा बजार लैजान चाकु तयार गर्दै महिला।
काठमाडाैं- माघेसङ्क्रान्तिमा चाकु खाने गरिन्छ।
सख्खरबाट बनाइने भएकाले चाकुमा प्रशस्त मात्रामा कार्बोहाइड्रेड हुन्छ।
चाकुमा हुने कालो पदार्थमा प्रशस्त आइरन हुने भएकाले शरीरमा रगत कम हुनबाट जोगाउनका साथै रक्तअल्पताका बिरामीलाई धेरै फाइदा गर्छ।
माघेसङ्क्रान्ति नजिकँदै गर्दा काठमाडौंको टोखामा चाकु बनाउन स्थानीय व्यस्त छन्।
तस्बिरमा टाखाेकाे चाकु:
काठमाडौंको टोखामा माघेसङ्क्रान्तिका लागि चाकु बनाउँदै युवा।
काठमाडौंको टोखामा माघेसङ्क्रान्तिका लागि चाकु बनाउँदै महिला।
काठमाडौंको टोखामा माघेसङ्क्रान्तिका लागि बजार लैजान बनाइराखेको चाकु।
माघेसङ्क्रान्ति नजिकिँएसँगै काठमाडौंको टोखामा बजार लैजान तयार गरी राखिएको चाकु।
तस्बिर रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।